म
मेरो भाग्य
ज्योतिषीलाई देखाउदै
हातहरुमा खोजे
धमिहरुलाई देखाउदै
पातहरुमा खोजे
तर भाग्य भेटिएन
फेरी भेटिन्छ भनी
मन्दिरहरु रोजे
मठहरु खोजे
तर कतै किटिएन।
छुट्यो कि भाग्य
पछाडि तिर हिरे
छुटे कि म
अगाडि तिर हिह्रे
तर भाग्य कतै देखिएन
एक दिन माहाबाणी आयो
तिमी कर्म गर्दै जाउ
तिमी धर्म गर्दै जाउ
म खुशीले उफ्रिदै
मठहरुमा फुलहरु चढाए
न भन्दै एक दिन
भाग्य जम्का भेटमा भन्यो
तिमी त सार्है भाग्यमानीरहेछौ
भगवान प्यारा पनि भएछौ
ल हिड अब अबेला भयो
तिम्रो पनि जाने बेला भयो।
धन्य यो कस्तो भाग्य
बल्ल कुरो बुझे।
Tuesday, August 31, 2010
गीत
झरी छैन
शीत छैन
परेली यो भिज्यो कसरी
काडा छैन
काटी छैन
तरेली यो बिज्यो कसरी।
आगो छैन
राप छैन
तर यो तन जल्यो कसरी
हावा छैन
हुरी छैन
तर यो मन ढल्यो कसरी
रात छैन
मात छैन
देउसै जून झुल्यो कसरी
रुप छैन
रङग छैन
तर मन यो भुल्यो कसरी ।
बार हाले
बाध हाले
तर बाटो खुल्यो कसरी
माया छैन
मोह छैन
प्रितीको फुल फुल्यो कसरी ।
शीत छैन
परेली यो भिज्यो कसरी
काडा छैन
काटी छैन
तरेली यो बिज्यो कसरी।
आगो छैन
राप छैन
तर यो तन जल्यो कसरी
हावा छैन
हुरी छैन
तर यो मन ढल्यो कसरी
रात छैन
मात छैन
देउसै जून झुल्यो कसरी
रुप छैन
रङग छैन
तर मन यो भुल्यो कसरी ।
बार हाले
बाध हाले
तर बाटो खुल्यो कसरी
माया छैन
मोह छैन
प्रितीको फुल फुल्यो कसरी ।
नदी
मेची पनि नदी
काली पनि नदी
तर पनि
दुबैमा आफ्नो आफ्नो रवाब छ।
सेती पनि नदी
कोशी पनि नदी
फेरी पनि
दुबैमा ठुलो मन मुटाब छ
रापती पनि नदी
बागमती पनि नदी
तैपनी
दुबैको सागर छुनेको टकराब छ
कर्णाली पनि नदी
गण्डकी पनि नदी
र पनि
दुबै बिच झन धेरै तनाब छ
नदी नदीको लडाईंमा
नदी नदीको जुधाइमा
बिचरा बलुवा माटोलाई प्रभाब छ।
काली पनि नदी
तर पनि
दुबैमा आफ्नो आफ्नो रवाब छ।
सेती पनि नदी
कोशी पनि नदी
फेरी पनि
दुबैमा ठुलो मन मुटाब छ
रापती पनि नदी
बागमती पनि नदी
तैपनी
दुबैको सागर छुनेको टकराब छ
कर्णाली पनि नदी
गण्डकी पनि नदी
र पनि
दुबै बिच झन धेरै तनाब छ
नदी नदीको लडाईंमा
नदी नदीको जुधाइमा
बिचरा बलुवा माटोलाई प्रभाब छ।
गजल
लेउ भने तिम्रो माया
मात लाग्ने डर
नलेउ भने तिम्रो माया
बात लाग्ने डर
छोडु भने तिम्रो माया
घात लाग्ने डर
जोडु भने तिम्रो माया
साथ लाग्ने डर
टिपू भने तिम्रो माया
नाथ लाग्ने डर
छिपू भने तिम्रो माया
बात लाग्ने डर।
मात लाग्ने डर
नलेउ भने तिम्रो माया
बात लाग्ने डर
छोडु भने तिम्रो माया
घात लाग्ने डर
जोडु भने तिम्रो माया
साथ लाग्ने डर
टिपू भने तिम्रो माया
नाथ लाग्ने डर
छिपू भने तिम्रो माया
बात लाग्ने डर।
टुक्रा टाक्री
कबि
सँगैको साथी
घास(घुस)खाएर उग्राउदा
भोकै बस्न जानेको
सङगैको मित्र
देश खाएर डुक्राउदा
देश बारे सोच्दै
ठुटो चुरोट तानेको
सरकारले पनि
देशकै बेकामे मानेको
घरमा खाने नहुँदा
श्रीमतिले कर्छुलाले हानेको
तर पनि आफुलाई
देशको सेवक ठानेको।
सुध्रिएका नेता
पहिले रक्सी खुब पिउथे
अहिले त खान्न हजुर
डिस्को दोहरी खुबै धाउथे
अब त्यता जान्न हजुर
घुस बिना काम गरिएन
अब त त्यो पान्न हजुर
चुनाव भए मै हो जित्ने
अरु कोही आन्न हजुर।
पुलिस केरकार
प्रथम चरण सुरुहुन्छ
कर कराउदो बातमा
दोस्रो चरण सुरुहुन्छ
फलामआ जस्तो हातमा
तेस्रो चरण सुरुहुन्छ
बुट लगाको लातमा
चौथो चरण सुरुहुन्छ
लोकल ठरराको मातमा
गीत
हुरी झै आँफै आयौ
मैले घटना टार्न सकिन
माया प्रीती आँफै लायौ
मैले दिल हार्न सकिन
लगन पनि आँफै रोज्यौ
मैले दिन सार्न सकिन
ठास्स ठुस्स आँफै पर्यौ
मैले बोली बार्न सकिन
बतास झै आँफै टार्यौ
मैले पनि नकार्न सकिन।
नेता
सडक पाए
डुङ्गा हान्ने
पद पाए
खुट्टा तान्ने
बजेट पाए
आँफै धनधान्य
कुर्सी पाए
आँफै सर्बमान्ने।
नेपाल
नेपाल युरोप गएछ कि
यूरोप नेपाल आएछ
देख्दा युबाहरुको झाप्रा।
अमेरिका नेपाल पसेछ
नेपाल अमेरिकाँ फसेछ
हेर्दा तरुनिहरुका साप्रा।
नेपाल रुवान्डामा खसेछ कि
रुवान्डा नेपाल भै बसेछ
देख्दा गाउँ घर छाप्रा।
सँगैको साथी
घास(घुस)खाएर उग्राउदा
भोकै बस्न जानेको
सङगैको मित्र
देश खाएर डुक्राउदा
देश बारे सोच्दै
ठुटो चुरोट तानेको
सरकारले पनि
देशकै बेकामे मानेको
घरमा खाने नहुँदा
श्रीमतिले कर्छुलाले हानेको
तर पनि आफुलाई
देशको सेवक ठानेको।
सुध्रिएका नेता
पहिले रक्सी खुब पिउथे
अहिले त खान्न हजुर
डिस्को दोहरी खुबै धाउथे
अब त्यता जान्न हजुर
घुस बिना काम गरिएन
अब त त्यो पान्न हजुर
चुनाव भए मै हो जित्ने
अरु कोही आन्न हजुर।
पुलिस केरकार
प्रथम चरण सुरुहुन्छ
कर कराउदो बातमा
दोस्रो चरण सुरुहुन्छ
फलामआ जस्तो हातमा
तेस्रो चरण सुरुहुन्छ
बुट लगाको लातमा
चौथो चरण सुरुहुन्छ
लोकल ठरराको मातमा
गीत
हुरी झै आँफै आयौ
मैले घटना टार्न सकिन
माया प्रीती आँफै लायौ
मैले दिल हार्न सकिन
लगन पनि आँफै रोज्यौ
मैले दिन सार्न सकिन
ठास्स ठुस्स आँफै पर्यौ
मैले बोली बार्न सकिन
बतास झै आँफै टार्यौ
मैले पनि नकार्न सकिन।
नेता
सडक पाए
डुङ्गा हान्ने
पद पाए
खुट्टा तान्ने
बजेट पाए
आँफै धनधान्य
कुर्सी पाए
आँफै सर्बमान्ने।
नेपाल
नेपाल युरोप गएछ कि
यूरोप नेपाल आएछ
देख्दा युबाहरुको झाप्रा।
अमेरिका नेपाल पसेछ
नेपाल अमेरिकाँ फसेछ
हेर्दा तरुनिहरुका साप्रा।
नेपाल रुवान्डामा खसेछ कि
रुवान्डा नेपाल भै बसेछ
देख्दा गाउँ घर छाप्रा।
Monday, August 30, 2010
आज सबै हिजडा भए।
टाइ शुट र धोती टोपी
साडी ब्लाउज सुरुवाल भोटी
सबै बाउका सरुवावालका
झुत्रे लुत्रे यि सबै इजाडा भए।
कोही आफुलाई भाले माने
कोही पोथी ठाने पनि
न फुल न चल्ला
काम भन्दा ठुलो हल्ला
अर्थ न बर्थको ओथारो लाए
न लाछार न पछार लाए
आज यि सबै हिजडा भए।
कोही जनताको कुरा गर्दै
कोही स्वतन्त्रताको कुरा गर्दै
आफ्नो आफ्नो थैलो भर्दै
देशलाई उल्टै बन्दै पार्दै
आज यि सबै पिजडा भए।
ठग्न र ढाट्नेमा
मिल्ने र फाट्नेमा
थुक्ने र चाट्नेमा
किन्ने र साट्नेमा
मार्ने अनी काट्नेमा
आज यि सबै बिजोडा भए।
साडी ब्लाउज सुरुवाल भोटी
सबै बाउका सरुवावालका
झुत्रे लुत्रे यि सबै इजाडा भए।
कोही आफुलाई भाले माने
कोही पोथी ठाने पनि
न फुल न चल्ला
काम भन्दा ठुलो हल्ला
अर्थ न बर्थको ओथारो लाए
न लाछार न पछार लाए
आज यि सबै हिजडा भए।
कोही जनताको कुरा गर्दै
कोही स्वतन्त्रताको कुरा गर्दै
आफ्नो आफ्नो थैलो भर्दै
देशलाई उल्टै बन्दै पार्दै
आज यि सबै पिजडा भए।
ठग्न र ढाट्नेमा
मिल्ने र फाट्नेमा
थुक्ने र चाट्नेमा
किन्ने र साट्नेमा
मार्ने अनी काट्नेमा
आज यि सबै बिजोडा भए।
Sunday, August 29, 2010
लाजै लाग्यो गाँठे
एउटा छोरो सधैं टवाटे
अर्को छोरो तासे
घरकै अन्न चोरी चोरी
सके सत्य नासे।
एउटा छोरो भुडे गणेश
अर्को मरण च्यासे
झ्याल ढोका दलिन बेची
आफ्नै घरलाई भासे।
एउटा छोरा टाप्प टिपे
अर्को छोरो गासे
आपसमा कलह गरी
घरकै इजत्त मासे।
सस्कारलाई पोली खाए
कस्ता कस्ता ध्वासे
नाङ्गै हिड्दै डुले पछी
दुनियाँ नै हासे।
एउटा छोरो धुर्त स्याल
अर्को छोरो ब्वासे
ढाटी खाइ सबैलाई
कलन्कले धासे।
कस्ता सन्तान जन्मिएछन
लाजै लाग्यो गाँठे
आफ्नै आमा बाउलाई अब
मार्न र कुट्न आटे।
अर्को छोरो तासे
घरकै अन्न चोरी चोरी
सके सत्य नासे।
एउटा छोरो भुडे गणेश
अर्को मरण च्यासे
झ्याल ढोका दलिन बेची
आफ्नै घरलाई भासे।
एउटा छोरा टाप्प टिपे
अर्को छोरो गासे
आपसमा कलह गरी
घरकै इजत्त मासे।
सस्कारलाई पोली खाए
कस्ता कस्ता ध्वासे
नाङ्गै हिड्दै डुले पछी
दुनियाँ नै हासे।
एउटा छोरो धुर्त स्याल
अर्को छोरो ब्वासे
ढाटी खाइ सबैलाई
कलन्कले धासे।
कस्ता सन्तान जन्मिएछन
लाजै लाग्यो गाँठे
आफ्नै आमा बाउलाई अब
मार्न र कुट्न आटे।
Friday, August 27, 2010
कुरो कुन्थरो
सधैं ब्यङ्ग्य कबिता र ब्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर ब्यङ्ग्य बनाउने पाराले ब्यङ्ग्य बर्ता रोज्ने बिचार गरे। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु,बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो।मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हासो ठट्टा पनि गर्ने भएकाले उनिसङ्गै वार्तालाप गर्ने जमर्को गरे।छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रशन हजुर आमैलाई कचौरा राख्दै भने। "हजुर आमाको उमेर कती पुग्यो नि?हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ? "यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोदिहाल्नु भो।अली ठिटना हुनुहुदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गासमै स्वाद चाखी हाल्नुहुन्थ्यो।मेरो उमेर त भर्खर असिमा बसेकी छु। अब उमेरको गर्दा त पैतिस चालिस बर्षलाई अध बैसे भनिन्छ।त्यो हिसाबले त सत्तरी असी पुगेपछी पो पुरा बैस हुदो रहेछ।साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ्नी बाबु।" अहिले चाँही हजुर आमैले कुरोको चुरो समाउन भयो। अनी आज आमैलाई आउन लागेको तीजको बारेमा सोध्न मन लाग्यो।तपाइको पालाको र अहिलेको तीजमा के फरक पाउनु भयो?" मेरो प्रश्न भुइमा नखस्दै आमैले भनिन।"धेरै फरक छ बाबु। त्रिसुलीको पानी र टुकैचाको पानी जस्तो। गाउकी सानी र शहरकी नानी जस्तो फरक। हाम्रा पालामा त एक दिन दर खान्थ्यौ। साथी सगिनिको घर जाइन्थ्यो। तीजको भाकामा गाउथ्यौ। रमाउथ्यौ। तीन दिनको तीज तिस दिन गयो। गरीबको भन्दा धनीको भयो। सुद् साकाहारी भन्दा माछा मासु खाकाछन। पुरुषको भन्दा धरै ह्विस्की बियरमा रमाकाछन।तीजका गीतमा भन्दा हिन्दी गीतमा नाचेकाचन।साडीमा भन्दा प्यान्ट कट्टुमा कम्मर भाचेकाछन।यो सस्कृतिमा बिक्रिती भयो बाबु।भ्रष्टाचार गरेर होस कि बिदेश तिर सडेर होस,लोग्ने बिचराले कमाएकै छन।स्वास्निहरु रमाएकैछन।" आमैले कुरो थब्दै भनीन।"हेर्नुस बाबु कस्तो जमाना आयो आयो। पोहर साल नातिको बिहे गर्नलाई बुहारी खोजियो। केटी तर्फकाले मेरो नातिलाई जाड चुरोट ,रक्सी खान्छ कि खान्न भनी सोधे। मेरो नाती कै नखाने।रक्सीको त कुरै छैन। मासु पनि नखाने। केटी पक्षकाले बुहारीलाई प्यान्ट लाउन दिने सर्त राखे बाबु। हामीले पनि यती जाबो कुरो त हो भनी मान्यौ। अहिले त बाबु हाफप्यान्ट मात्र लाउछे। सधैं पार्टी भनेर मातले मात्तिएर मध्य रातमा आउछे। लोग्नेलाई भात तताएन भनेर दुई चार लात नै लाउछे। महिला भएर महिलाकै कुरा काटेको जस्तो। धेरै भयो भने त बोल्न पनि पर्यो। पुरुषले बोल्दा चटकन खान के बेर?"कुरो रमाइ बन्दै थियो। मैले अर्को प्रश्न तेर्साउदै भने। अहिले र पहिले बजारको कुरा गर्दा आमैलाई कस्तो लाग्छ?" आमैले जिब्रो फटकार्दै भनिन। "बजारको त कुरै नगर बाबु। हाम्रा पालामा चार आनाले होटेलमा टन्न मासु भात खान पाइन्थ्यो। त्यसइमा पनि सुद्द खाने कुरा खाइन्थ्यो।अहिले के पो सुद्द पाउछ र नाती बाबु?अहिले त मायाप्रितीमा पनि मिसावोट भयो। अब चोखो माया पाउनलाई खप्पराँ लेखेको हुनुपर्छ। बजार भाउ मात्र हो र? मायाप्रीतीको भाउ झन चर्को छ। मोटर,गाडी ,होटेल रेस्टुरेन्टमा लान नसक्नेले त के मायाप्रीती पाउने र लाउने।"हजुर आमैले कुरो कोट्याउदै भनिन। 'बाबु नातिलाई अघी देखी सोधु भनेको। तपाईं कुन पत्रीका बाट हो नि?मेरो फोटो त आउछ?"मैले हजुर आमैको फोटो लिदै भने"म कुनै पत्रीका बाट होइन। हजुरमाको कुरो कानि फेस बूकमा राख्ने लाई हो। त्यसमा झन देश बिदेशका नाती नतिनाहरुले हेर्छन।हजुर आमै झन खुसै हुँदै भनिन।"त्यसो भए त फेस बूकमा मेरो छोरोले पनि हेर्छ होला। अस्ती बुहारीलाई दुई चार वटा तीजका गीत पठाइदिने भन्दै थियो। उता तिर पो बरु राम्रो सङ्ग तीज मनाउछन रे। ल त बाबु सबै देश बिदेशका नाती नतिनिहरुलाई तीजको शुभकामना।"हौस त कुर गर्दा रमाइलो लाग्यो। पछी फेरी भेटौँला।" यती भनेर हजुर आमैसङ्ग बिदा भए र हाम्रा कुरा कानि साथीहरुसँग जस्ताको तस्तै पस्कदै बिदा हुन्छु। मलाई हजुर आमाको कुरो सोर्है आना मुनशिव लाग्यो।यहाँलाई कस्तो लाग्यो?जय काउकुती।
Thursday, August 26, 2010
यसपली त साच्चै सबलाई हसाउनु भो।
सोजासाजालाई आश्वासन बाट्दै
गरीबलाई धनीको सपना साट्दै
देशलाई खाल्टोमा खसाउनु भो
नेताज्यु!गाई जात्राले फलफ खाए
दुनियाँलाई मज्जाले हसाउनु भो।
कतै के भन्दै
कतै अर्कै भन्दै
मन्चै पिच्छे झुट घुसानु भो
नेताज्य!मह जोडी फलप भए
संसारलाई अच्छैले हसाउनु भो।
शान्ती ल्याउछु भनी
कान्ती ल्याउछु भनी
न बिकास न निकास
देशलाई कुन च्यापमा फसाउनु भो
नेताज्यु! हास्य सिरियल नै फलफ भो
दुनियाँलाई गजबले हसाउनु भो।
जनताको नाममा
सहयोग चन्दा माग्दै
इटाले आफ्नै आगन छाप्दै
जनतालाई भोकमरीले डसाउनु भो
नेताज्यु!हास्य कवी नै फलप भए
देश बिदेशलाई नै खुब हसाउनु भो।
देशको गोपिन्यता नै छैन रे
देशको आत्मनिर्यता नै छैन रे
जताकतै बाहुलेता अजेन्टहरु
को को कस्लाई कती यहाँ पसाउनु भो
साझा बस,ट्रली बस र रेल जस्तै
देशलाई नै थला बसाउनु भो
माने नेता ज्यु तपाईंको कला
यसपली त साच्चै सबलाई हसाउनु भो।
गरीबलाई धनीको सपना साट्दै
देशलाई खाल्टोमा खसाउनु भो
नेताज्यु!गाई जात्राले फलफ खाए
दुनियाँलाई मज्जाले हसाउनु भो।
कतै के भन्दै
कतै अर्कै भन्दै
मन्चै पिच्छे झुट घुसानु भो
नेताज्य!मह जोडी फलप भए
संसारलाई अच्छैले हसाउनु भो।
शान्ती ल्याउछु भनी
कान्ती ल्याउछु भनी
न बिकास न निकास
देशलाई कुन च्यापमा फसाउनु भो
नेताज्यु! हास्य सिरियल नै फलफ भो
दुनियाँलाई गजबले हसाउनु भो।
जनताको नाममा
सहयोग चन्दा माग्दै
इटाले आफ्नै आगन छाप्दै
जनतालाई भोकमरीले डसाउनु भो
नेताज्यु!हास्य कवी नै फलप भए
देश बिदेशलाई नै खुब हसाउनु भो।
देशको गोपिन्यता नै छैन रे
देशको आत्मनिर्यता नै छैन रे
जताकतै बाहुलेता अजेन्टहरु
को को कस्लाई कती यहाँ पसाउनु भो
साझा बस,ट्रली बस र रेल जस्तै
देशलाई नै थला बसाउनु भो
माने नेता ज्यु तपाईंको कला
यसपली त साच्चै सबलाई हसाउनु भो।
Wednesday, August 25, 2010
सरकार
छाला फालेर खाने कि
छालै सित खाने
साथै खाने कि
पालै सित खाने
आखिर सरकार बाउ बिर्ता न हो।
मिलेर खाने कि
एक्लै खाने
सङ्गै खाने कि
बेग्लै खाने
आखिर सरकार खाउकै बिर्ता न हो।
चिट्ठा हालेर खाने कि
खाल हानेर खाने
बल्छी फालेर खाने कि
जाल तानेर खाने
आखिर सरकार दाउकै बिर्ता न हो।
सल्लैले खाने कि
मोल गरेर खाने
हल्लै खाने कि
तौल गरेर खाने
आखिर सरकार भाउकै बिर्ता न हो।
तरै सित खाने कि
करहै सित खाने
फलै सित खाने कि
जरै सित खाने
जसरी खाए पनि
दरै सित खाने
आखिर सरकार, तिम्रै बाउकै बिर्ता न हो।
छालै सित खाने
साथै खाने कि
पालै सित खाने
आखिर सरकार बाउ बिर्ता न हो।
मिलेर खाने कि
एक्लै खाने
सङ्गै खाने कि
बेग्लै खाने
आखिर सरकार खाउकै बिर्ता न हो।
चिट्ठा हालेर खाने कि
खाल हानेर खाने
बल्छी फालेर खाने कि
जाल तानेर खाने
आखिर सरकार दाउकै बिर्ता न हो।
सल्लैले खाने कि
मोल गरेर खाने
हल्लै खाने कि
तौल गरेर खाने
आखिर सरकार भाउकै बिर्ता न हो।
तरै सित खाने कि
करहै सित खाने
फलै सित खाने कि
जरै सित खाने
जसरी खाए पनि
दरै सित खाने
आखिर सरकार, तिम्रै बाउकै बिर्ता न हो।
Monday, August 23, 2010
गाई जात्रे नाटक(गाइजात्रे झटारो)
बानेश्वरमा प्रदर्सन भइराखेको यसपालीको गाइजात्रे नाटकको भाग पाच पनि सकियो।जोक्कर ,नोक्कर,मालिक ,बालिक,अझाउ ,बझाउ, खलनायक पात्रहरु आए पनि नायक आएन।साहेत देशले अझै मान्छे पाएन। बिना निर्देशकका पात्रहरुको जात्रा हेर्दा परीपक्वता नै देखियो।अब यो गाई जात्रा कार्यक्रमलाई राम्रो निर्देशक खटाएर बेदेशसम्म पठाउन सकियो भने डलर ठटाएर उठाउन सकिने कुरोमा कसैको तीन सय एक मत छैन। हाम्रो सस्कृती र प्रबृतिको पनि राम्रो प्रचार हुने।अझ बिना नायक नै गाइजात्रा हिट भएको देख्दा नेपालका सिने निर्माताले सिके भने,त्यसै त कम बजेट बन्ने फिलिम, झन कममा बन्न सक्छ।फेरी नायकले काम र दाम नपाउदा मलाई नालायक भन्न सक्छ। यो गाई जात्राको अलिकती आलुचना के छ भने भैंसीको दुध खाएका पात्र भए पनि मन्चमा पहलमानी देखाइएको छैन। दोन्द पक्ष कजोर देखियो। फिल्मको जस्तो कुर्सी,सिसा भाचेको र तरुनी पात्रहरु भएर पनि कम्मर भाचेर नाचेको देखिएन ।यो नाटकको अन्तमा दुइचार जनालाई मन्त्री बनाउने र यसैको उपलक्ष्यमा नेपाली साम्बा नृत्य प्रसुत गरेमा यो गाई जात्रे नाटक भाग पाच मात्र हैन,सयौ भाग चल्नेछ।नेपाली सेनेमाको रेकर्ड मात्र हैन,अहिले सम्मको सबै गाई जात्रे ईतिहास तोडनेछ भन्ने कुरो झानेको सेकुवा खाँदै ठोकुवा नै गर्छु।यसो गर्दा नाटकको पूर्णता पनि देखिने।बिदेशतिर लैजादा पनि अन्तरराष्ट्रिय क्वालिटिको हुने।यती गरियो,यो नाटक हिट मात्र सुपर हिट भएर ओस्कार पुरुस्कार समेत नहुत्याउला भन्न सकिन्न। जय काउकुती।
Sunday, August 22, 2010
फेरी ऋन खोज्दैछु।
छोराहरुलाई बढाउन
ऋनै थपियो
छोरालाई पढाउन
ऋन खपियो
ऋन घटाऊन भनी
ऋनै काढेर पनि
रामलाई खाडी वास पठाइयो
भोलीपल्टै सिता माइत गइन
उतै बस्दी भईन
आकुल झुकल भेट्दा
हिरोनी जस्ती भईन
घरको ऋन बढ्दै गयो
छोराको कमाइ माइतै रहयो।
कृष्ण पनि बिदेश जान हौसियो
न जा भन्दा आँफैसङ्ग कस्सियो
यसै ऋन उसै ऋन बुढी भैंसी किन
कान्छोलाई पनि साउदीतिर पठाइयो
बुढोको काध माथि धोक्रो अर्को आठाइयो
पछी सुनियो
कृष्णले पनि गोपनी धेरै बनायो
कमाएको धन सबै उतै गुमायो
केही बर्ष पछी
दुबै लुते कुकरझै लुसुक्क आए
न धन ल्याए न जन ल्याए
कुरो बुझ्दा
सीता धन कुम्लाएर
रावणससङ्गै पोइल गइछ
राधा पनि कंसकै भईछ।
आफुलाई ऋन टाल्दा टाल्दा
खसी बाख्रा गाई गोरु र जग्गा
एक एक गरी फाल्दा फाल्दा
जोगी नै भाईएछ
पिरै पिर सतराल्लिदा
कराँचीसम्मै पो गइएछ।
आज भोली
रामेलाई माले गोरु
कृष्णलाई काले गोरु बनाउदै
बचेको एक टुक्रोमा जोत्दैछु
आँफै बिदेश जान कसिएँ अब
फेरी ऋन खोज्दैछु।
ऋनै थपियो
छोरालाई पढाउन
ऋन खपियो
ऋन घटाऊन भनी
ऋनै काढेर पनि
रामलाई खाडी वास पठाइयो
भोलीपल्टै सिता माइत गइन
उतै बस्दी भईन
आकुल झुकल भेट्दा
हिरोनी जस्ती भईन
घरको ऋन बढ्दै गयो
छोराको कमाइ माइतै रहयो।
कृष्ण पनि बिदेश जान हौसियो
न जा भन्दा आँफैसङ्ग कस्सियो
यसै ऋन उसै ऋन बुढी भैंसी किन
कान्छोलाई पनि साउदीतिर पठाइयो
बुढोको काध माथि धोक्रो अर्को आठाइयो
पछी सुनियो
कृष्णले पनि गोपनी धेरै बनायो
कमाएको धन सबै उतै गुमायो
केही बर्ष पछी
दुबै लुते कुकरझै लुसुक्क आए
न धन ल्याए न जन ल्याए
कुरो बुझ्दा
सीता धन कुम्लाएर
रावणससङ्गै पोइल गइछ
राधा पनि कंसकै भईछ।
आफुलाई ऋन टाल्दा टाल्दा
खसी बाख्रा गाई गोरु र जग्गा
एक एक गरी फाल्दा फाल्दा
जोगी नै भाईएछ
पिरै पिर सतराल्लिदा
कराँचीसम्मै पो गइएछ।
आज भोली
रामेलाई माले गोरु
कृष्णलाई काले गोरु बनाउदै
बचेको एक टुक्रोमा जोत्दैछु
आँफै बिदेश जान कसिएँ अब
फेरी ऋन खोज्दैछु।
Friday, August 20, 2010
तिम्रो खेतमा
तिमी खेत किनेर गएको
भर्खर जस्तो लाग्छ
तिम्रो घरको हाल भन्न्
कस्तो कस्तो लाग्छ
तिम्रो घरको कुरो अरुले लुकाए पनि
मैले छिपाउनु हुन्न जस्तो लाग्छ
कुरा के भने सुर्के
तिम्रो खेतमा
झार पात फार्दै
हल गोरु नार्दै
फाली अड्काउदै
अर्कैले खेत जोते जस्तोछ
हुन त तिमीले
रेख देख गरी दिनु भनेका थियौ
तर अफु पनि
घरकै खेत जोत्न ब्यस्त भइयो
आफ्नै घर पोत्न मस्त भईयो
अस्ती जादा पो देखे
तिम्रो खेतमा त
बाली उम्रिएर ढकमक्क भएछ
कस्ले जोत्यो
कस्ले रोप्यो
निकै खोजियो
निकै सोधियो
तर पत्ता लगाउन सकिएन
फर्कदा तल दोकान दारे बाजे भन्दैथे
कस्ले जोत्यो
कस्ले हलो अडकायो बाबु
सुर्के गए पछी त
यो खेत ऐलानी नै भयो
जो आए पनि जोतेकैछ
जो चाहे पनि पोतेकैछ
भनी साध्य छैन बाबु
कानेखुसी गर्दै भने
भन्दा लाजै लाख्छ
सुर्केका बाउ पनि
राती राती खेत जोत्थे रे
सुर्केका भाई पनि
भाती भाती खेत जोत्थे रे।
अब त बाली पाक्ला जस्तो छ
तिमी आउनलाई कस्तो छ
भाउजुलाई बाली आँफै काट्ने भनुकी
अरु अन्नसँग यसलाई साट्ने भनु
भन्डारमै थन्काउने भनुकी
खलोमै आगो दन्काउने भनु।
भर्खर जस्तो लाग्छ
तिम्रो घरको हाल भन्न्
कस्तो कस्तो लाग्छ
तिम्रो घरको कुरो अरुले लुकाए पनि
मैले छिपाउनु हुन्न जस्तो लाग्छ
कुरा के भने सुर्के
तिम्रो खेतमा
झार पात फार्दै
हल गोरु नार्दै
फाली अड्काउदै
अर्कैले खेत जोते जस्तोछ
हुन त तिमीले
रेख देख गरी दिनु भनेका थियौ
तर अफु पनि
घरकै खेत जोत्न ब्यस्त भइयो
आफ्नै घर पोत्न मस्त भईयो
अस्ती जादा पो देखे
तिम्रो खेतमा त
बाली उम्रिएर ढकमक्क भएछ
कस्ले जोत्यो
कस्ले रोप्यो
निकै खोजियो
निकै सोधियो
तर पत्ता लगाउन सकिएन
फर्कदा तल दोकान दारे बाजे भन्दैथे
कस्ले जोत्यो
कस्ले हलो अडकायो बाबु
सुर्के गए पछी त
यो खेत ऐलानी नै भयो
जो आए पनि जोतेकैछ
जो चाहे पनि पोतेकैछ
भनी साध्य छैन बाबु
कानेखुसी गर्दै भने
भन्दा लाजै लाख्छ
सुर्केका बाउ पनि
राती राती खेत जोत्थे रे
सुर्केका भाई पनि
भाती भाती खेत जोत्थे रे।
अब त बाली पाक्ला जस्तो छ
तिमी आउनलाई कस्तो छ
भाउजुलाई बाली आँफै काट्ने भनुकी
अरु अन्नसँग यसलाई साट्ने भनु
भन्डारमै थन्काउने भनुकी
खलोमै आगो दन्काउने भनु।
Thursday, August 19, 2010
मेरी प्रेमिकाको के कुरा
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा
जे पनि लाउछे
जस्तो पनि लाउछे
जसरी पनि लाउछे
प्यान्ट हाफ प्यान्ट मात्र होर?
अब त कट्टु मात्र पनि लाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।
कहिले रेसिप्सनिस्ट बन्दै
कहिले एकाउन्टेन्ट भन्दै
दुई चार दाम कमाउछे
जे दिनुस् ,समाउछे
चिसो लस्सिमा भन्दा
व्हिस्की बियरमा रमाउछे
डिस्को दोहरी धाउछे
त्यो पनि पाइएन भने
लोकल ठर्राको मातमा
सुत्नै नदेइ तपाईंलाई
रात भर नै गीत गाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।
जहाँ बोलाए पनि
जहिले बोलाए पनि
खुत्रुक्क आउछे
ठन्न हुने गरी
प्रेमको रस खुवाउछे
मलाई मात्र हैन प्रिती
डाडाकाडा नै छाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।
कहिले चुरोट समाउछे
कहिले भाङमा रमाउछे
मात लागे पछी
जहाँ तै डेरा जमाउछे
पर्नु होला नि फेला
दिनमा सद्दे भए पनि
रातमा ठ्याक्कै बौलाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा
छुरा छे छुरा
जे पनि लाउछे
जस्तो पनि लाउछे
जसरी पनि लाउछे
प्यान्ट हाफ प्यान्ट मात्र होर?
अब त कट्टु मात्र पनि लाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।
कहिले रेसिप्सनिस्ट बन्दै
कहिले एकाउन्टेन्ट भन्दै
दुई चार दाम कमाउछे
जे दिनुस् ,समाउछे
चिसो लस्सिमा भन्दा
व्हिस्की बियरमा रमाउछे
डिस्को दोहरी धाउछे
त्यो पनि पाइएन भने
लोकल ठर्राको मातमा
सुत्नै नदेइ तपाईंलाई
रात भर नै गीत गाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।
जहाँ बोलाए पनि
जहिले बोलाए पनि
खुत्रुक्क आउछे
ठन्न हुने गरी
प्रेमको रस खुवाउछे
मलाई मात्र हैन प्रिती
डाडाकाडा नै छाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।
कहिले चुरोट समाउछे
कहिले भाङमा रमाउछे
मात लागे पछी
जहाँ तै डेरा जमाउछे
पर्नु होला नि फेला
दिनमा सद्दे भए पनि
रातमा ठ्याक्कै बौलाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा
बिचरा "म"को
पाडो होस कि खसी
आलु होस कि फर्सी
मौकामा चौका ठोक्नै पर्यो
दुइचार दाम ढोक्नै पर्यो
कालिमाटी जोडले करायो।
चिनी होस कि चामल
लत्ता होस कि सामल
बसेर दाउ छोप्नै पर्यो
कसेर भाउ जोख्नै पर्यो
महङ्गी तोडले करायो।
ग्यास होस कि मट्टितेल
पानी होस कि भट्टितेल
अभाब सिर्जना गरेर
जनताको ढाड सेक्नै पर्यो
नेताको चन्दा थेग्नै पर्यो
कालो बजार जुर्मुरायो।
नाकाहरु खोलिनुपर्छ
भाकाहरु बोलिनुपर्छ
काकाहरु मोल्लिनुपर्छ
चरेस गाजा बोक्नै पर्यो
दाम राखी ढोक्नै पर्यो
दुई नम्बरी मुर्मुरायो।
बजार भाउ हेर्दै
हिसाब किताब केर्दै
लामो सास फेर्दै
बिचरा "म"को आँखै तिर्मिरायो।
आलु होस कि फर्सी
मौकामा चौका ठोक्नै पर्यो
दुइचार दाम ढोक्नै पर्यो
कालिमाटी जोडले करायो।
चिनी होस कि चामल
लत्ता होस कि सामल
बसेर दाउ छोप्नै पर्यो
कसेर भाउ जोख्नै पर्यो
महङ्गी तोडले करायो।
ग्यास होस कि मट्टितेल
पानी होस कि भट्टितेल
अभाब सिर्जना गरेर
जनताको ढाड सेक्नै पर्यो
नेताको चन्दा थेग्नै पर्यो
कालो बजार जुर्मुरायो।
नाकाहरु खोलिनुपर्छ
भाकाहरु बोलिनुपर्छ
काकाहरु मोल्लिनुपर्छ
चरेस गाजा बोक्नै पर्यो
दाम राखी ढोक्नै पर्यो
दुई नम्बरी मुर्मुरायो।
बजार भाउ हेर्दै
हिसाब किताब केर्दै
लामो सास फेर्दै
बिचरा "म"को आँखै तिर्मिरायो।
Wednesday, August 18, 2010
नाङ्गै नाचेकैछन
भाषण ठोकेकै छन
पार्टी पट्टुहरु
रासन बोकेकै छन
खाटी टट्टुहरु।
बोका बनेकैछन
लाटा लट्ठुहरु
धोका दिएकैछन
बाठा छट्टुहरु।
घरखेत भात्काएकै
छनबाँदर ढड्डुहरु
बजेट चप्काएकैछन
खाँदै लड्डुहरु।
सहमती भाचेकैछन
हाली खट्टुहरु
नाङ्गै नाचेकैछन
फाली कट्टुहरु।
पार्टी पट्टुहरु
रासन बोकेकै छन
खाटी टट्टुहरु।
बोका बनेकैछन
लाटा लट्ठुहरु
धोका दिएकैछन
बाठा छट्टुहरु।
घरखेत भात्काएकै
छनबाँदर ढड्डुहरु
बजेट चप्काएकैछन
खाँदै लड्डुहरु।
सहमती भाचेकैछन
हाली खट्टुहरु
नाङ्गै नाचेकैछन
फाली कट्टुहरु।
Tuesday, August 17, 2010
कहाँ राख्ने,गोठ छैन।
भेडा बाख्रा धेरै भए
कहाँ राख्ने,गोठ छैन।
दाना पानी सार्हो भो
केले किन्ने,नोट छैन।
खानाको नाममा अब
अन्नको एक बोट छैन।
भेडाले नाङ्गो पारे घर
लाउने एउटा कोट छैन।
भोकप्यासले आन्द्रै सुके
मुस्काउने यो ओठ छैन।
सन्तापले शरीरै डड्यो
अच्छु भन्ने चोट छैन।
भेडा बाख्रा धेरै भए
कहाँ राख्ने,गोठ छैन।
कहाँ राख्ने,गोठ छैन।
दाना पानी सार्हो भो
केले किन्ने,नोट छैन।
खानाको नाममा अब
अन्नको एक बोट छैन।
भेडाले नाङ्गो पारे घर
लाउने एउटा कोट छैन।
भोकप्यासले आन्द्रै सुके
मुस्काउने यो ओठ छैन।
सन्तापले शरीरै डड्यो
अच्छु भन्ने चोट छैन।
भेडा बाख्रा धेरै भए
कहाँ राख्ने,गोठ छैन।
Sunday, August 15, 2010
भन युद्द कस्को जितमा छ
तिमी हामी सबले हारे
भन युद्द कस्को जितमा छ
भए क्षती हाम्रै होला
भन युद्द कस्को हितमा छ
सबै हामी शन्ती प्रिय
युद्द हाम्रो कुन रितमा छ
इर्श्या अहम सधै पिडक
सुख शान्ती त प्रितमा छ
मिले मुस्कान फुल्दछ
मोती बिहानी शितमा छ
तिमी हामी सबले हारे
भन युद्द कस्को जितमा छ।
भन युद्द कस्को जितमा छ
भए क्षती हाम्रै होला
भन युद्द कस्को हितमा छ
सबै हामी शन्ती प्रिय
युद्द हाम्रो कुन रितमा छ
इर्श्या अहम सधै पिडक
सुख शान्ती त प्रितमा छ
मिले मुस्कान फुल्दछ
मोती बिहानी शितमा छ
तिमी हामी सबले हारे
भन युद्द कस्को जितमा छ।
भुँडीतन्त्र
संसारमा बिभिन्न तन्त्रको अभ्यास भएको पाईन्छ। कतै राजातन्त्र त कतै प्रजातन्त्र ।कतै लोकतन्त्र त कतै गणतन्त्र ।कतै झोकतन्त्र र ठोकतन्त्रको पनि अभ्यास भएकोछ। नेपालमा चाँही कही नभएको जात्रा हाडिगाउमा भनेको झै संसार भरी प्रयोग भएको तन्त्रहरु,एक्लै नेपालले गरेकोछ। राणा शासनको जहानिया तन्त्र देखी शाहनियातन्त्र,प्रजातन्त्र देखी लोकतन्त्त्र हुँदै गणतन्त्र सम्म्को अभ्यास भएकोछ। यती धेरै तन्त्र अभ्यास गर्ने देशको राम्रो प्रचार गरियो भने सन २०११ को पर्यटन बर्षमा पोलिटिकल टुरिस्ट भित्राउन सकिने र देशलाई काइदाको फाईदा पनि हुने।मैले यहाँ बताउन चाहेको भुँडीतन्त्र चाँही यि सबै तन्त्र अटाउने तन्त्र हो।भुडितन्त्रको छाता मुनी सबै तन्त्र उदाए र अस्ताए पनि, भुँडीतन्त्र झन मौलाएकोछ। राणा तन्त्र होस कि राजतन्त्र,लोकतन्त्र कि गणतन्त्र,यो झन फैलदै गएकोछ । अन्य तन्त्र जरै देखी उखलिए पनि,यो भुँडीतन्त्र अजम्बरी बनेर जरा हाल्दै,हागा फाल्दै गएकोछ। झन रन बन ढाक्दैछ। यो देशमा राकस नै पसेको छ कि जस्ले जती खाए पनि कोही नअघाउने। मजाको कुरो जती खाए पनि, अब पुग्यो भनेर नडकार्ने।श्राद खाने बाजेको भुँडी पट्केको जस्तो भुँडीतन्त्रमा कसैको भुँडी पट्केको ,घाटिमा खोला नाला,बाटो घाटो,धुङ्गा गिट्टी अड्किएको खबर सुनिएको छैन।जस्ले जे खाए पनि पच्ने भुँडीतन्त्रमा आजसम्म कसैलाई न छेरपट्टि लागेकोछ न कसैलाई तलउप्पर भएकोछ। उड्ने देखी गूड्ने सम्म। खोला नाला देखी डोका डाला सम्म चपाउदा पनि पचाउदा रहेछन, केसैले छुदो रहेनछ। एकानछेक भुँडीतन्त्रलाई शाही आयोग भन्ने केतुले छुन आटे पनि भुँडीतन्त्रको छुमन्त्रमा केतु नै भुँडीमा छिरेर चर्पी हुँदै गणेशमान स्टाइलमा बागमती हामफालेको खबर सुनियो। मै हुँ भन्ने नेतालाई पनि यस भुँडीतन्त्रको घान हाल्यो भने कुन हालत हुदोरहेछ भन्ने कुरो हाल जङगलमा कन्दमुल र बाँदरको मासु खाएर क्रान्ति गर्ने साथीहरुको हबिगत हेर्दा पनि थाहाहुन्छ। जनताका घरका खट्टेमा सुतेर घट्टमा पिसेको भट्ट खाने नेतालाई बिदेशी खाना र बिस्तारा चाहिने,खाली खुट्टा हिंड्ने,आज पजेरो बिना बाँच्न नसक्ने कुराबाट सजिलै जनताले भुँडीतन्त्रे मन्त्रको खेल बुझिसकेका छन। यो भुँडीतन्त्रे जरो उखेल्ने पुत्र यो देशले पाउला नपाउला भन्न गार्होछ। भुँडीतन्त्रको भुँडी नै फाल्ने मन्त्र र जन्त्र कुनै काली बाबा सँग छ कि?आजकाल केही मान्छेहरु बाबाहरुलाई भेटेर नयाँ तन्त्र ल्याउने र यो भुँडीतन्त्रलाई अझ फैलाउने तिर लागेका कुरो पनि यत्र तत्र सुनिन्छ।यो भुँडीतन्त्रमा देश चलाऊनेले जे खाए पनि फेरी यसले आजसम्म्को जस्तो जनतलाई नाङ्गो पारेर नखावोस।त्येसो गरेमा भुँडीतन्त्रेको भुँडी नै पट्कीयोस।घाटिमा नै अट्कियोस। जय भुँडीतन्त्र। जय काउकुती।
Saturday, August 14, 2010
यसो गरे कसो होला
पुल बनाउनेले पुलै खाने। कार्यक्रम लागि भनेर बनाउन दिएको तुलै खाने,तराइमा बाट्न दिएको झुलै खाने यो देशमा,देश बनाउन दिदा देशको हबिगती यो बन्नु पनि अब आश्चर्य मान्ने अवस्था रहेन।अघी पछी यि नेताहरु जे जती जहाँ झगडा गरे पनि खाने बिशेषता गजबकै छ। आपस जती फुटे पनि,बिरोधमा जती उठे पनि ,खाने भने पछी जुन अवस्था मुख मात्र जुगा पनि जुटाउछन। खान नपाए पछी फुट्नेको के कुरा ,आफ्नै कार्यकर्ता देखी नेतासम्मलाई कुटन पछी नपर्ने नेताहरु, खाने कुरामा कै गरे पनि छुट्दैनन।यो खाने लत कसरी सिके। जती खाए पनि नघाउने खत कसरी बस्यो?झन रमाइलो कुरो चियाको चुस्की देखी बिदेशी व्हुस्कीसम्म,कोदाको तुम्दा देखी कान्छीको चुम्बासम्म खान भ्याउने नेतालाई देशको संबिधान बनाउन पनि यही खाने कुराले नै बाधा अड्चन पुराएको हो जस्तो देखिन्छ।यो संबिधान बनाउदा सुको खान नपाईने भएकाले पनि हुन सक्छ,यसबाट नेताहरुको मन भट्किएको।साँढेको झर्छ भने हुट्टीट्याउले झै आकाश आटने र गर्न नसके पनि सधैं ढाट्ने।आफुले पाए क्वाप्प खाने,नपाउदा अरुलाई ल्वाप्पा खुवाउने कुरा प्रधान मन्त्रीको चुनावमा हयाट्रिक गरी देशको गरिमा बढाउनुहुने नेताहरुको कम प्रसम्सनीय छैन।अब सम्बिधानको एउटा धारा बनाए बापत प्रत्येक सभासदलाई एक लाख दाम, एउटा खसी र एक बोतल रम दिने भने पछी सबैको मुख जुट्थ्यो।पानीको धारा जस्तै संबिधान धाराको मुल फुट्थ्यो। ।राता रात संबिधान बन्न के बेर। यसो गरे कसो होला। जय काउकुती।
गधाको भारी
चाकरी गर्दा
न चिन्दा पनि
कतिलाई ढोकियो
पार्टिलाई पर्दा
बिना सित्ती
कतिलाई ठोकियो
घाम,पानी सब भोगियो
के घोराले भोग्छ
के छोराले भोग्छ रे
भोग्नसम्म भोगियो।
कुरै न बुझी
पार्टिको घोषणा पत्र भन्दै
कती घोकियो
भर्याङ बनी नेताको
कती झोला बोकियो
के घोराले बोक्छ
के छोराले भोक्छ रे
गधाको भारी
बोक्नसम्म बोकियो।
न जाने पनि
हाम्रा नेता
हाम्रा मालिक
हाम्रो पार्टी
हाम्रा सालीक भन्दै
कती खोकियो
मालिकको बनी कुकुर
कतिलाई भुकियो
कतिलाई टोकियो
राणा शासन होस कि
ताना शासन
ठोकतन्त्र होस कि
लोकतन्त्र
सधैं अरुलाई बोकियो
सलामी पनि ठोकियो
के घोराले बोक्छ
के छोराले भोक्छ रे
गधालाई
बोक्नसम्म बोकियो।
न चिन्दा पनि
कतिलाई ढोकियो
पार्टिलाई पर्दा
बिना सित्ती
कतिलाई ठोकियो
घाम,पानी सब भोगियो
के घोराले भोग्छ
के छोराले भोग्छ रे
भोग्नसम्म भोगियो।
कुरै न बुझी
पार्टिको घोषणा पत्र भन्दै
कती घोकियो
भर्याङ बनी नेताको
कती झोला बोकियो
के घोराले बोक्छ
के छोराले भोक्छ रे
गधाको भारी
बोक्नसम्म बोकियो।
न जाने पनि
हाम्रा नेता
हाम्रा मालिक
हाम्रो पार्टी
हाम्रा सालीक भन्दै
कती खोकियो
मालिकको बनी कुकुर
कतिलाई भुकियो
कतिलाई टोकियो
राणा शासन होस कि
ताना शासन
ठोकतन्त्र होस कि
लोकतन्त्र
सधैं अरुलाई बोकियो
सलामी पनि ठोकियो
के घोराले बोक्छ
के छोराले भोक्छ रे
गधालाई
बोक्नसम्म बोकियो।
Friday, August 13, 2010
धुन्दकारी
हामीलाई लाग्यो उनिहरु देशको क्रान्ति ल्याउन देशको शान्ती छाउन क्रान्तिकारीको नाउमा शान्तिकारीको नाउमादेशमा पसे होलान तर आज लाग्छ प्रान्तकारी पसे जस्तो छ देशमा बिकास आउला देशमा खुशी मौलाउला तर देशमा धुन्दकारी बसे जस्तो छ हिडदा हिडदै देश भुमरिमा फसे जस्तो छ लत्रदै थला बाटोमा देश बसे जस्तो अझै धुन्दकारीहरु जनताको नाम लिदै शान्ती नाम लिदैआफ्नै धन्दामा पसे जस्तो छ अबयि धुन्दकारीहरुलाईयि भ्रान्तीकारीहरुलाई धुवाको मुस्लो फालेर अरिङ्गाल झै भगाउनु पर्छ आगोको मुस्लो बालेर मकै खान पल्केको भालुको झै पुच्छरमा आगो लगाउनु पर्छ।
Thursday, August 12, 2010
सत्ताका भिखारिलाई
देशको नेता चुन्न
फेरी मतदान हुँदैछ।
मत पाउन
अनेक दान हुँदैछ
धनका भिखारिलाई
नोट दान हुँदैछ
तनका शिकारीलाई
ओठ दान हुँदैछ
सत्ताका भिखारिलाई
गोठ दान हुँदैछ
भत्ताका भिकारीलाई
भोट दान हुँदैछ।
फेरी मतदान हुँदैछ।
मत पाउन
अनेक दान हुँदैछ
धनका भिखारिलाई
नोट दान हुँदैछ
तनका शिकारीलाई
ओठ दान हुँदैछ
सत्ताका भिखारिलाई
गोठ दान हुँदैछ
भत्ताका भिकारीलाई
भोट दान हुँदैछ।
Wednesday, August 11, 2010
सिंहदररबारका घोडाहरु
सिंहदररबारका घोडाहरु
घोडा भनी पालिए पनि
गधा पो रहेछन
सिंहदरबारको घास खुवाइए
टुडिखेलको घास खुवाइए
तर जती खुवाए पनि
जती धुवाए पनि
तराइको चना खुवाए पनि
हिमालको छुर्पी खुवाए पनि
गधा गधा नै रहेछन
सरकारी दानामा
सरकारी खानामा
लुरे घोडाहरु
खुरे घोडाहरु
न चालमा प्रगतीछ
न तालमा प्रगतीछ
भारी बोक्न छाडी
कोही तबेलामा मस्तछन
कोही घोडिको पछी ब्यस्तछन
यस पाली त
गधा पनि कती धेरै
सिहदरबारमा नअटाउदा
नयाँ गोठमा सार्नु पर्यो
नयाँ बजेट झार्नु पर्यो
नयाँ गोठालाहरु पार्नु
अब यि गधाहरुलाई
सिंहदरबारमा होइन
गाउतिर खेदनु पर्छ
पहाडतिर खेदनुपर्छ
नूनको भारी
कोदाको भारी बोकाउनुपर्छ।
घोडा भनी पालिए पनि
गधा पो रहेछन
सिंहदरबारको घास खुवाइए
टुडिखेलको घास खुवाइए
तर जती खुवाए पनि
जती धुवाए पनि
तराइको चना खुवाए पनि
हिमालको छुर्पी खुवाए पनि
गधा गधा नै रहेछन
सरकारी दानामा
सरकारी खानामा
लुरे घोडाहरु
खुरे घोडाहरु
न चालमा प्रगतीछ
न तालमा प्रगतीछ
भारी बोक्न छाडी
कोही तबेलामा मस्तछन
कोही घोडिको पछी ब्यस्तछन
यस पाली त
गधा पनि कती धेरै
सिहदरबारमा नअटाउदा
नयाँ गोठमा सार्नु पर्यो
नयाँ बजेट झार्नु पर्यो
नयाँ गोठालाहरु पार्नु
अब यि गधाहरुलाई
सिंहदरबारमा होइन
गाउतिर खेदनु पर्छ
पहाडतिर खेदनुपर्छ
