Tuesday, June 15, 2010

सबमा राजनीति ठोसियो

दुर्गाती नै दुर्गाती
यर्सागुम्बा र खानीको
नाला अनी पानीको
खाली युद्द र लडाईं झोसियो

किनकी जेसमा पनि राजनीति ठोसियो।
हेर्नुस त हालत
उधोग अनी धन्दाको
शहरको त्यो गन्दाको
सबै बन्द हटतालले रोकियो
किनभने यसमा पनि राजनीति ठोकियो।
गजब बा...!
कामदार होस कि मालिक
मुर्ती होस् कि सालीक
बृद्द होस कि बालिक
सबै जोसले जोसियो
को कम!यसमा पनि राजनीति होसियो।
हेर्नुस त
हाकिम भन्दा पिएन ठुला
उचाल्ने त्यो पर्टी मुला
पुर्याउछ कि धनका पुला
उसैको बलमा ऊ झन कस्सियो
पक्कै! यसमा पनि राजनीति धसियो.

भन्नुस त
धारामा पानी कत्ती छैन
कोठा पनि बत्ती छैन
बिकास कहाँ हरायो
शान्ती झनै डरायो
साहेद यसमा पनि राजनीति करायो।
गम्नुस त!
सदभाव र सहीस्नुता
सहयोग र एकता
खै कहाँ लोप्पियो
इर्सा र शत्रुता मात्र पोखियो
किनभने सबमा राजनीति ठोकियो।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive