कहिले
ढोका ढक ढकाउदै
कहिले
झ्याल खट खटाउदै
घरबेटिलाई डोर्याउदै
हरेक एक गते
सुटुक्क आउछ
कहिले कोठा चियाउदै
कहिले बाटो देखाउदै
पसलेलाई ल्याउछ
आउँदा बजिया
सानो हलचल नै आउछ।
बिदाइ गरेको भर्खर नै लाग्छ
हेर्दा हेर्दै
कहिले मिस कल गरेर
कहिले फोन गरेर
कहिले एस एम एस गरेर
ढक ढकाउदै आउछ
छोरीलाई फकाउदा
पाउना आउँदा
मिठो मसिनो ल्याउदा
कहिले मन रमाउन
सोमरस ल्याउदा
लामो लिस्ट बोकेर
बजिया एक गते
टुप्लुक्क कोठामा नै आउछ
मन लागि बढाउछ कि
आउँदा
सानो भुकम्प नै ल्याउछ
कहिले छोराको स्कुल हुँदै
कहिले साउनीको भट्टी हुँदै
कहैले तरकारीवालासँग
कहिले दुधवालासँग
लुसुक्क पुलिस झै आउछ
यता भागु कि उता
सानोतिनो पैरो नै ल्याउछ
भोली भन्यो
पर्सी भन्यो
यसलाई मनायो
उसलाई फकायो
प्ले बोय जस्तो डेटिङ्ग दिदा
कहिले तर्साउदै
कहिले थर्काउदै
कहिले दम्काउदै
कहिले धम्काउदै
आउछ ब्याटरी नभएको घडी जस्तै
टक्क रोक्की राख्नु नि
हुइकिदै आउछ
आउँदा
सानो सुनामी नै ल्याउछ
ऋन मोचन गरेर
ढुक्क बसेको बेला
छोरीको माघमा
आमाको फर्माइसमा
आफ्नो पनि थपेर
छोराको साथ एक गते
लामो लिस्ट लिएर
गड गडाड गड्कीदै आउछ
आउँदा डकुलन्ठु
सानो तिनो बाढी नै ल्याउछ ।
Wednesday, June 30, 2010
Tuesday, June 29, 2010
मेरो कलम
धर्म र कुरिती
खर्चिलो त्यो ससकृती
प्रथा र प्रबृती
सम्पदा र प्रकृती
शैली र त्रुटी
रुप र आकृती
समाज र राजनीति
बनाउदै कलमले निशाना
खासाउदै सबको पसिना
झटारो हान्दछ असिना।
खर्चिलो त्यो ससकृती
प्रथा र प्रबृती
सम्पदा र प्रकृती
शैली र त्रुटी
रुप र आकृती
समाज र राजनीति
बनाउदै कलमले निशाना
खासाउदै सबको पसिना
झटारो हान्दछ असिना।
Monday, June 28, 2010
नव कर्मकान्ड
छोरा मान्छे
आँटी खाने
लोग्ने मान्छे,
गफ छाटी खाने
स्वास्नी मान्छे
बाटी खाने
लोभी मान्छे
चाटी खाने
ढोगी मान्छे
ढाटी खाने
जोगी मान्छे
खाँटी खाने
जनताहरु
लाठि खाने
नेताहरु
पार्टी खाने
ब्यापारीहरु
साटी खाने
लुच्चाहरु
डाठी खाने
कर्मचारी
गाठी खाने
कमरेडहरु
फाटी खाने
साटी खाने
लुच्चाहरु
ड़ाठी खाने कर्मचारी
गाँठी खाने कमरेडहरु फाटी खाने
आँटी खाने
लोग्ने मान्छे,
गफ छाटी खाने
स्वास्नी मान्छे
बाटी खाने
लोभी मान्छे
चाटी खाने
ढोगी मान्छे
ढाटी खाने
जोगी मान्छे
खाँटी खाने
जनताहरु
लाठि खाने
नेताहरु
पार्टी खाने
ब्यापारीहरु
साटी खाने
लुच्चाहरु
डाठी खाने
कर्मचारी
गाठी खाने
कमरेडहरु
फाटी खाने
साटी खाने
लुच्चाहरु
ड़ाठी खाने कर्मचारी
गाँठी खाने कमरेडहरु फाटी खाने
नेपाली फूटबल
गजबको खेल खेलियो
न पक्षबाट बल ठेलियो
न बिपक्षबाट बल पेलियो
न कर्नेर किक हानियो
न खुट्टाले बल तानियो
खेल जगतको झुरै खेल मानियो
न गोल गरियो
न मैदान छोरीयो।
रेफ्री पनि उस्तै परे
गाई भैंसी त चराउथेरे
के थाहा बिचरालाई
फल्स कसरी हेरिन्छ
पेनाल्टी कस्री गरिन्छ
लाइन्सम्यान पनि स्वाठे परे
रकमी र ट्वाटे अरे
न कुदन सक्ने
न जुध्न सक्ने
बिन कामका प्वाके परे ।
खेलाडी पनि ल्वाते परे
जती झेल गरे पनि
ठेलम ठेल गरे पनि
न अंक जोडन सके
न मैदान छोडन सके
कोही कुइनाले हिर्काउने
कोही छिट्टिङ लाउने ।
अजब खेलाडिका गजब कुरा
ठान्ने आफुले आँफैलाई सुरा
लाए हुन्छ साडी र चुरा
दर्सक दिर्ध भए बिचरा
कती आत्तिए
कती पाट्टिए
कती लाट्टिए
तर मैदानमा
पुराना खेलाडी पनि नाउछ
पेले र म्यारोडोना झै भाउछ
गोल एक्लै गर्ने दाउ छ।
न पक्षबाट बल ठेलियो
न बिपक्षबाट बल पेलियो
न कर्नेर किक हानियो
न खुट्टाले बल तानियो
खेल जगतको झुरै खेल मानियो
न गोल गरियो
न मैदान छोरीयो।
रेफ्री पनि उस्तै परे
गाई भैंसी त चराउथेरे
के थाहा बिचरालाई
फल्स कसरी हेरिन्छ
पेनाल्टी कस्री गरिन्छ
लाइन्सम्यान पनि स्वाठे परे
रकमी र ट्वाटे अरे
न कुदन सक्ने
न जुध्न सक्ने
बिन कामका प्वाके परे ।
खेलाडी पनि ल्वाते परे
जती झेल गरे पनि
ठेलम ठेल गरे पनि
न अंक जोडन सके
न मैदान छोडन सके
कोही कुइनाले हिर्काउने
कोही छिट्टिङ लाउने ।
अजब खेलाडिका गजब कुरा
ठान्ने आफुले आँफैलाई सुरा
लाए हुन्छ साडी र चुरा
दर्सक दिर्ध भए बिचरा
कती आत्तिए
कती पाट्टिए
कती लाट्टिए
तर मैदानमा
पुराना खेलाडी पनि नाउछ
पेले र म्यारोडोना झै भाउछ
गोल एक्लै गर्ने दाउ छ।
Sunday, June 27, 2010
भन बा कुन गोरु जोतू।
लिर्खे बिर्खे छिर्खे जोते
सुर्के फुर्के तिर्के जोते
कोही घासे कोही गासे
वन जङ्गल सबै मासे
भन बा कुन गोरु जोतू।
काले माले झाले जोते
तारे कौरे लाले जोते
कोही लडे कोही मरे
कोही गले कोही झरे
भन बा कुन गोरु जोतू।
कानो लङ्गडो खोरे जोते
हल मिलाउन गोरे जोते
कोही बसे कोही खसे
कोही भागी जङ्गल पसे
भन बा कुन गोरु जोतू।
लफङ्गा त्यो छाडे जोते
भोलेनाथको साँढे जोते
हलो जुवा सबै भाचे
डाडाकाडा उफ्री नाचे
बल्ल तल्ल आफु बाचे
भन बा कुन गोरु जोतू।
किनेर ल्याउकी गंगापारे
भाडामा ल्याउकी समुन्द्रपारे
घरका गोरु सबै हारे
जोत्दा जोत्दै हुक्कै पारे
भन बा कुन गोरु जोतू।
सुर्के फुर्के तिर्के जोते
कोही घासे कोही गासे
वन जङ्गल सबै मासे
भन बा कुन गोरु जोतू।
काले माले झाले जोते
तारे कौरे लाले जोते
कोही लडे कोही मरे
कोही गले कोही झरे
भन बा कुन गोरु जोतू।
कानो लङ्गडो खोरे जोते
हल मिलाउन गोरे जोते
कोही बसे कोही खसे
कोही भागी जङ्गल पसे
भन बा कुन गोरु जोतू।
लफङ्गा त्यो छाडे जोते
भोलेनाथको साँढे जोते
हलो जुवा सबै भाचे
डाडाकाडा उफ्री नाचे
बल्ल तल्ल आफु बाचे
भन बा कुन गोरु जोतू।
किनेर ल्याउकी गंगापारे
भाडामा ल्याउकी समुन्द्रपारे
घरका गोरु सबै हारे
जोत्दा जोत्दै हुक्कै पारे
भन बा कुन गोरु जोतू।
Saturday, June 26, 2010
पुरानो बादशाहको गाई गुइ छ
पुरानो सत्ता गलेर
पुरानो बादशाह ढले पनि
जनता ज्यु को त्यू छ
नयाँ बादशाह झन नयाँ रजाइ छ।
नेताहरु टुन्न खाएर
उग्राइ रहेको बेला
कयौ पेटहरु भोक भोकै सुते पनि
कतै न कुइ छ न काइ छ
किनभने यहाँ
नयाँ बादशाह झन नयाँ कजाइ छ ।
कस्ले भन्छ यहाँ नेपाल छ
न शिक्षा न उधोग
न सुरिक्षा न सहयोग
न क्रीषी न उपयोग
तिमीले जती भने पनि
तिम्रो कुरोको न तुइ न ताइ छ ।
अझै पनि बादशाहमा
खोक्रो आडम्बर
थोत्रो आसवासन
झुत्रो योजनाको
अझै कत्रो फुइ फाइ छ।
यो गरे पनि नहुने
त्यो गरे पनि नहुने
जनता सधै जनता हुने
जो आए पनि बदशाह हुने
फेरी शहरमा
पुरानो बादशाहको गाई गुइ छ।
तर नसोछ अब
नयाँ बादशहहरु
पुरना बादशाहहरु
तिम्रो यहाँ सधैं हाइ हाइ छ,
ईतिहासलाई हेर
तिमी जस्तोलाई
कस्तो बाइ बाइ छ।
पुरानो बादशाह ढले पनि
जनता ज्यु को त्यू छ
नयाँ बादशाह झन नयाँ रजाइ छ।
नेताहरु टुन्न खाएर
उग्राइ रहेको बेला
कयौ पेटहरु भोक भोकै सुते पनि
कतै न कुइ छ न काइ छ
किनभने यहाँ
नयाँ बादशाह झन नयाँ कजाइ छ ।
कस्ले भन्छ यहाँ नेपाल छ
न शिक्षा न उधोग
न सुरिक्षा न सहयोग
न क्रीषी न उपयोग
तिमीले जती भने पनि
तिम्रो कुरोको न तुइ न ताइ छ ।
अझै पनि बादशाहमा
खोक्रो आडम्बर
थोत्रो आसवासन
झुत्रो योजनाको
अझै कत्रो फुइ फाइ छ।
यो गरे पनि नहुने
त्यो गरे पनि नहुने
जनता सधै जनता हुने
जो आए पनि बदशाह हुने
फेरी शहरमा
पुरानो बादशाहको गाई गुइ छ।
तर नसोछ अब
नयाँ बादशहहरु
पुरना बादशाहहरु
तिम्रो यहाँ सधैं हाइ हाइ छ,
ईतिहासलाई हेर
तिमी जस्तोलाई
कस्तो बाइ बाइ छ।
शहरको एउटा गल्ली छ
तिम्रै महल अगाडि
त्यहा एउटा गल्ली छ
कहिले जलको हल्लिखल्ली छ
कहिले ढलको चिल्लिबिल्ली छ
मान्छेको त्याहा उल्लिबिल्ली छ
नेताहरु आउछन
नोटमा भोट साटन
किनकी भोको तसल्ली छ
युबाहरु आउछन
ओठमा ओठ साट्न
किनकी त्यही मनभुल्ली छ
सुनेको छु त्याहा
मान्छे दिउसै लुटिन्छ
मान्छे दिउसै कुटिन्छ
किनकी माहा छल्ली छ
दिनमा सुतेर
साझमा टुन्न परेर हिंड्ने
बत्ती नभएको गल्ली छ
भन्छन
गाजा चरेस त्यही आउछ
साहेद कोही अंमल्ली छ
न ससकृती न दिक्षा
न ईलम न शिक्षा
न शन्ती न सुरिक्षा
सबको त्यहा बिचल्ली छ
तिम्रै महलको अगाडि
एउटा सानो गल्ली छ
जे छ सब बिछल्ली छ।
त्यहा एउटा गल्ली छ
कहिले जलको हल्लिखल्ली छ
कहिले ढलको चिल्लिबिल्ली छ
मान्छेको त्याहा उल्लिबिल्ली छ
नेताहरु आउछन
नोटमा भोट साटन
किनकी भोको तसल्ली छ
युबाहरु आउछन
ओठमा ओठ साट्न
किनकी त्यही मनभुल्ली छ
सुनेको छु त्याहा
मान्छे दिउसै लुटिन्छ
मान्छे दिउसै कुटिन्छ
किनकी माहा छल्ली छ
दिनमा सुतेर
साझमा टुन्न परेर हिंड्ने
बत्ती नभएको गल्ली छ
भन्छन
गाजा चरेस त्यही आउछ
साहेद कोही अंमल्ली छ
न ससकृती न दिक्षा
न ईलम न शिक्षा
न शन्ती न सुरिक्षा
सबको त्यहा बिचल्ली छ
तिम्रै महलको अगाडि
एउटा सानो गल्ली छ
जे छ सब बिछल्ली छ।
Thursday, June 24, 2010
मच्छेर र रात
निद्राको त्यो नशाले
लट्ट्याउदैथ्यो आँखा
गुनगुनाउदै आयो कोही
हालेर मिठो भाका
हेर्दा रहेछन
रगत चुस्ने डाँका
लट्ट्याउने त्यो नशा
मच्छेरको दशा
कछुवा चुरोट फुनफुनाए
ट्यापे मच्छेरहरु
झ्यापे मच्छेरहरु
रयापे मच्छेरहरु
के गल्थे नसाले
के ढल्थे दसाले
झन जोड्ले भुनभुनाए
नरोकिदा भुनबुनको पर्रा
गूड् नाइटको लोकल ठर्रा
झोकले एक बोटल ल्याए
तापले दन्काए
जड्या मच्छेरहरु
न रोकिए न गले
न ठोकिए न ढले
झन रगतले टुन्न परेर
भाडो झै रन्किए
पाडो झै फन्किए
यसै राती उसै राती
बुढी बाख्री झै तात्ती
कहिले यो कुना
कहिले त्यो कुना
कहिले टाट माथि
कहिले खाट माथि
कम्मर भाची भाची
थपडि बजाउदै नाची
कटाइयो त्यो रात
बिहान हेर्दा
मछेरहरुको खात
रक्ताम्य थियो हात
पारीएछ बर्बात।
लट्ट्याउदैथ्यो आँखा
गुनगुनाउदै आयो कोही
हालेर मिठो भाका
हेर्दा रहेछन
रगत चुस्ने डाँका
लट्ट्याउने त्यो नशा
मच्छेरको दशा
कछुवा चुरोट फुनफुनाए
ट्यापे मच्छेरहरु
झ्यापे मच्छेरहरु
रयापे मच्छेरहरु
के गल्थे नसाले
के ढल्थे दसाले
झन जोड्ले भुनभुनाए
नरोकिदा भुनबुनको पर्रा
गूड् नाइटको लोकल ठर्रा
झोकले एक बोटल ल्याए
तापले दन्काए
जड्या मच्छेरहरु
न रोकिए न गले
न ठोकिए न ढले
झन रगतले टुन्न परेर
भाडो झै रन्किए
पाडो झै फन्किए
यसै राती उसै राती
बुढी बाख्री झै तात्ती
कहिले यो कुना
कहिले त्यो कुना
कहिले टाट माथि
कहिले खाट माथि
कम्मर भाची भाची
थपडि बजाउदै नाची
कटाइयो त्यो रात
बिहान हेर्दा
मछेरहरुको खात
रक्ताम्य थियो हात
पारीएछ बर्बात।
Tuesday, June 22, 2010
कुर्सीमा के माद छ
लुरे लारे लाम्रे पनि
झुरे झारे झाम्रे पनि
चिल्ला चिप्ला पट्ठा हुने
बसे पछी सबै लट्ठ हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
लाटो बुङ्गो लठेउरो पनि
बुढो पाको ठटेउरो पनि
नयाँ बेहुला झै मक्ख हुने
दुनियाँ नै सब छक्क हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
ध्वासे म्वासे चप्पले पनि
ट्वाके ,छ्वाके ,झक्कले पनि
हेर्दा हेर्दै चडछन कार
गल्बन्दी ओढछन हार
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
सन्त,जोगी,बर्तालु पनि
जन्त,भोगी हर्तालु पनि
कोही खाएर लट्ठिले
कोही पाएर पट्टिने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
सज्जन,साधु,नामी पनि
दुर्जन, जादु,बदनामी पनि
पाए पछी टास्सीरहने
नपाए पनि आस्सिरहने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
भुरे भारे दाम्रे पनि
बोल्न नसक्ने ठाम्रे पनि
शुरा शुरी जोहो लाग्ने
पित्रीको झन मोह जाग्ने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
झुरे झारे झाम्रे पनि
चिल्ला चिप्ला पट्ठा हुने
बसे पछी सबै लट्ठ हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
लाटो बुङ्गो लठेउरो पनि
बुढो पाको ठटेउरो पनि
नयाँ बेहुला झै मक्ख हुने
दुनियाँ नै सब छक्क हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
ध्वासे म्वासे चप्पले पनि
ट्वाके ,छ्वाके ,झक्कले पनि
हेर्दा हेर्दै चडछन कार
गल्बन्दी ओढछन हार
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
सन्त,जोगी,बर्तालु पनि
जन्त,भोगी हर्तालु पनि
कोही खाएर लट्ठिले
कोही पाएर पट्टिने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
सज्जन,साधु,नामी पनि
दुर्जन, जादु,बदनामी पनि
पाए पछी टास्सीरहने
नपाए पनि आस्सिरहने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
भुरे भारे दाम्रे पनि
बोल्न नसक्ने ठाम्रे पनि
शुरा शुरी जोहो लाग्ने
पित्रीको झन मोह जाग्ने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
हास्यरस
भोकमा होस् वा रोगमा
शोकमा होस वा झोकमा
हटाउन परे
हास्यरस चाहिन्छ
बजारमा
लौकाको रस
करेलाको रस
फलको रस
फुलको रस
सब रस किन्न पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ।
ध्यानमा होस वा योगा
भोजमा होस वा सभा
हास्यरस चाहिन्छ ।
चामल होस वा पिठो
खस्रो होस वा मिठो
सब थोक किन्न पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ ।
हाकिमलाई पट्ट्याउन
तरुनिलाई लट्ट्याउन
हास्यरस नै चाहिन्छ
इन्जेक्सनमा
ट्याबलेटमा
क्यपसुलमा
रोगथाम पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ।
कबिले कहिले काही
हास्यरस छाब्दा
बिज्ञापन दातासँग टारा भईन्छ।
अर्कालाई खसाउन
बसमा बसाउन
पेट मिची मिची हसाउन
यही हास्यरस चाहिन्छ।
कलाकारले गला फाटी फाटी
बाड्दा हास्यरस टिकाट काटी
तर किन
गर्हो मणी मानि गइन्छ।
गर्हो मणी मानि गइन्छ।
रोगी होस कि निरोगी
भोक्गी होस कि जोगी
सबलाई हस्यरस चाहिन्छ
तर किन्न कहाँ पाईन्छ।
शोकमा होस वा झोकमा
हटाउन परे
हास्यरस चाहिन्छ
बजारमा
लौकाको रस
करेलाको रस
फलको रस
फुलको रस
सब रस किन्न पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ।
ध्यानमा होस वा योगा
भोजमा होस वा सभा
हास्यरस चाहिन्छ ।
चामल होस वा पिठो
खस्रो होस वा मिठो
सब थोक किन्न पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ ।
हाकिमलाई पट्ट्याउन
तरुनिलाई लट्ट्याउन
हास्यरस नै चाहिन्छ
इन्जेक्सनमा
ट्याबलेटमा
क्यपसुलमा
रोगथाम पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ।
कबिले कहिले काही
हास्यरस छाब्दा
बिज्ञापन दातासँग टारा भईन्छ।
अर्कालाई खसाउन
बसमा बसाउन
पेट मिची मिची हसाउन
यही हास्यरस चाहिन्छ।
कलाकारले गला फाटी फाटी
बाड्दा हास्यरस टिकाट काटी
तर किन
गर्हो मणी मानि गइन्छ।
गर्हो मणी मानि गइन्छ।
रोगी होस कि निरोगी
भोक्गी होस कि जोगी
सबलाई हस्यरस चाहिन्छ
तर किन्न कहाँ पाईन्छ।
Sunday, June 20, 2010
देसलाई हनुमान चढाउनु पर्छ
देसलाई रावण चढे पछी
दसैं टाउको जडेपछी
टाउकोमा टाउको ठोकियो
शान्ती त्यो रोकियो।
एउटा मुख एका तिर
अर्को मुख अर्कै तिर
कुरामा कुरा बाझियो
अमन चैन भाझियो।
एउटा ठान्छ लङ्केश्वोर
अर्को भन्छ चङ्खे चोर
जुगामा जुगा अल्झियो
सहमती पनि बल्झियो।
एउटा खाइ मातियो
अर्को नपाई आत्तियो
टाउको टाउको तात्तियो
दुस्मनी झन सधियो।
देसलाई हनुमान चढाउनु पर्छ
रावणलाई अब लडाउनु पर्छ
पुच्छरमा आगो लगाउनु पर्छ
दम्भ अहमलाई भगाउन पर्छ।
दसैं टाउको जडेपछी
टाउकोमा टाउको ठोकियो
शान्ती त्यो रोकियो।
एउटा मुख एका तिर
अर्को मुख अर्कै तिर
कुरामा कुरा बाझियो
अमन चैन भाझियो।
एउटा ठान्छ लङ्केश्वोर
अर्को भन्छ चङ्खे चोर
जुगामा जुगा अल्झियो
सहमती पनि बल्झियो।
एउटा खाइ मातियो
अर्को नपाई आत्तियो
टाउको टाउको तात्तियो
दुस्मनी झन सधियो।
देसलाई हनुमान चढाउनु पर्छ
रावणलाई अब लडाउनु पर्छ
पुच्छरमा आगो लगाउनु पर्छ
दम्भ अहमलाई भगाउन पर्छ।
Saturday, June 19, 2010
रोपाइ
हरेक बर्ष
कहाँ हो कहाबाट हुलका हुल
काधमा हलो थाम्न
हातले फालो छाम्न
हलीहरु आउछन
साथमा हुलका हुल
धानको मुठो रोप्न
हिलोले माटो रोप्न
रुपारहरु पनि ल्याउछन
खेतको आली च्याप्दै
आपसमा हिलो छ्याप्दै
असारे गीत गाउँछन
माया प्रीत लाउछन,
अलिकालको त्यो भात
धुत्नसम्म धुते पछी
पैचो गरेको त्यो धन
थुत्नसम्म थुते पछी
खेत त्यसै बाझो छोडि
कोही हलो लिएर
कोही फालो लिएर
कोही धानको पुलो बोकी
कोही कुलेलम ठोकी
रातारात हराउछन,
गरिखान नसकेका नाथेहरु
मरीजान नसकेका भातेहरु
ढलमा ढल्ननसकेका ट्वाकेहरु
छलमा पल्केका छवाकेहरु
जती डाटे पनि
जती झांटे पनि
लाज शरम भगाएर
फेरी माफी मागेर
हल गोरुहरु नार्दै
धानको बिउ झार्दै
जोत्ने तमझममा छन
रोप्ने रमझममा छन
साहेद यसपाली
भाझो खेत रोपिन्छ कि
हरियो धानले छोपिन्छ कि।
Thursday, June 17, 2010
फूटबल र बत्ती
फूटबल र बत्ती
श्रीमती सिरियलमा टास्सिरहदा
छोरो थ्रियल हेर्न आस्सिरहदा
तानातान मात्र हैन झन्नै हानाहान गरियो
आफु त शान्ती प्रेमी परीयो
फकाइ फुलाई थामथुम गरियो
रेमोट हातमा सारीयो
खुशीले कुखुरो नै मारियो
मुखा सोमरस पनि झारियो
किनभने
आज टिभिमा ब्राजिल बन्नु थियो
दुई चार गोल पनि हान्नु थियो
जता बल उतै आँखाको दौडाह थियो
गोल नहुँदा झन मनको औडाह थियो
ठ्याक्क गोल गर्दा
झ्याप्प बत्ती जादा
अध्यारोमा फूटबल भेटिएन
गोलको तलतल मेटिएन।
थुइक बजिया!
बिधुतको धारा कस्तो
पानीको धारा जस्तो
बन्न नसकेको संबिधानको पारा जस्तो
एक मनले लाग्यो
एक हुल हुल्ल्या लगि कारेपातले ठोकू जस्तो
तथानाम लिएर धारेहातले ढोकु जस्तो
रिसको पारै चर्यो
झोकले तारै झर्यो
हे ईन्द्र देब!पारी देउन पानी
चट्याङको झटारो हानी
पानीको धारा बग्थ्यो
बिद्युतको धारा बग्थ्यो
फोहरको डङ्गूर खोलाले लग्थ्यो
सरकारको काम टुकैचाले गर्थ्यो
मान्छेले बोक्दा मान्छेले हकार्ने
खोलले बोग्दा कसले के लछार्ने?
हे पानी देब !
डुइचार थोपा पानी झारी देउन
झिलिक्क बत्ती पारी देउन
अध्यारोमा फूटबल भेटीएन
गोल गर्ने तलतल मेटिएन ।
श्रीमती सिरियलमा टास्सिरहदा
छोरो थ्रियल हेर्न आस्सिरहदा
तानातान मात्र हैन झन्नै हानाहान गरियो
आफु त शान्ती प्रेमी परीयो
फकाइ फुलाई थामथुम गरियो
रेमोट हातमा सारीयो
खुशीले कुखुरो नै मारियो
मुखा सोमरस पनि झारियो
किनभने
आज टिभिमा ब्राजिल बन्नु थियो
दुई चार गोल पनि हान्नु थियो
जता बल उतै आँखाको दौडाह थियो
गोल नहुँदा झन मनको औडाह थियो
ठ्याक्क गोल गर्दा
झ्याप्प बत्ती जादा
अध्यारोमा फूटबल भेटिएन
गोलको तलतल मेटिएन।
थुइक बजिया!
बिधुतको धारा कस्तो
पानीको धारा जस्तो
बन्न नसकेको संबिधानको पारा जस्तो
एक मनले लाग्यो
एक हुल हुल्ल्या लगि कारेपातले ठोकू जस्तो
तथानाम लिएर धारेहातले ढोकु जस्तो
रिसको पारै चर्यो
झोकले तारै झर्यो
हे ईन्द्र देब!पारी देउन पानी
चट्याङको झटारो हानी
पानीको धारा बग्थ्यो
बिद्युतको धारा बग्थ्यो
फोहरको डङ्गूर खोलाले लग्थ्यो
सरकारको काम टुकैचाले गर्थ्यो
मान्छेले बोक्दा मान्छेले हकार्ने
खोलले बोग्दा कसले के लछार्ने?
हे पानी देब !
डुइचार थोपा पानी झारी देउन
झिलिक्क बत्ती पारी देउन
अध्यारोमा फूटबल भेटीएन
गोल गर्ने तलतल मेटिएन ।
Wednesday, June 16, 2010
गुरु बने पछी
नयाँ नयाँ किताब पढि
सहज हिसाबले अगाडि बढी
लाठीले होइन अब
शब्दले शिष्य हान्नु पर्यो
गुरु पनि अब
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
छोडेर पढाउने बर्कत
गरेर अनेक हर्कत
जाड रक्सी किन तान्नु पर्यो
गुरु बने पछी
शिष्यलाई पनि मान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
कहिले बिधालय छोडदै
आफ्नै बिद्यार्थीलाई छेड्दै
कक्षा बङ्क किन हान्नु पर्यो
अग्रज भए पछी
लाज शरम पनि मान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
मरेर कस्ले के देखेको छ
जन्मदै कस्ले के लेखेको छ
जीवन नै सिकाइ हो
आउछ सबै किन ठान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
समय गयो अब भाटो लाउने
जसरी हुन्छ त्यो बाटो लाउने
गुरु त अब आफुलाई
असल मार्गदर्सक ठान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
सहज हिसाबले अगाडि बढी
लाठीले होइन अब
शब्दले शिष्य हान्नु पर्यो
गुरु पनि अब
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
छोडेर पढाउने बर्कत
गरेर अनेक हर्कत
जाड रक्सी किन तान्नु पर्यो
गुरु बने पछी
शिष्यलाई पनि मान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
कहिले बिधालय छोडदै
आफ्नै बिद्यार्थीलाई छेड्दै
कक्षा बङ्क किन हान्नु पर्यो
अग्रज भए पछी
लाज शरम पनि मान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
मरेर कस्ले के देखेको छ
जन्मदै कस्ले के लेखेको छ
जीवन नै सिकाइ हो
आउछ सबै किन ठान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
समय गयो अब भाटो लाउने
जसरी हुन्छ त्यो बाटो लाउने
गुरु त अब आफुलाई
असल मार्गदर्सक ठान्नु पर्यो
नयाँ नयाँ कुरा नि जान्नु पर्यो।
Tuesday, June 15, 2010
सबमा राजनीति ठोसियो
दुर्गाती नै दुर्गाती
यर्सागुम्बा र खानीको
नाला अनी पानीको
खाली युद्द र लडाईं झोसियो
किनकी जेसमा पनि राजनीति ठोसियो।
हेर्नुस त हालत
उधोग अनी धन्दाको
शहरको त्यो गन्दाको
सबै बन्द हटतालले रोकियो
किनभने यसमा पनि राजनीति ठोकियो।
गजब बा...!
कामदार होस कि मालिक
मुर्ती होस् कि सालीक
बृद्द होस कि बालिक
सबै जोसले जोसियो
को कम!यसमा पनि राजनीति होसियो।
हेर्नुस त
हाकिम भन्दा पिएन ठुला
उचाल्ने त्यो पर्टी मुला
पुर्याउछ कि धनका पुला
उसैको बलमा ऊ झन कस्सियो
पक्कै! यसमा पनि राजनीति धसियो.
भन्नुस त
धारामा पानी कत्ती छैन
कोठा पनि बत्ती छैन
बिकास कहाँ हरायो
शान्ती झनै डरायो
साहेद यसमा पनि राजनीति करायो।
गम्नुस त!
सदभाव र सहीस्नुता
सहयोग र एकता
खै कहाँ लोप्पियो
इर्सा र शत्रुता मात्र पोखियो
किनभने सबमा राजनीति ठोकियो।
यर्सागुम्बा र खानीको
नाला अनी पानीको
खाली युद्द र लडाईं झोसियो
किनकी जेसमा पनि राजनीति ठोसियो।
हेर्नुस त हालत
उधोग अनी धन्दाको
शहरको त्यो गन्दाको
सबै बन्द हटतालले रोकियो
किनभने यसमा पनि राजनीति ठोकियो।
गजब बा...!
कामदार होस कि मालिक
मुर्ती होस् कि सालीक
बृद्द होस कि बालिक
सबै जोसले जोसियो
को कम!यसमा पनि राजनीति होसियो।
हेर्नुस त
हाकिम भन्दा पिएन ठुला
उचाल्ने त्यो पर्टी मुला
पुर्याउछ कि धनका पुला
उसैको बलमा ऊ झन कस्सियो
पक्कै! यसमा पनि राजनीति धसियो.
भन्नुस त
धारामा पानी कत्ती छैन
कोठा पनि बत्ती छैन
बिकास कहाँ हरायो
शान्ती झनै डरायो
साहेद यसमा पनि राजनीति करायो।
गम्नुस त!
सदभाव र सहीस्नुता
सहयोग र एकता
खै कहाँ लोप्पियो
इर्सा र शत्रुता मात्र पोखियो
किनभने सबमा राजनीति ठोकियो।
आफ्नै घरको साथ राम्रो।
न जाउ है
होटेल रेस्टुरा र भट्टी
रोज्दै खाना
भोक भाग्ला
त्यो भन्दा त
आफ्नै घरको हात मिठो।
न धाउ है
क्याबिन मसाजकी पट्ठी
खोज्दै बहाना
रोग लाग्ला
त्यो भन्दा त
आफ्नै घरको साथ राम्रो।
न गाउ है
डिस्को दोहरिमा लट्ठी
बेच्दै गहना
शोख जाग्ला
त्यो भन्दा त
आफ्नै घरको बात मिठो।
न खाउ है
जाँड रक्सी र हड्डी
डुबाउदै लहना
शोक लाग्ला
त्यो भन्दा त
आफ्नै घरको दाल भात मिठो।
होटेल रेस्टुरा र भट्टी
रोज्दै खाना
भोक भाग्ला
त्यो भन्दा त
आफ्नै घरको हात मिठो।
न धाउ है
क्याबिन मसाजकी पट्ठी
खोज्दै बहाना
रोग लाग्ला
त्यो भन्दा त
आफ्नै घरको साथ राम्रो।
न गाउ है
डिस्को दोहरिमा लट्ठी
बेच्दै गहना
शोख जाग्ला
त्यो भन्दा त
आफ्नै घरको बात मिठो।
न खाउ है
जाँड रक्सी र हड्डी
डुबाउदै लहना
शोक लाग्ला
त्यो भन्दा त
आफ्नै घरको दाल भात मिठो।
आफ्नै घरको साथ राम्रो।
न जाउ है
होटेल रेस्टुरा र भट्टी
रोज्दै खाना
भोक भाग्ला
त्यो भन्दा त
आफ्नै घरको हात मिठो।
न धाउ है
क्याबिन मसाजकी पट्ठी
खोज्दै बहाना
रोग लाग्ला
त्यो भन्दा त
आफ्नै घरको साथ राम्रो।
न गाउ है
डिस्को दोहरिमा लट्ठी
बेच्दै गहना
शोख जाग्ला
त्यो भन्दा त
आफ्नै घरको बात मिठो।
न खाउ है
जाँड रक्सी र हड्डी
डुबाउदै लहना
शोक लाग्ला
त्यो भन्दा त
आफ्नै घरको दाल भात मिठो।
होटेल रेस्टुरा र भट्टी
रोज्दै खाना
भोक भाग्ला
त्यो भन्दा त
आफ्नै घरको हात मिठो।
न धाउ है
क्याबिन मसाजकी पट्ठी
खोज्दै बहाना
रोग लाग्ला
त्यो भन्दा त
आफ्नै घरको साथ राम्रो।
न गाउ है
डिस्को दोहरिमा लट्ठी
बेच्दै गहना
शोख जाग्ला
त्यो भन्दा त
आफ्नै घरको बात मिठो।
न खाउ है
जाँड रक्सी र हड्डी
डुबाउदै लहना
शोक लाग्ला
त्यो भन्दा त
आफ्नै घरको दाल भात मिठो।
Monday, June 14, 2010
भन प्रभू (ब्यङ्गे कबिता )
एउटा झ्याली पिटेर
प्रभूको गीत प्यारो गाउछ
अर्को रयाली पिटेर
तिमीलाई तारो बनाउछ,
शहर छौ कि गाउँमा
नहरमा छौ कि नाउमा
भन प्रभू कुन ठाउमा,
अपार रहेछ तिम्रो शक्ती
महान रहेछ तिम्रो भक्ती
ढल्न लागेको सरकार पनि
ग्याम्मै न ढल्ने
बढन लागेको हटताल पनि
ठ्याम्मै न चल्ने,
माने प्रभू तिम्रो शक्तिलाई
जाने प्रभू तिम्रो भक्तिलाई
भोले हौ कि मुक्तिनाथ
डोले हौ कि जुक्तिनाथ
ब्रहमाजी हौ कि शंकर
शर्माजी हौ कि भयङ्कर,
कुखराको मासुमा पनि
तिम्रो त्यो बोली लाग्छ
तिम्रो खैराते बाणी पनि
सरकारलाई गोली लाग्छ
,कुन गाउँमा छौ कुन देसमा
कुन रुपमा छौ कुन भेषमा
सोध्न मन लागेको कुरा प्रभू
एउटालाई फाली अर्कोलाई राखेर
एउटालाई पाली अर्कोलाई जाकेर
खाली अट्काउ र झट्काउ छ
जता कतै प्रभूकै नाउँछ
प्रभूको गीत प्यारो गाउछ
अर्को रयाली पिटेर
तिमीलाई तारो बनाउछ,
शहर छौ कि गाउँमा
नहरमा छौ कि नाउमा
भन प्रभू कुन ठाउमा,
अपार रहेछ तिम्रो शक्ती
महान रहेछ तिम्रो भक्ती
ढल्न लागेको सरकार पनि
ग्याम्मै न ढल्ने
बढन लागेको हटताल पनि
ठ्याम्मै न चल्ने,
माने प्रभू तिम्रो शक्तिलाई
जाने प्रभू तिम्रो भक्तिलाई
भोले हौ कि मुक्तिनाथ
डोले हौ कि जुक्तिनाथ
ब्रहमाजी हौ कि शंकर
शर्माजी हौ कि भयङ्कर,
कुखराको मासुमा पनि
तिम्रो त्यो बोली लाग्छ
तिम्रो खैराते बाणी पनि
सरकारलाई गोली लाग्छ
,कुन गाउँमा छौ कुन देसमा
कुन रुपमा छौ कुन भेषमा
सोध्न मन लागेको कुरा प्रभू
एउटालाई फाली अर्कोलाई राखेर
एउटालाई पाली अर्कोलाई जाकेर
खाली अट्काउ र झट्काउ छ
जता कतै प्रभूकै नाउँछ
ब्याज छ कि साउ छ
भन प्रभू
तिम्रो यसमा के दाउ छ ।
भन प्रभू
तिम्रो यसमा के दाउ छ ।
Sunday, June 13, 2010
भैंसीको कसम
रिसाएर माइत जादा तिमी
आफ्नो कस्तो गती भयो
न तडपाउ धेरै,चाडो फर्क
अब त यो अती भयो
बाह्र बर्ष बनबास पसे
नौ महिना त रती भयो
न लडकाउन मेरी प्यारी
न देखेकै कती भयो
निहु त मैले नै खोजेको हो
आज आफ्नै क्षती भयो
तिमी रिसाएर गएको पनि
एक बर्ष जती भयो
आउन प्रेय हाम फालेर
तिम्रै कुरोमा सहमती भयो
अब गल्ती हुने छैन म बाट
जहाँ जे जती भयो
तिम्रो बाउको भैंसीको कसम
अब त यो अती भयो।
Saturday, June 12, 2010
भन तिमी भन्दा के कम छ।
एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
अफु त साथी सधैं
यसरी नै रम छ
यसरी नै जम छ
भन तिमी भन्दा म के कम छ।
मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउछ ?
हिङ नभए पनि
हिङ राख्ने टालोको दम छ्
भन तिमी भन्दा म के कम छ।
अमेरिका जाउ वा अफ्रिका
उधोग चलाऊ वा पत्रीका
तिमीलाई धन
जती भए पनि कम छ
किनकी तिमीलाई
अझै खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
अफु त साथी बार्है महिना
यसरी नै रम छ
यसरी नै जम छ
भन तिमी भन्दा म के काम छ।
हो तिमीसँग धेरै
कारहरु होलान
हारहरु होलान
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर छ न दम छ
न चिन्ता छ न गम छ
अफु त साथी
हरेक दिन
यसरी नै रम छ
यसरी नै जम छ
विश्वाश छैन भने
तिमीलाई यो खाली भ्रम छ
भन तिमी भन्दा म के कम।
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
अफु त साथी सधैं
यसरी नै रम छ
यसरी नै जम छ
भन तिमी भन्दा म के कम छ।
मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउछ ?
हिङ नभए पनि
हिङ राख्ने टालोको दम छ्
भन तिमी भन्दा म के कम छ।
अमेरिका जाउ वा अफ्रिका
उधोग चलाऊ वा पत्रीका
तिमीलाई धन
जती भए पनि कम छ
किनकी तिमीलाई
अझै खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
अफु त साथी बार्है महिना
यसरी नै रम छ
यसरी नै जम छ
भन तिमी भन्दा म के काम छ।
हो तिमीसँग धेरै
कारहरु होलान
हारहरु होलान
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर छ न दम छ
न चिन्ता छ न गम छ
अफु त साथी
हरेक दिन
यसरी नै रम छ
यसरी नै जम छ
विश्वाश छैन भने
तिमीलाई यो खाली भ्रम छ
भन तिमी भन्दा म के कम।
निठुरी त्यो रात
हिजोको रातले
आफ्नै त्यो हातले
आज गर्दैछ गर्बपात रे।
फेरी त्यही रात
गर्दैछ गर्बधारण
चन्द्रमाको साथ
कती निर्दयी त्यो रात
डक्टर साहाबको साथ
फेरी निमोठ्दैछ कलीला हात।
कती उत्ताउली रात
छलेर दिनलाई
गर्दैछ जूनसँग बात
कती सत्ताउलो रात
छोपेर मुख अध्यारोले
गर्दैछ तारासँग प्रेम्लाप,
कती निस्ठुरी त्यो रात
पारेर भावी त्यो बर्बाद
लम्काउदै ती हात
फेरी गर्नलाई गर्बपात।
आफ्नै त्यो हातले
आज गर्दैछ गर्बपात रे।
फेरी त्यही रात
गर्दैछ गर्बधारण
चन्द्रमाको साथ
कती निर्दयी त्यो रात
डक्टर साहाबको साथ
फेरी निमोठ्दैछ कलीला हात।
कती उत्ताउली रात
छलेर दिनलाई
गर्दैछ जूनसँग बात
कती सत्ताउलो रात
छोपेर मुख अध्यारोले
गर्दैछ तारासँग प्रेम्लाप,
कती निस्ठुरी त्यो रात
पारेर भावी त्यो बर्बाद
लम्काउदै ती हात
फेरी गर्नलाई गर्बपात।
ढोकिदैन काली अब
ढोक्नसम्म ढोकियो
दुई हात जोरेर
लम्पसार परेर
भ्यकुतेआसन बसेर
भुइमा हात धसेर
रातो भाले चढाएर
कालो बोका लडाएर
खै केही आएन देशलाई
ढोकिदैन काली अब।
ठोक्नु सम्म ठोकियो
लह लहैमा लागेर
घरबाट नै भागेर
टुडीखेलमा बसेर
घाममा पलेटी हालेर
बाटोमा टायर बालेर
राजदर्बार हेरेर
सिंहदर्बार घेरेर
पर्खाल माथि चढेर
रुखबाट पनि लडेर
कन्टेनर माथि चढेर
खै केही ल्याइएन देसलाई
ठोकिदैन ताली अब।
रोक्नसम्म रोकियो
गाडी घोडा रोकेर
घर अध्यारोले छोपेर
स्कुलमा ताल्चा ठोकेर
उधोग धन्दा रोकेर
खाने माया मारेर
देसै ठप्प पारेर
खै केही आएन देसलाई
रोकिदैन यस् पाली अब।
बोक्नसम्म बोकियो
पुलिसले बाटोमा छेक्दा
अनेक दाउ चालेर
झोलाको किताब फालेर
इटा ढुङ्गा हालेर
खै केही पाईएन देसलाई
बोकिदैन गुलेली हाली अब।
दुई हात जोरेर
लम्पसार परेर
भ्यकुतेआसन बसेर
भुइमा हात धसेर
रातो भाले चढाएर
कालो बोका लडाएर
खै केही आएन देशलाई
ढोकिदैन काली अब।
ठोक्नु सम्म ठोकियो
लह लहैमा लागेर
घरबाट नै भागेर
टुडीखेलमा बसेर
घाममा पलेटी हालेर
बाटोमा टायर बालेर
राजदर्बार हेरेर
सिंहदर्बार घेरेर
पर्खाल माथि चढेर
रुखबाट पनि लडेर
कन्टेनर माथि चढेर
खै केही ल्याइएन देसलाई
ठोकिदैन ताली अब।
रोक्नसम्म रोकियो
गाडी घोडा रोकेर
घर अध्यारोले छोपेर
स्कुलमा ताल्चा ठोकेर
उधोग धन्दा रोकेर
खाने माया मारेर
देसै ठप्प पारेर
खै केही आएन देसलाई
रोकिदैन यस् पाली अब।
बोक्नसम्म बोकियो
पुलिसले बाटोमा छेक्दा
अनेक दाउ चालेर
झोलाको किताब फालेर
इटा ढुङ्गा हालेर
खै केही पाईएन देसलाई
बोकिदैन गुलेली हाली अब।
मेरा गोरुका बार्है टक्का
गजडी होस् कि दरुवा
समानुपातिक कि हरुवा
आँफै पहिले सकार्ने
रोप्ने बेलामा बोधिबृक्ष
टिप्ने बेलामा बिषबृक्ष
आफै पछी खकार्ने
चन्दा होस् कि घुस
ठन्डा होस् कि जुस
पाएसम्म डकार्ने
उल्टो होस् कि सुल्टो
डाडो होस् कि खाल्टो
जसरी हुन्छ पछार्ने
राजा होस् कि नेता
सबलाई चाहिने जनता
फेरी किन हकार्ने
शहर होस् कि गाउँमा
छन कमाउने दाउमा
यिनलाई कसले सपार्ने
मेरा गोरुका बार्है टक्का
कुरा पनि छैनन पक्का
तर कस्ले सकार्ने।
समानुपातिक कि हरुवा
आँफै पहिले सकार्ने
रोप्ने बेलामा बोधिबृक्ष
टिप्ने बेलामा बिषबृक्ष
आफै पछी खकार्ने
चन्दा होस् कि घुस
ठन्डा होस् कि जुस
पाएसम्म डकार्ने
उल्टो होस् कि सुल्टो
डाडो होस् कि खाल्टो
जसरी हुन्छ पछार्ने
राजा होस् कि नेता
सबलाई चाहिने जनता
फेरी किन हकार्ने
शहर होस् कि गाउँमा
छन कमाउने दाउमा
यिनलाई कसले सपार्ने
मेरा गोरुका बार्है टक्का
कुरा पनि छैनन पक्का
तर कस्ले सकार्ने।
Friday, June 11, 2010
गीत
1:जति नजिक जान्छु म
उति जून टाढा भयो
चकमन्न रात पनि
बदलिएर गाढा भयो
सदै हिड्ने बाटो आज
खुट्टा बिज्ने काडा भयो
समाली देउन यो मनलाई
दिनहु दिन छाडा भयो।
2खुशी सबै तिमीलाई
पिर मलाई भो
हासो सबै तिम्लाई
तिर मैले भो
समथल सबै तिम्लाई
भिर मलाई भो
उति जून टाढा भयो
चकमन्न रात पनि
बदलिएर गाढा भयो
सदै हिड्ने बाटो आज
खुट्टा बिज्ने काडा भयो
समाली देउन यो मनलाई
दिनहु दिन छाडा भयो।
2खुशी सबै तिमीलाई
पिर मलाई भो
हासो सबै तिम्लाई
तिर मैले भो
समथल सबै तिम्लाई
भिर मलाई भो
सपनीका ताराहरु
सपनीका ताराहरु
संग संगै टिप्नुछ,
बिहानीले किरण छर्दा
शितलमा छिप्नुछ ,
भत्किएको यो मनलाई
मलमले लिप्नुछ ,
आउन तिमीसंगै
जिन्दगीलाई जित्नुछ ,
सपनीका ताराहरु
संग संगै टिप्नुछ।
संग संगै टिप्नुछ,
बिहानीले किरण छर्दा
शितलमा छिप्नुछ ,
भत्किएको यो मनलाई
मलमले लिप्नुछ ,
आउन तिमीसंगै
जिन्दगीलाई जित्नुछ ,
सपनीका ताराहरु
संग संगै टिप्नुछ।
मुखाँ हानु जस्तो
अफिस गयो
काम गराउनेले घेर्दा
भ्याइ नभ्याइ गरे पनि
ढिला भनि घुरी हेर्दा
दिन भरिको कामले
साँझमा सास फेर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
जति गरे नि नहुने !
मुखाँ हानु जस्तो ।
राम्रो काम गर्दै गर्दा
पत्रकारले दिनहु छेड्दा
कुरो कन्थ्रो नबुझी
मन्त्रिले पनि
कार्यकक्षमा बोलाएर केर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
थुक्क मन्त्री बज्या!
मुखाँ हानु जस्तो।
घरमा आयो
श्रीतीले नटेर्दा
बाहिर गयो
तरुनिले नहेर्दा
टेन्सनले ,एक प्याक तानु जस्तो
आफ्नो त भाउ छैन!
मुखाँ हानु जस्तो ।
हाकिमको आदेसमा
दुई चार दाम खेर्दा
धान खाने मुसो
चोट भ्यागुतोमा पर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
जमानै उल्टो गाँठे!
मुखाँ हानु जस्तो।
कुरेको तलब बोकेर
बजार भाउ हेर्दा
महाङगी र मागले
घाटीसम्म नै बेर्दा
टेन्सनले ठुलो प्याक तानु जस्तो
थुइक भाग्य !
मुखाँ हानु जस्तो ।
काम गराउनेले घेर्दा
भ्याइ नभ्याइ गरे पनि
ढिला भनि घुरी हेर्दा
दिन भरिको कामले
साँझमा सास फेर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
जति गरे नि नहुने !
मुखाँ हानु जस्तो ।
राम्रो काम गर्दै गर्दा
पत्रकारले दिनहु छेड्दा
कुरो कन्थ्रो नबुझी
मन्त्रिले पनि
कार्यकक्षमा बोलाएर केर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
थुक्क मन्त्री बज्या!
मुखाँ हानु जस्तो।
घरमा आयो
श्रीतीले नटेर्दा
बाहिर गयो
तरुनिले नहेर्दा
टेन्सनले ,एक प्याक तानु जस्तो
आफ्नो त भाउ छैन!
मुखाँ हानु जस्तो ।
हाकिमको आदेसमा
दुई चार दाम खेर्दा
धान खाने मुसो
चोट भ्यागुतोमा पर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
जमानै उल्टो गाँठे!
मुखाँ हानु जस्तो।
कुरेको तलब बोकेर
बजार भाउ हेर्दा
महाङगी र मागले
घाटीसम्म नै बेर्दा
टेन्सनले ठुलो प्याक तानु जस्तो
थुइक भाग्य !
मुखाँ हानु जस्तो ।
नेता
देस नै खाउलाई जस्तै
आँखा तरितरी
भाषन पनि गर्न आउछ
भाका फेरि फेरी /
रुप फेरि फेरी
सानो ठुलो कोही नछोड्ने
आकार हेरि हेरी
पाए पछी हो हसुर्ने
निचै झरी झरी/
काले सेते सबै बन्ने
रुप फेरि फेरी
नाटक पनि खुबै जान्ने
आँखा भरि भरी/
जनता जिल्लै परिसके
चरित्र हेरी हेरी
कती दिन ढाट्लान अब
यस्तै गरि गरी /
देस नै खाउलाई जस्तै
हेर्छन आँखा तरी
बुद्धी यिनको कहिले आउला
हे हरी हरी ।
आँखा तरितरी
भाषन पनि गर्न आउछ
भाका फेरि फेरी /
रुप फेरि फेरी
सानो ठुलो कोही नछोड्ने
आकार हेरि हेरी
पाए पछी हो हसुर्ने
निचै झरी झरी/
काले सेते सबै बन्ने
रुप फेरि फेरी
नाटक पनि खुबै जान्ने
आँखा भरि भरी/
जनता जिल्लै परिसके
चरित्र हेरी हेरी
कती दिन ढाट्लान अब
यस्तै गरि गरी /
देस नै खाउलाई जस्तै
हेर्छन आँखा तरी
बुद्धी यिनको कहिले आउला
हे हरी हरी ।
Monday, June 7, 2010
कस्तो लाग्छ साथि तिमीलाई
भिड भाडमा पसी
कुइनोले तरुनी ढेस्नेलाई
माइक्रो बसमा
मान्छे ,गुन्द्रुक झैँ ठेस्नेलाई
घरबार छाडी
जवानीमा खरानी घस्नेलाइ
बनि जोडी खुलेयाम
पार्कमा अगालोमा बस्नेलाई
कस्तो लाग्छ साथि तिमीलाई?
दिदि हुदा हुदै
आफ्नै भेना खोस्नेलाई
बच्चाको बाबु पनि
सुन्दरीको जालमा फस्नेलाई
छारियाला झैँ गरि
कम्मरमा प्यान्ट खस्नेलाइ
कस्तो लाग्छ साथि तिमीलाई?
गर्मिको निहु पारि
समीज मात्र कस्नेलाई
पुरुस हरु संगै
स्विम्मिंग पुलमा पस्नेलाई
कस्तो लाग्छ साथि तिमीलाई?
सुखमा सदै साथ दिइ
दु:ख अलग पस्नेलाई
पछाडि कुरा काड्दै
अगाडि चिप्लो घस्नेलाई
मुखमा राम राम
पेटमा छुरा धस्नेलाई
कस्तो लाग्छ साथि तिमीलाई?
लाजै पचाएर त्यो
सदै पदमा बस्नेलाई
अनेकौ खेल गरि
देस र जनता डस्नेलाई
कस्तो लाग्छ साथी तिमीलाई?
कुइनोले तरुनी ढेस्नेलाई
माइक्रो बसमा
मान्छे ,गुन्द्रुक झैँ ठेस्नेलाई
घरबार छाडी
जवानीमा खरानी घस्नेलाइ
बनि जोडी खुलेयाम
पार्कमा अगालोमा बस्नेलाई
कस्तो लाग्छ साथि तिमीलाई?
दिदि हुदा हुदै
आफ्नै भेना खोस्नेलाई
लोग्नेले पठाको धन,
लुटाउदै, प्रेमीलाई पोस्नेलाईबच्चाको बाबु पनि
सुन्दरीको जालमा फस्नेलाई
छारियाला झैँ गरि
कम्मरमा प्यान्ट खस्नेलाइ
कस्तो लाग्छ साथि तिमीलाई?
गर्मिको निहु पारि
समीज मात्र कस्नेलाई
पुरुस हरु संगै
स्विम्मिंग पुलमा पस्नेलाई
कस्तो लाग्छ साथि तिमीलाई?
सुखमा सदै साथ दिइ
दु:ख अलग पस्नेलाई
पछाडि कुरा काड्दै
अगाडि चिप्लो घस्नेलाई
मुखमा राम राम
पेटमा छुरा धस्नेलाई
कस्तो लाग्छ साथि तिमीलाई?
लाजै पचाएर त्यो
सदै पदमा बस्नेलाई
अनेकौ खेल गरि
देस र जनता डस्नेलाई
कस्तो लाग्छ साथी तिमीलाई?
पशुपतिका कलि अब
माछा खाने बकुल्लाहरू
घाँस माग्न थाले
पोखरीका भ्याकुता देखि
हाँस भाग्न थाले
साहेद पशुपतिका कली अब
सक्षार जाग्न थाले।
नस्तिकबादी ठान्ने पनि
मन्दिर धाउन थाले
मान्छेहरु पनि
बच्चा पाउन थाले
साहेद पशुपतिका कली अब
माथि आउन थाले।
बेस्वोरका काग पनि
गीत गाउन थाले
महिलाले महिलासंग
पुरुसले पुरुससँग
प्रीत लाउन थाले
साहेद पशुपतिका कली अब
पुरै आउन थाले।
टुक्रिएका राबनका शिरहरु
फेरी जुट्न थाले
पाँच पान्ड़प ठान्नेहरु
किन फुट्न थाले
साहेद पशुपतिका कली अब
जुरुक्कै उठन थाले।
मेची,कोशी,कर्णाली
कुला हुन थाले
जनताले छानेका नेताहरु
मुला हुन थाले
साहेद पशुपतिका कली अब
अब ठुला हुन थाले।
घाँस माग्न थाले
पोखरीका भ्याकुता देखि
हाँस भाग्न थाले
साहेद पशुपतिका कली अब
सक्षार जाग्न थाले।
नस्तिकबादी ठान्ने पनि
मन्दिर धाउन थाले
मान्छेहरु पनि
बच्चा पाउन थाले
साहेद पशुपतिका कली अब
माथि आउन थाले।
बेस्वोरका काग पनि
गीत गाउन थाले
महिलाले महिलासंग
पुरुसले पुरुससँग
प्रीत लाउन थाले
साहेद पशुपतिका कली अब
पुरै आउन थाले।
टुक्रिएका राबनका शिरहरु
फेरी जुट्न थाले
पाँच पान्ड़प ठान्नेहरु
किन फुट्न थाले
साहेद पशुपतिका कली अब
जुरुक्कै उठन थाले।
मेची,कोशी,कर्णाली
कुला हुन थाले
जनताले छानेका नेताहरु
मुला हुन थाले
साहेद पशुपतिका कली अब
अब ठुला हुन थाले।
Sunday, June 6, 2010
के बताउ तिमीलाई
इमेलमा सोध्ने साथी
के बताउ तिमीलाई
मेरो के हाल छ
देसको के ताल छ
कहाबाट सुरु गरु
देशको के हाल छ
जनताको के बेहाल छ
तर के गर्ने साथी
देश चलाउने मालामाल छ
यहि त झन् कमाल छ ।
राजधानी भनि के गर्नु
तिम्रै घरको अगाडी
फोहर फाल्ने आहाल छ
के बताउ तिमीलाई
हामीले पढेको कलेज छेउ
नाङ्गो नाचको बबाल छ
देश हाक्नेलाई थाहा छैन रे
यहि त झन् कमाल छ।
नेताको खडेरी परेको बेला
सभासद फालाफाल छ
जनताको हातमा सुको नहुँदा
मन्त्रिको कमाई धमाल छ
बुझ्न नसक्ने गाँठी कुरो
यहि त झन कमाल छ ।
लुट्न पाउनेहारु यहाँ
सधैं राजेश हमाल छ
लुट्न न पाउनेहारुको
सधैं बन्द हट्ताल छ
कहिले यो अन्ते हुने
सबैको यस्तै सवाल छ
तर कसले लिने चासो
हरेकको आफ्नै ताल छ
आफ्नै दुनो सोझो पार्ने
यहि त झन कमाल छ।
के बताउ तिमीलाई
मेरो के हाल छ
देसको के ताल छ
कहाबाट सुरु गरु
देशको के हाल छ
जनताको के बेहाल छ
तर के गर्ने साथी
देश चलाउने मालामाल छ
यहि त झन् कमाल छ ।
राजधानी भनि के गर्नु
तिम्रै घरको अगाडी
फोहर फाल्ने आहाल छ
के बताउ तिमीलाई
हामीले पढेको कलेज छेउ
नाङ्गो नाचको बबाल छ
देश हाक्नेलाई थाहा छैन रे
यहि त झन् कमाल छ।
नेताको खडेरी परेको बेला
सभासद फालाफाल छ
जनताको हातमा सुको नहुँदा
मन्त्रिको कमाई धमाल छ
बुझ्न नसक्ने गाँठी कुरो
यहि त झन कमाल छ ।
लुट्न पाउनेहारु यहाँ
सधैं राजेश हमाल छ
लुट्न न पाउनेहारुको
सधैं बन्द हट्ताल छ
कहिले यो अन्ते हुने
सबैको यस्तै सवाल छ
तर कसले लिने चासो
हरेकको आफ्नै ताल छ
आफ्नै दुनो सोझो पार्ने
यहि त झन कमाल छ।
Saturday, June 5, 2010
शान्तिका परेवाहरु
आज बिश्वो शान्ति दिवस
त्येसैले दर्जनौ परेवाहरु
शान्तिको बिकुल फुकेर
आकासमा उडाइदैछन,
तर बेर्थै छ तिमीले
ति परेवाहरु उडाउनु
किनभने
कति कावा खादै गर्दा
गुलेलिले झारिन सक्छन
कति बन्दुकको छर्राले
पानीघाटमा मारिन सक्छन
कति चिल र बाजबाट
शिकारलाई चारिन सक्छन
र बचेका ति बिचराहरु पनि
राति बासस्थानमा
एक एक गरी टाउको निमोठेर
कान्छीको भट्टीमा तारिन सक्छन
र तिमीले उडाएका ति परेवाहरु
शान्तिको धुनीसंगै हारिन सक्छन
कावा खादै गर्दा आकासमा
गुलेली झारिन सक्छन।
त्येसैले दर्जनौ परेवाहरु
शान्तिको बिकुल फुकेर
आकासमा उडाइदैछन,
तर बेर्थै छ तिमीले
ति परेवाहरु उडाउनु
किनभने
कति कावा खादै गर्दा
गुलेलिले झारिन सक्छन
कति बन्दुकको छर्राले
पानीघाटमा मारिन सक्छन
कति चिल र बाजबाट
शिकारलाई चारिन सक्छन
र बचेका ति बिचराहरु पनि
राति बासस्थानमा
एक एक गरी टाउको निमोठेर
कान्छीको भट्टीमा तारिन सक्छन
र तिमीले उडाएका ति परेवाहरु
शान्तिको धुनीसंगै हारिन सक्छन
कावा खादै गर्दा आकासमा
गुलेली झारिन सक्छन।
Thursday, June 3, 2010
यी हुतिहारा
कुकुरको पुच्छर जस्तो
नेताजिको पारा
वाक्क दिक्क परि सके
देउसै देख्छन तारा
आफ्नो खल्ती भरेकाछन
यी बगली मारा।
गर्छौ गर्छौ भनी भनी
टारेकाछन झारा
फेरी के पो गर्न सक्लान
यी हुतिहारा ।
नेताजिको पारा
वाक्क दिक्क परि सके
जनता यो सारा।
कुर्सी पाउने भए पछीदेउसै देख्छन तारा
आफ्नो खल्ती भरेकाछन
यी बगली मारा।
गर्छौ गर्छौ भनी भनी
टारेकाछन झारा
फेरी के पो गर्न सक्लान
यी हुतिहारा ।
एक हुल गोरु
एक हुल गोरु
चाम्रिएको,
दाम्रिएको
लाम्री परेको
भोको पेट लिएर आए।
अगाडि नहेरी
पछाडि नहेरी
दाँया नहेरी
बाँया नहेरी
सास नफेरी
कसैलाई नटेरी
हरियो घास खाए।
त्यस पछी उक्सिएर
टाठिएर,ठाटिएर
यता उता नजर लाए,
केही छिनमा
अहङ्कारले ,लोभले र इर्शाले
कोही हुकार्न थाले
कोही डाँकार्न थाले
कोही सियोरी खेल्न थाले
कोही पैठेजोरी खेल्न थाले
कोही निमुखलाई ठेल्न थाले
कोही कमजोरलाई पेल्न थाले,
यो देखेर बिचरा गाई र बाछा
डर त्रासले कराउन थाले
बिस्तारै हराउन थाले।
चाम्रिएको,
दाम्रिएको
लाम्री परेको
भोको पेट लिएर आए।
अगाडि नहेरी
पछाडि नहेरी
दाँया नहेरी
बाँया नहेरी
सास नफेरी
कसैलाई नटेरी
हरियो घास खाए।
त्यस पछी उक्सिएर
टाठिएर,ठाटिएर
यता उता नजर लाए,
केही छिनमा
अहङ्कारले ,लोभले र इर्शाले
कोही हुकार्न थाले
कोही डाँकार्न थाले
कोही सियोरी खेल्न थाले
कोही पैठेजोरी खेल्न थाले
कोही निमुखलाई ठेल्न थाले
कोही कमजोरलाई पेल्न थाले,
यो देखेर बिचरा गाई र बाछा
डर त्रासले कराउन थाले
बिस्तारै हराउन थाले।
बिर्खेको हलो
पोहर हलो जोत्दै गर्दा बिर्खे
कांग्रेसीहरु आए
जमिन जोतनेको
घर पोतनेको
उस्लाई बेसरी उक्साए ,
उस्कै घरमा मासुभात खाए,
बिचारो बिर्खेलाई
पर्चा बोकाए
ठेली बोकाए
बम थमाए
पुलिसले समाए,
प्रजातन्त्र ल्याए पछी
नेताले राम्रो पद लत्ताए
बिर्खेलाई खेतमा नै हुत्ताए।
अस्ती बिर्खे जोत्दै गर्दा
मालेहरु आए
कसैले हलो समाए
कसैले कोदालो समाए
नक्कली पुर्जा थमाए
दाल भात पकाए
दाजुभाइ बनाए
फेरी उस्लाई मनाए।
बिचारो बिर्खेलाई
रातभरी हिडाए
किताबहरु बोकाए
ताली ठोकाए
झन्डाहरु थमाए
फेरी पुलिसले समाए,
पुन प्रजातन्त्र आए पछी
नेताहरुले राम्रो पद खाए
बिर्खेलाई त्यही हलो थमाए।
हिजो बिर्खे बारी जोत्दा
मओहरु आए
हातहरु मिलाए
काध पनि मिलाए
बुढो बिर्खेलाई पानी बोकी पिलाए
जे पाक्यो त्यै खाए
क्रान्तिको गीत घोकाए
फेरी उस्लाई उक्साए
त्येसपछी बिर्खेलाई
थोत्रो बन्दुक बोकाए
डोको नाम्लो बोकाए
घाइतेलाई बोकाए
मृतकलाई बोकाए,
गणतन्त्र आए पछी
कसैले मन्त्रि पाए
कसैले के खाए
बिचरो बिर्खेलाई
सबैले समाए
सबैले कमाए
अन्तमा त्येही हलो थमाए।
आज बिर्खे बिरामी पर्दा
न कांग्रेसीहरु आए
न मालेहरू आए
न माओहरु आए
मृतुशैयामा लडेको बेला
बिर पुरुस लेखिएको
त्यही हलो छोरालाई थमाए।
कांग्रेसीहरु आए
जमिन जोतनेको
घर पोतनेको
उस्लाई बेसरी उक्साए ,
उस्कै घरमा मासुभात खाए,
बिचारो बिर्खेलाई
पर्चा बोकाए
ठेली बोकाए
बम थमाए
पुलिसले समाए,
प्रजातन्त्र ल्याए पछी
नेताले राम्रो पद लत्ताए
बिर्खेलाई खेतमा नै हुत्ताए।
अस्ती बिर्खे जोत्दै गर्दा
मालेहरु आए
कसैले हलो समाए
कसैले कोदालो समाए
नक्कली पुर्जा थमाए
दाल भात पकाए
दाजुभाइ बनाए
फेरी उस्लाई मनाए।
बिचारो बिर्खेलाई
रातभरी हिडाए
किताबहरु बोकाए
ताली ठोकाए
झन्डाहरु थमाए
फेरी पुलिसले समाए,
पुन प्रजातन्त्र आए पछी
नेताहरुले राम्रो पद खाए
बिर्खेलाई त्यही हलो थमाए।
हिजो बिर्खे बारी जोत्दा
मओहरु आए
हातहरु मिलाए
काध पनि मिलाए
बुढो बिर्खेलाई पानी बोकी पिलाए
जे पाक्यो त्यै खाए
क्रान्तिको गीत घोकाए
फेरी उस्लाई उक्साए
त्येसपछी बिर्खेलाई
थोत्रो बन्दुक बोकाए
डोको नाम्लो बोकाए
घाइतेलाई बोकाए
मृतकलाई बोकाए,
गणतन्त्र आए पछी
कसैले मन्त्रि पाए
कसैले के खाए
बिचरो बिर्खेलाई
सबैले समाए
सबैले कमाए
अन्तमा त्येही हलो थमाए।
आज बिर्खे बिरामी पर्दा
न कांग्रेसीहरु आए
न मालेहरू आए
न माओहरु आए
मृतुशैयामा लडेको बेला
बिर पुरुस लेखिएको
त्यही हलो छोरालाई थमाए।
Wednesday, June 2, 2010
संबिधानसभा
कोहि गाई चराउदै
कोहि बाख्रा चराउदै
कोहि कपडा बेच्दै
कोहि जागिर खोज्दै
कोहि माछा मार्दै
कोहि लत्ता झार्दै
कोहि भारि बोक्दै
कोहि मादल ठोक्दै
कोहि पाठशालाबाट
कोहि भातशालाबाट
कोही बाथशालाबाट
विदेशको कुरा गर्यो
स्वदेशको कुरा गर्यो
गाँउको कुरा गर्यो
घरको कुरा गर्यो
लोग्नेको कुरा गर्यो
स्वास्नीको कुरा गर्यो
दायाको कुरा गर्यो
बाँयाको कुरा गर्यो
भानाभंन गर्यो
तानातान गर्यो
हानाहान गर्यो
चारचार गर्यो
मारामार गर्यो
बोलि बार्यो
पानी बार्यो
पार्टी बार्यो
अन्तमा
सहमति गरियो
ठुलो सङ्कट टारियो
जनतामा पारीयो ।
कोहि बाख्रा चराउदै
कोहि कपडा बेच्दै
कोहि जागिर खोज्दै
कोहि माछा मार्दै
कोहि लत्ता झार्दै
कोहि भारि बोक्दै
कोहि मादल ठोक्दै
कोहि पाठशालाबाट
कोहि भातशालाबाट
कोही बाथशालाबाट
चौतारामा बिसायो
शितलमा सुस्तायो,विदेशको कुरा गर्यो
स्वदेशको कुरा गर्यो
गाँउको कुरा गर्यो
घरको कुरा गर्यो
लोग्नेको कुरा गर्यो
स्वास्नीको कुरा गर्यो
दायाको कुरा गर्यो
बाँयाको कुरा गर्यो
भानाभंन गर्यो
तानातान गर्यो
हानाहान गर्यो
चारचार गर्यो
मारामार गर्यो
बोलि बार्यो
पानी बार्यो
पार्टी बार्यो
अन्तमा
सहमति गरियो
ठुलो सङ्कट टारियो
जनतामा पारीयो ।
कस्तो कस्तो आट्ने हजूर
म गरिबको घरमा आइ
मिठा सपना बाट्ने हजूर
भाग्य तिम्रो बन्छ भनि
म सोझोलाई ढाट्ने हजूर
यस्तो गर्छौ उस्तो गर्छौ
कुरा ठुला छाट्ने हजूर
देउसै बत्ति बाल्छु भनि
कस्तो कस्तो आट्ने हजूर,
हिजो आफै बोलेको कुरा
आज आफै काट्ने हजूर
आफु हुने चिल्लो पिरो
किन अरुलाई डाटने हजूर
मोटर घोडा आफै चड्ने
हाम्रो त जुत्ता फाट्ने हजूर
हत्केलाले सुर्य छेकी
कस्तो कस्तो आट्ने हजूर,
तिम्रो हाम्रो एउतै भनि
किन सपना साट्ने हजूर
आफ्नो बाटो आफैं खनी
किने फेरी भाट्ने हजूर
झुट माथि झुट थपी
कती कती ढाट्ने हजूर
हत्केलाले सुर्य छेकी
कस्तो कस्तो आट्ने हजूर।
कस्तो कस्तो आट्ने हजूर।
Subscribe to:
Posts (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
June
(36)
- एक गते
- मेरो कलम
- नव कर्मकान्ड
- नेपाली फूटबल
- भन बा कुन गोरु जोतू।
- पुरानो बादशाहको गाई गुइ छ
- शहरको एउटा गल्ली छ
- मच्छेर र रात
- कुर्सीमा के माद छ
- हास्यरस
- देसलाई हनुमान चढाउनु पर्छ
- रोपाइ
- फूटबल र बत्ती
- गुरु बने पछी
- सबमा राजनीति ठोसियो
- आफ्नै घरको साथ राम्रो।
- आफ्नै घरको साथ राम्रो।
- भन प्रभू (ब्यङ्गे कबिता )
- भैंसीको कसम
- भन तिमी भन्दा के कम छ।
- निठुरी त्यो रात
- ढोकिदैन काली अब
- मेरा गोरुका बार्है टक्का
- गीत
- सपनीका ताराहरु
- मुखाँ हानु जस्तो
- नेता
- कस्तो लाग्छ साथि तिमीलाई
- पशुपतिका कलि अब
- के बताउ तिमीलाई
- शान्तिका परेवाहरु
- यी हुतिहारा
- एक हुल गोरु
- बिर्खेको हलो
- संबिधानसभा
- कस्तो कस्तो आट्ने हजूर
-
▼
June
(36)