नूनको भारी
कोदाको भारी बोकाउनुपर्छ।
Tuesday, August 10, 2010
ठुलो शहरमा छिरेको मान्छे
केही गर्न
ठुलो शहरमा छिरेको मान्छे
नाताबाद
कृपाबाद
चाकरीबाद
अनेक बादको भुमरिमा फसेर
जुत्ता झै फाटदै
टुडीखेलमा लम्पसारछ।
केही बन्न
ठुलो शहरमा पसेको मान्छे
कतै/कही
केही नबन्दा
भोकले
शोकले
रोगले
महङ्गिको हुरिमा फसेर
दाल भात चाट्दै
आफन्तको शरणमा लखतरान्नछ।
केही जान्न
ठुलो शहरमा बसेको मान्छे
धुर्त्याइमा
फट्ट्याइमा
बाट्ठ्याइमा
कही/ कतै
कही नजान्दा
खोक्रिदै
बोक्रिदै
झोक्रीदै
खुलतको आधिबेरीमा फसेर
सडक सडकमा मरासन्नछ।
केही पाउन
केही कमाउन
ठुलो शहरमा पसेको मान्छे
उधारो थमाउदै
ब्यापार डुबाउदै
धन गुमाउदै
ऋनको रणभुमी फसेर
साघुरो कोठामा रनभुल्लछ।
ठुलो शहरमा छिरेको मान्छे
नाताबाद
कृपाबाद
चाकरीबाद
अनेक बादको भुमरिमा फसेर
जुत्ता झै फाटदै
टुडीखेलमा लम्पसारछ।
केही बन्न
ठुलो शहरमा पसेको मान्छे
कतै/कही
केही नबन्दा
भोकले
शोकले
रोगले
महङ्गिको हुरिमा फसेर
दाल भात चाट्दै
आफन्तको शरणमा लखतरान्नछ।
केही जान्न
ठुलो शहरमा बसेको मान्छे
धुर्त्याइमा
फट्ट्याइमा
बाट्ठ्याइमा
कही/ कतै
कही नजान्दा
खोक्रिदै
बोक्रिदै
झोक्रीदै
खुलतको आधिबेरीमा फसेर
सडक सडकमा मरासन्नछ।
केही पाउन
केही कमाउन
ठुलो शहरमा पसेको मान्छे
उधारो थमाउदै
ब्यापार डुबाउदै
धन गुमाउदै
ऋनको रणभुमी फसेर
साघुरो कोठामा रनभुल्लछ।
Friday, August 6, 2010
यो शहरले के गर्न आट्यो गाँठे
कतै जब्बर जस्ती दाइको धन लुटदै
कतै बहिनिको अस्मिता पनि लुटदै
देउसै शहरले आट्नुसम्म आटो गाँठे
कहिले बिदेश उडाइ दिन्छु भन्दै
कहिले जागिर जुटाइ दिन्छु भन्दै
देउसै शहरले ढाट्नुसम्म ढाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
कहिले रानी पोखरी बसालेर दिनभर
कहिले रत्नपार्कमा बिताएर दोपहर
गफ शहरले छाट्नुसम्म छाट्यो गाँठे
कहिले एउटीलाई पशुपती डाडामा
कहिले अर्किलाई मोटर लेइ भाडामा
माया शहरले साट्नुसम्म साट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे ।
दिनहु लोग्नेको आँखा छल्दै
बिहानमा होटेलबाट आँखा मल्दै
उल्टै शहरले लोग्नेलाई डाट्यो गाँठे
आधुनिकतामा सस्कृतिलाई किच्दै
आडम्बरमा बिकृतिमा भिच्दै
समाज शहरले भाड्नु भाड्यो गाठे
यो शहरले के गर्न आट्यो गाँठे।
दु:ख सुखको सहयोग फाट्दै
छिमेकत्वको भावना भाडदै
मन शहरले काट्नु काटयो गाँठे
कतै गगन चुम्बी ठडाएर
कतै खुला आकासमा लडाएर
सपना शहरले सबलाई बाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
आलु खाइ पेडाको धाक लगाएर
खोक्रो ढाचामाथी उपहास बगाएर
गफ शहरले छाट्नुसम्म छाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
कतै बहिनिको अस्मिता पनि लुटदै
देउसै शहरले आट्नुसम्म आटो गाँठे
कहिले बिदेश उडाइ दिन्छु भन्दै
कहिले जागिर जुटाइ दिन्छु भन्दै
देउसै शहरले ढाट्नुसम्म ढाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
कहिले रानी पोखरी बसालेर दिनभर
कहिले रत्नपार्कमा बिताएर दोपहर
गफ शहरले छाट्नुसम्म छाट्यो गाँठे
कहिले एउटीलाई पशुपती डाडामा
कहिले अर्किलाई मोटर लेइ भाडामा
माया शहरले साट्नुसम्म साट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे ।
दिनहु लोग्नेको आँखा छल्दै
बिहानमा होटेलबाट आँखा मल्दै
उल्टै शहरले लोग्नेलाई डाट्यो गाँठे
आधुनिकतामा सस्कृतिलाई किच्दै
आडम्बरमा बिकृतिमा भिच्दै
समाज शहरले भाड्नु भाड्यो गाठे
यो शहरले के गर्न आट्यो गाँठे।
दु:ख सुखको सहयोग फाट्दै
छिमेकत्वको भावना भाडदै
मन शहरले काट्नु काटयो गाँठे
कतै गगन चुम्बी ठडाएर
कतै खुला आकासमा लडाएर
सपना शहरले सबलाई बाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
आलु खाइ पेडाको धाक लगाएर
खोक्रो ढाचामाथी उपहास बगाएर
गफ शहरले छाट्नुसम्म छाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
गीत
तराइ पहाड हिमाल
सुनौलो छ देशको माटो
एक मत एक बलमा हिंडे
छर्लङ्ग छ हाम्रो बाटो
हामी नै हो हाम्रो लागि
कस्ले गर्छ हाम्रो साटो
फुटाइ यहाँ शासन गर्न
हामी बिच ल्याउलान फाटो
हुनु सक्नु पर्छ हामी अब
एक ढिक्का एक पाटो
स्वोर्ग यही बन्न सक्छ
मिसाउनसके पसिना माटो
एक मत एक बलमा हिंडे
छर्लङ्ग छ हाम्रो बाटो ।
सुनौलो छ देशको माटो
एक मत एक बलमा हिंडे
छर्लङ्ग छ हाम्रो बाटो
हामी नै हो हाम्रो लागि
कस्ले गर्छ हाम्रो साटो
फुटाइ यहाँ शासन गर्न
हामी बिच ल्याउलान फाटो
हुनु सक्नु पर्छ हामी अब
एक ढिक्का एक पाटो
स्वोर्ग यही बन्न सक्छ
मिसाउनसके पसिना माटो
एक मत एक बलमा हिंडे
छर्लङ्ग छ हाम्रो बाटो ।
कामाउदा त्यो दाममा
बिष पोखे कतिले
कमाउदा साम्सदको नाममा
रिश पोखे कतिले
समाउदा त्यो दाममा
कती खुशीले मन नाच्यो
थमाउदा नोट खाममा
सोच्दै छु अब
अलिकती पठाऊ गाममा
अलिकती खर्च गरू
पाप पखाल्न धाममा
जे गरे ठीक गरे
लाग्छ आफ्नो काममा
य्बार्थै हो रिस गर्नु
कामाउदा त्यो दाममा।
Tuesday, August 3, 2010
गीत
एक नजर उनको हेराइले
आरिले झै मनै काटिने
मुस्कानको किरण छराइले
श्वास लिदा मायै साटिने
हेराइमा उनको नसा
पिउनु पिइयो
नदेख्दा मनको दसा
जिउनु जिइयो ।
हास खेलमा उनको बोलिले
मोहनी लगाउने
जता हिड्यो उतै उनले
मनै भगाउने
बुनेर कल्पना
सिउनु सिइयो
देखेर सपना
जिउनु जिइयो।
हिडदा उनको बाडुले त्यो
कम्मर लच्किदा
दुनियाँलाई भुलाई दिने
गफमा मच्चिदा
नजरमा उनको नसा
पिउनु पिइयो
बिगारेर मनको दसा
जिउनु जिइयो।
आरिले झै मनै काटिने
मुस्कानको किरण छराइले
श्वास लिदा मायै साटिने
हेराइमा उनको नसा
पिउनु पिइयो
नदेख्दा मनको दसा
जिउनु जिइयो ।
हास खेलमा उनको बोलिले
मोहनी लगाउने
जता हिड्यो उतै उनले
मनै भगाउने
बुनेर कल्पना
सिउनु सिइयो
देखेर सपना
जिउनु जिइयो।
हिडदा उनको बाडुले त्यो
कम्मर लच्किदा
दुनियाँलाई भुलाई दिने
गफमा मच्चिदा
नजरमा उनको नसा
पिउनु पिइयो
बिगारेर मनको दसा
जिउनु जिइयो।
स्यालको राजाइ गरेका छन(घुयत्रो )
घुस खान पाए पछी
खान्छन एकै गासमा
देउसै सपना देखेका छन
गुरु ब्याउने आसमा
भ्रस्टचार गरेका छन
गाइले खाने घासमा
ध्वाले त्वाले गन्ध छ
सुघ्दा तिनको सासमा
चनाखो,चातुर हुनु पर्छ
रहदा तिनको पासमा
चोरी चकारी गर्न सक्छन
तिमीले दिएको बासमा
अस्मिता नै लुट्न सक्छन
विश्वाश गर्दा खासमा
स्यालको राजाइ गरेका छन
मरेको त्यो लासमा
खान्छन एकै गासमा
देउसै सपना देखेका छन
गुरु ब्याउने आसमा
भ्रस्टचार गरेका छन
गाइले खाने घासमा
ध्वाले त्वाले गन्ध छ
सुघ्दा तिनको सासमा
चनाखो,चातुर हुनु पर्छ
रहदा तिनको पासमा
चोरी चकारी गर्न सक्छन
तिमीले दिएको बासमा
अस्मिता नै लुट्न सक्छन
विश्वाश गर्दा खासमा
स्यालको राजाइ गरेका छन
मरेको त्यो लासमा
नाटक जारी छ।
१स्थान धोबी खोला पारी बागमतीको वारी
२दृश्य
बाझो बारी सिस्ने घरी यत्र त्यत्र सारीछ्याङ्ग खाने झारी बिसाएको भारी।
३पात्र
काक्रा चोर बाख्रा चोर भुइ फोर घुसिया भुसिया चाकरे र ढाकरे।
४संगीत
आरोप प्रतिआरोप गाली प्रातिगाली ताली प्रतिताली प्रकाश रातो गाढा रातो एकदम तातोहरियो कालो मान्छे देखिने तर मान्छे नचिने।
६अवस्था भारिको नाममा पार्टी फुटा फुटचुनावमा उठा उठआपसमा कुटा कुट लडाईं होला जस्तो कडाइ होला जस्तो।
७ उपसंहार
नाटक जारी छ।
२दृश्य
बाझो बारी सिस्ने घरी यत्र त्यत्र सारीछ्याङ्ग खाने झारी बिसाएको भारी।
३पात्र
काक्रा चोर बाख्रा चोर भुइ फोर घुसिया भुसिया चाकरे र ढाकरे।
४संगीत
आरोप प्रतिआरोप गाली प्रातिगाली ताली प्रतिताली प्रकाश रातो गाढा रातो एकदम तातोहरियो कालो मान्छे देखिने तर मान्छे नचिने।
६अवस्था भारिको नाममा पार्टी फुटा फुटचुनावमा उठा उठआपसमा कुटा कुट लडाईं होला जस्तो कडाइ होला जस्तो।
७ उपसंहार
नाटक जारी छ।
Monday, August 2, 2010
दिनहु बत्ती गएकै छ
पुष माघ आए पनि
गर्मिले छाए पनि
बर्षातको झरी झरे पनि
नदी पानीले भरे पनि
लोडशेडिङ्ग भएकै छ
दिनहु बत्ती गएकै छ।
घाम लागे पनि
बादल भागे पनि
मैन बत्तिको माग राख्दै
टुकीमाराको धाक राग्दै
लोडशेडिङ्ग बढेकै छ
अध्यारोमा भाबी कर्णधार
छोरोले किताब पढेकै छ।
देशको पानी बगाउदै
धनको खानी भगाउदै
लाइट,इन्भर्टर मगाउदै
लोडशेडिङ्ग झन बढेको छ
अध्यारोमा पनि मिटर चढेको छ।
लाल्टिन र टुकिमा फकाउदै
पुरानो युगमा फर्काउदै
एकाइसौ युगलाई थर्काउदै
लोडशेडिङ्ग भएकै छ
दिनहु बत्ती गएकै छ।
गर्मिले छाए पनि
बर्षातको झरी झरे पनि
नदी पानीले भरे पनि
लोडशेडिङ्ग भएकै छ
दिनहु बत्ती गएकै छ।
घाम लागे पनि
बादल भागे पनि
मैन बत्तिको माग राख्दै
टुकीमाराको धाक राग्दै
लोडशेडिङ्ग बढेकै छ
अध्यारोमा भाबी कर्णधार
छोरोले किताब पढेकै छ।
देशको पानी बगाउदै
धनको खानी भगाउदै
लाइट,इन्भर्टर मगाउदै
लोडशेडिङ्ग झन बढेको छ
अध्यारोमा पनि मिटर चढेको छ।
लाल्टिन र टुकिमा फकाउदै
पुरानो युगमा फर्काउदै
एकाइसौ युगलाई थर्काउदै
लोडशेडिङ्ग भएकै छ
दिनहु बत्ती गएकै छ।
सस्क्रिती र चलन
भुइमा रुमाल राखी
ढोक्ने त्यो चलन
यसपाली बुहारीले
ढाट दुख्ने डर
ठाडो ढोक ढोकी
नातिनी बुहारीको के कुरा
प्यान्ट फूटने के भर
सलाम नै ठोकी
खुट्टामा ज्यु गर्ने छोराले
दर्शन भन्न थाल्यो
नातिको के कुरा
हाइ भन्न थाल्यो
बिस्तारै हराउन थाल्यो
सस्क्रिती र चलन
बिस्तारै आउन थाल्यो
बिक्रिती र फेशन।
ढोक्ने त्यो चलन
यसपाली बुहारीले
ढाट दुख्ने डर
ठाडो ढोक ढोकी
नातिनी बुहारीको के कुरा
प्यान्ट फूटने के भर
सलाम नै ठोकी
खुट्टामा ज्यु गर्ने छोराले
दर्शन भन्न थाल्यो
नातिको के कुरा
हाइ भन्न थाल्यो
बिस्तारै हराउन थाल्यो
सस्क्रिती र चलन
बिस्तारै आउन थाल्यो
बिक्रिती र फेशन।
आज त्यस्तै लाग्यो
जितुवाहरु
मुतुवा भइ
चितुवा झै भाग्दा
हरुवाहरु
हारेर देश हाक्दा
गर्छु भन्नेहरु
राजिनामा ठोकेर
छेउ टुप्पा लाग्दा
देश त चल्दो रहेछ
पशुपतीले चलाएको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाईंलाई कस्तो लाग्यो?
पुरानो तन्त्र जले पनि
राजतन्त्र ढले पनि
नयाँ तन्त्र चले पनि
देश जहाको त्यै भयो
जनता जस्ताको त्यस्तै रहयो
सतिले सरापेको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाइलाई कस्तो लाग्यो ?
दुई सय पाच मागे
जनताले दिए
छ सय एक मागे
जनताले दिए
तर आज जनतालाई
नाङ्गे झार पारेर
कसैको पसिना पिए
कसैको रगतै लिए
चन्डालहरुको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाइलाई कस्तो लाग्यो?
गाई सरी जनतालाई
भाई सरी जनतालाई
कुलो झै घुमाउदै
कुरो झै बङ्गाउदै
कहिले दङगाउदै
कहिले जङ्गाउदै
कहिले नङ्गाउदै
ढाटनुसम्म ढाटे
काट्नु सम्म काटे
भाड्नु सम्म भाडे
अझै भाड्दै छन
पन्डालहरुको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाईंलाई कस्तो लाग्यो ?
मुतुवा भइ
चितुवा झै भाग्दा
हरुवाहरु
हारेर देश हाक्दा
गर्छु भन्नेहरु
राजिनामा ठोकेर
छेउ टुप्पा लाग्दा
देश त चल्दो रहेछ
पशुपतीले चलाएको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाईंलाई कस्तो लाग्यो?
पुरानो तन्त्र जले पनि
राजतन्त्र ढले पनि
नयाँ तन्त्र चले पनि
देश जहाको त्यै भयो
जनता जस्ताको त्यस्तै रहयो
सतिले सरापेको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाइलाई कस्तो लाग्यो ?
दुई सय पाच मागे
जनताले दिए
छ सय एक मागे
जनताले दिए
तर आज जनतालाई
नाङ्गे झार पारेर
कसैको पसिना पिए
कसैको रगतै लिए
चन्डालहरुको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाइलाई कस्तो लाग्यो?
गाई सरी जनतालाई
भाई सरी जनतालाई
कुलो झै घुमाउदै
कुरो झै बङ्गाउदै
कहिले दङगाउदै
कहिले जङ्गाउदै
कहिले नङ्गाउदै
ढाटनुसम्म ढाटे
काट्नु सम्म काटे
भाड्नु सम्म भाडे
अझै भाड्दै छन
पन्डालहरुको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाईंलाई कस्तो लाग्यो ?
Subscribe to:
Posts (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
August
(34)
- मेरो भाग्य
- गीत
- नदी
- गजल
- टुक्रा टाक्री
- आज सबै हिजडा भए।
- लाजै लाग्यो गाँठे
- कुरो कुन्थरो
- यसपली त साच्चै सबलाई हसाउनु भो।
- सरकार
- गाई जात्रे नाटक(गाइजात्रे झटारो)
- फेरी ऋन खोज्दैछु।
- तिम्रो खेतमा
- मेरी प्रेमिकाको के कुरा
- बिचरा "म"को
- नाङ्गै नाचेकैछन
- कहाँ राख्ने,गोठ छैन।
- भन युद्द कस्को जितमा छ
- भुँडीतन्त्र
- यसो गरे कसो होला
- गधाको भारी
- धुन्दकारी
- सत्ताका भिखारिलाई
- सिंहदररबारका घोडाहरु
- ठुलो शहरमा छिरेको मान्छे
- यो शहरले के गर्न आट्यो गाँठे
- गीत
- कामाउदा त्यो दाममा
- गीत
- स्यालको राजाइ गरेका छन(घुयत्रो )
- नाटक जारी छ।
- दिनहु बत्ती गएकै छ
- सस्क्रिती र चलन
- आज त्यस्तै लाग्यो
-
▼
August
(34)