Saturday, June 30, 2012

कस्तो छोरा जन्माइएछ

गाउको लागि
ठाउको लागि
अलिकती झुक्न छोरा भन्यो
मान्दै मान्दैन
ठुला बढालाई
गुरु बर्गलाई
यसो उसो ढोक्न छोरा भन्यो
जान्दै जान्दैन
कस्तो लठक्क छोरा जन्माइएछ
हैन हो बुढी !
पानी परेको थियो कि खडेरी !
कुन साइत
खेतमा पानी  खनाइएछ ।

देशको लागि
जनताको लागि
सहमती गर्न छोरा भन्यो
टेर्दै टेर्दैन
छर छीमेक
समय प्रस्थिती हेर्न छोरा भन्यो
हेर्दै हेर्दैन
कस्तो बजरस्वाठे छोरा जन्माइएछ
हैन हो बुढी !
घाम लागेको थियो पानी !
कस्तो समयमा रमाइएछ ।

बिकासको लागि
भ्रष्टाचार नगर छोरा भन्यो
सुन्दै सुन्दैन
निकाशको लागि
मेल मिलापको बाटो देखायो
चुन्दै चुन्दैन
थुइक्क बजिया !
कस्तो एकल काटे छोरा जन्माइएछ
हैन हो बुढी !
ठ्वाट लाइएको थियो कि भाङ !
कुन बेलामा
धमिलो पानी जमाइएछ ।

झगडालु उस्तै
ढटुवा उस्तै
टोडफोडमा उस्तै
लठुवा उस्तै
कस्तो हरीलठक छोरो जन्माइछ
हैन हो बुढी !
औशी थियो कि पूणी !
कुन साइतमा
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers