Saturday, June 30, 2012

कस्तो छोरा जन्माइएछ

गाउको लागि
ठाउको लागि
अलिकती झुक्न छोरा भन्यो
मान्दै मान्दैन
ठुला बढालाई
गुरु बर्गलाई
यसो उसो ढोक्न छोरा भन्यो
जान्दै जान्दैन
कस्तो लठक्क छोरा जन्माइएछ
हैन हो बुढी !
पानी परेको थियो कि खडेरी !
कुन साइत
खेतमा पानी  खनाइएछ ।

देशको लागि
जनताको लागि
सहमती गर्न छोरा भन्यो
टेर्दै टेर्दैन
छर छीमेक
समय प्रस्थिती हेर्न छोरा भन्यो
हेर्दै हेर्दैन
कस्तो बजरस्वाठे छोरा जन्माइएछ
हैन हो बुढी !
घाम लागेको थियो पानी !
कस्तो समयमा रमाइएछ ।

बिकासको लागि
भ्रष्टाचार नगर छोरा भन्यो
सुन्दै सुन्दैन
निकाशको लागि
मेल मिलापको बाटो देखायो
चुन्दै चुन्दैन
थुइक्क बजिया !
कस्तो एकल काटे छोरा जन्माइएछ
हैन हो बुढी !
ठ्वाट लाइएको थियो कि भाङ !
कुन बेलामा
धमिलो पानी जमाइएछ ।

झगडालु उस्तै
ढटुवा उस्तै
टोडफोडमा उस्तै
लठुवा उस्तै
कस्तो हरीलठक छोरो जन्माइछ
हैन हो बुढी !
औशी थियो कि पूणी !
कुन साइतमा
· · · Share · Delete

आलु

हिमाल गए पनि
तराइ भए पनि
जहाँ गए पनि
कतै रातो आलु
कतै सेतो आलु
कतै लोकतन्त्रे
कतै ठोकतन्त्रे आलु
कतै गणतन्त्रे आलु
कतै जनतन्त्रे आलु
नाम अनेक
काम एकैको छ आलु
यि आलुहरु
जती सडे पनि
ठुस ठुस्ती गन्हाउदै लडे पनि
हामीलाई यि आलुको बाहेक
कुनै बिकल्पै भएन
हिजो पनि आलु
अस्ती पनि आलु
आज पनि यो आलु बाहेक
अरु कुनै बिकल्पै रहेन ।
फेरी पनि आज
यही आलु धोका दिए पनि
आलुसङ्गै सहमती गरेर
आलुकै तरकारी पकाइदै छ
एउटा आलुलाई फालेर
आर्को आलुलाई फकाइदै छ
मलको नाममा होस कि
ढलको नाममा होस
यही आलुले दाम खाँदैछ
गजबको कुरो
यो आलु
जती फले पनि
जती फैलिए पनि
पेडा भन्दा
यसैको भाउ माथि जादैछ ।
· · · Share · Delete

अब जनता

कुकुरहरु  भएको भए
दुई  महिनामा ब्याउथे
हात्तीहरु भएको भए
बाइस महिनामा ब्याउथे
तर हाम्रा सभासदहरुलाई
डाइनोसरहरुले पनि के भ्याउथे
चार चार बर्ष बाली लाग्दा पनि
देश  बिदेश  जाग्दा पनि
सौता सौती झै मारा मार गर्दै
कहिले  बोली बारा बार गर्दै
अभिभावक र जनतालाई छल्दै
संसारकै महङ्ग्यो अस्पातलमा  ब्याए
नपुङ्सकहरु के पाउन सक्थे
अन्तिममा मृत संबिधान पो ल्याए
प्रस्तव पिडाको नाटक गर्दै
जनता निराश भएको बेला
कोही मुसु मुसु हाँस्दै छन
कोही दोष अरुलाई टास्दै छन
फेरी हामीलाई अलमलमा पारेर
देशलाई खाल्टोमा भास्दै छन
कोही मस्त सत्ताको स्वाद चाख्दै छन
चाख्न नपाउनेहरु
फेरी रेलिङ भाच्दै छन
अब जनताले आँफै लाठी बोक्नु पर्‍यो
यि हुतीहाराहरुलाई,सडक सत्तामा
जहाँ भेटे पनि ठोक्नु पर्‍यो
के अब संबिधान जन्माउन सक्तैनौ भनी
तीन करोड जनताको दुबै गोडा ढोक्नु पर्‍यो
के सबैको  मती बिग्रियो भन्नु पर्‍यो
सहमती बिग्रियो भन्न पाइदैन
नत्र यस्ता नेताहरु
नेपाली जनतालाई अब चाहिदैन ।
· · · Share · Delete

युवा

देशले मागे रगत दिन्छ
कहिलै झुक्दैन युवा यो
देश बचाउन बली चढछ
तर कतै चुक्दैन युवा यो
लाठी बुट खान छ तयार
कातर भइ लुक्दैन  यो
नदी सागर लुप्त होलान
तर कहिलै सुक्दैन यो
भुक्छ्न नेता बिदेशीको इशारेले
तर कहिलै भुक्दैन यो
छाती थापेर अगाडि बड्छ
तर कतै लुक्दैन युवा यो
देशले मागे शिर चढाउछ
तर कहिलै चुक्दिन  यो ।
· · · Share · Delete

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers