केही गर्न
ठुलो शहरमा छिरेको मान्छे
नाताबाद
कृपाबाद
चाकरीबाद
अनेक बादको भुमरिमा फसेर
जुत्ता झै फाटदै
टुडीखेलमा लम्पसारछ।
केही बन्न
ठुलो शहरमा पसेको मान्छे
कतै/कही
केही नबन्दा
भोकले
शोकले
रोगले
महङ्गिको हुरिमा फसेर
दाल भात चाट्दै
आफन्तको शरणमा लखतरान्नछ।
केही जान्न
ठुलो शहरमा बसेको मान्छे
धुर्त्याइमा
फट्ट्याइमा
बाट्ठ्याइमा
कही/ कतै
कही नजान्दा
खोक्रिदै
बोक्रिदै
झोक्रीदै
खुलतको आधिबेरीमा फसेर
सडक सडकमा मरासन्नछ।
केही पाउन
केही कमाउन
ठुलो शहरमा पसेको मान्छे
उधारो थमाउदै
ब्यापार डुबाउदै
धन गुमाउदै
ऋनको रणभुमी फसेर
साघुरो कोठामा रनभुल्लछ।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
August
(34)
- मेरो भाग्य
- गीत
- नदी
- गजल
- टुक्रा टाक्री
- आज सबै हिजडा भए।
- लाजै लाग्यो गाँठे
- कुरो कुन्थरो
- यसपली त साच्चै सबलाई हसाउनु भो।
- सरकार
- गाई जात्रे नाटक(गाइजात्रे झटारो)
- फेरी ऋन खोज्दैछु।
- तिम्रो खेतमा
- मेरी प्रेमिकाको के कुरा
- बिचरा "म"को
- नाङ्गै नाचेकैछन
- कहाँ राख्ने,गोठ छैन।
- भन युद्द कस्को जितमा छ
- भुँडीतन्त्र
- यसो गरे कसो होला
- गधाको भारी
- धुन्दकारी
- सत्ताका भिखारिलाई
- सिंहदररबारका घोडाहरु
- ठुलो शहरमा छिरेको मान्छे
- यो शहरले के गर्न आट्यो गाँठे
- गीत
- कामाउदा त्यो दाममा
- गीत
- स्यालको राजाइ गरेका छन(घुयत्रो )
- नाटक जारी छ।
- दिनहु बत्ती गएकै छ
- सस्क्रिती र चलन
- आज त्यस्तै लाग्यो
-
▼
August
(34)
No comments:
Post a Comment