Saturday, January 26, 2013

साँढेको हुकार

हामीले भने पछी
बन्दुक ठोक्नेको पनि बढुवा हुन्छ
जस्ले ठोक्दैन बन्दुक
उसैको रातारात सरुवा हुन्छ ।

पत्रकारहरु 
एउटा डिकेन्द्रको कुरा गर्दैछन
अझै हेर्दै जाऊ
कती डिकेन्द्र फेरी तरुवा हुन्छ
अब त
लाल सेना पनि हाम्रै
बहाल सेना पनि हाम्रै
सत्ता पनि हामै
भत्ता पनि हामै
चुनाव नभए  पनि  हाम्रै राज
फेरी चुनाव भए पछी पनि
धाधली गरेर भए पनि  हाम्रै  ताज
बरु प्रतीपक्षले कुरो बुझी राख
को कसरी कहाँ हरुवा हुन्छ ।

तिमीले आन्दोलन गरे पछी
हामी प्रतिआन्दोलन गर्ने
तिम्रो आन्दोलन शान्तीपूर्ण भए पनि 
हामी त बानी परेका
हाम्रो आन्दोलन बन्दुक भरुवा हुन्छ ।

डाडु पन्यो हातमा भए पछी
देशको धुकुटी खाने पनि हामी
शेसको सुकुटी खाने पनि हामी
गाई ब्यावोस कि गोरु
बिखुती खाने न हौ हामी
तिम्रो  जती ओठ मुख सुके पनि
हाम्रै हातमा पानी खाने करुवा हुन्छ ।

बदनामी माया

 मेरो घर नजिक
एउटी अधबैसे महिला थिइन
मलाई नै हेरे जस्तो लाग्थ्यो
तर एक दिन चकमा देइन ।
उनले सधैं
म तिर हेर्दा  मस्किए झै लाग्यो
मसङ्ग बोल्दा जिस्किए झै लाग्यो
एक दिन मन दरो पारेर
उनलाई जिस्काउदै भने-
तिम्रो मुस्कान
झरनाको पानी जस्तै मिठो लाग्छ
तिम्रो नजर
एक गिलास रक्सी भन्दा छिटो लाग्छ
अझ तिमीलाई देखे पछी
यो उमेरमा पनि आज
मलाई सोर्ह बर्षे ठिटो लाग्छ
उसले  मेरो गालामा झ्याम्म पारी
पापीनिले मेरा नक्कली दात नै झारी
सातो लिउला झै गर्जी -
उमेरले डाडा काटे पछी
के को सोर्ह बर्षे ठिटो लाग्छ
मेरो मुस्कान त
तिमीलाई भन्दा
तिमीलाई कुर्ने
तिम्रो कान्छालाई झन मिठो लाग्छ
तिमी जस्ता बुढा त
मेरा घर त्यसै पर्याछन
आप खान नसकेर
चौकीदारी मात्र गर्याछन
उस्ले कुरा खोल्दै भनी -
म त तिमीलाई देखी कहाँ मस्केकी हुँ ?
तिम्रो भुसतिघ्रे कान्छोसँग पो जिस्किएकी हुँ ।
एक दिन कान्छो घरबाट हरायो
उसैले उडाएछ बजियानिलाई पनि
उसको श्रीमान उजरी हाली
मलाई पो बदनामी  गरायो । 

सहमती अझै जारी छ ।


चार दल
पशुपतिका चार ढोका जस्ता
सबैका सकल्प पनि
पानीका फोका जस्ता
सहमतीमा पुग्न सिस्नोको घारी छ
तर पनि भन्दैछन
सहमती अझै जारी छ ।

एउटा आन्दोलन छेड्छ
अर्को जनपरिचालन खेर्छ
भत्ता पक्ष हरेक दिन कुरा फेर्छ
प्रतिपक्ष छक्क परी टुलुटुलु हेर्छ
प्रधानमन्त्री भन्छन -
सत्ताको साचो पारी छ
तर पनि
सहमती अझै जारी छ ।

राष्टपती पनि
कहिले म्याद थप्दै
सबै दललाई बोलाउछन
जे गर्दा पनि केही नहुँदा
अब के गर्ने भनी टोलाउछन
तर भन्छन -
पार्टिहरुकै कोट्मा खेल्ने चारी छ
तर पनि
सहमती अझै जारी छ । 

यहाँ न बत्ती छ न इन्धन छ
देश,जनतालाई झन बन्धन छ
न देशमा कुनै बिकास छ
न शान्ती र चयनको निकास छ
जनतालाई खाली ऋनको भारी छ
तर पनि नेता भन्दैछन-
सहमती अझै जारी छ ।  

हरेक दल यहाँ
सिसा झै फुटछ
घैटो झै जुट्छ
हरेक दलमा
गुट उपगुट छ
जस्ले जती डिङ हाके पनि
सबै नेताको नक्कली दारी छ
तर पनि सबै भन्दैछन
सहमती अझै जारी छ ।

Like · · ·

मुक्तकहरु

१) तिम्रो एक नजर
एक बोतल प्याला भन्दा मात लाग्यो
तिम्रै याद कती खाइेछ
कहिलै नलाग्ने त्यो भात लाग्यो
खाली हेराहेर न भएको थियो
हेराहेरमै अर्कै बात लाग्यो ।

२)  जानु थियो धेरै टाढा
तिमीलाई देख्दा भुलिएछ
तर आसै आसमा तिम्रो
दार्ही जुगाले फुलिएछ ।

३) तिमीले मायाको सगरमाथामा छोडे पछी
चिसोमा सधैं पिउदैछु
तिमीले च्यातेका ति प्रेमका पर्दाहरु
यादमा फुर्सद्ले सिउदैछु ।

४) सहमती र सम्झौता भङ्ग गरे पछी
  शान्ती सङ्कटमा परे पछी
  म नयाँ कुराको रोजाइमा छु
  अब यि सबै नेतालाई तहलाउन
  म ध्रुबे हात्तीको खोजाइ छु । 

ओ साथी

 ओ साथी !
तिमी कस्तो साथी ?
तिमी त ठ्याक्कै ध्रुबे हात्ती जस्तो साथी !
उ गाउ छोड्न नमान्ने
तिमी ठाउँ छोड्न नमान्ने
उ पनि गाउ तिर घर टहरा भत्काउने
तिमी पनि शहर तिर
घर पर्खाल भत्काउने
उ जङ्गलको पत्ता खाइ बौलाएको
तिमी सत्ता भत्ता  पाइ बौलाएको
उ जनताको सम्पती भत्काउने
तिमी पनि सहमती भट्काउने
आखिर दुबैले
शान्ती बिरोधी काम गर्दैछौ
तर बेलैमा होस गर
दुबै खाडलमा पर्दैछौ ।
अब ध्रुबे भगाउन
बन्दुककै पटकाउन पर्ने रे
तिमीले पनि कुर्सी नछोडे
घोकरे ठ्याक् नै लाउने रे
हात्तिले हारे त जङ्गल जाला
के तिमीले हारे, फेरी  जङ्गल जान सक्छौ
तिमी छोड्न न चाहेको कि
नछोड्न भनी फोन आएको ?
जनतासँग कुरो लान सक्छौ ?

त्येसैले
हात्ती बौलाए पनि
तिमी बौलाएको नाटक नगर
जेठ १४ गते जस्तो
फेरी जनतालाई घातक नगर ।
Like · · ·

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers