Sunday, July 29, 2012

कवी


आज फेरी कबिता भन्न
एउटा कबी आउनु भो
खल्तीबाट झिकी कबिता
हातले सुम सुमाउनु भो ।

ठीक छकी छैन माइक
हातले  थुम थुमाउनु भो
त्यस पछी फुक मार्दै
अलिकती गुन गुनाउनु भो । 

यो लेखे त्यो लेखे
यती लेखे उती लेखे
भन्दै  कबिता भन्दा
आफ्नै कथा सुनाउनु भो
कबितामा स्वर हाल्दै
घोडा झै हिन हिनाउनु भो ।

कहिले अक्षरमा अनकनाउदै
चरी झै चिर बिराउनु भो
आँफै लेखेको कबितामा
ठाउँ पिच्छे बिराउनु भो ।

कोही हाइ गर्दै खुट्टा ताने
कोही बाइ गर्दै
आबेगको जुत्ता हाने 
कोही घुरु घुरु निदाएछन
कबिले पनि कबिता
आफुलाई नै सुनाउदै
खुरु खुरु सिद्दाएछन ।  ।


स्रस्टा थरी थरिका


कोही अरुको देखेर
कबी बन्न खोज्ने
कोही अरुकै लेखेर
कबी बन्न खोज्ने ।
कोही थोरै लेखी
धेरै हल्ला गर्ने
कोही अफुलाई ठुलो ठानी
अरुलाई बिल्ला गर्ने
कोही तरुनीको खेदो खानि
तरुनिलाई नै पछाउछन
दुई चार वटा किताब लेखी
त्यसइलाई भजाउछन
कोइ ताइ तुइका कुरा लेखी
किताव मात्र सजाउछन
सङ्घ सस्थामा लागे पछी
कोशकै पैसा बजाउछन
कोही लेख्छन राम्रो पनि
तर देखिन लजाउछन
कोठा भित्र लेखेर
कापी मात्र सजाउछन ।
कोही ठाउँ पाए भने
घण्टौ घोक्रो सुकाउछन
नबुझछन दर्शक न बुझ्छन आँफै
सबको टाउको दुखाउछन ।
लेख्न हुने लेख्न न हुने
जटिल कुरा उठाउछन
लेख्दा लेख्दै गाठी कुरो
खै कसरी छुटाउछन ।

Saturday, July 28, 2012

भुत लागे पछी

भुत लागे पछी

by Prem Oli on Thursday, 2 August 2012 at 07:35 ·
संबिधान लेख्नु थियो
तर त्यो लिखिएन
नयाँ  नेपाल देख्नु थियो
त्यो पनि देखिएन
साहेत नेपाललाई
भुत लागे पछी
जङ्गेहरु जागे
नव रङ्गेहरु जागे
बन्दुकहरु दागे
लेख्दा लेख्दै संबिधान
बिचरा लेखन दासहरु कुलेलम भागे ।

संघियता कोर्नु थियो
त्यो पनि कोरियन
पुरानो नेपाल छोड्नु थियो
त्यो पनि छोडिएन
साहेत नेपाललाई
भुत लागे पछी
क॑शहरु  जागे
सर्प दङ्शहरु दागे
कोर्दा कोदै सङ्घियता
बिचरा कृष्णहरु भागे ।

नयाँ राम राज्य बनाउनु थियो
त्यो पनि बाउन सकिएन
बिजय उत्सव मनाउनु थियो
त्यो पनि मनाउन सकिएन
साहेत नेपाललाई
भुत लागे पछी
रावणहरु जागे
धावाहरु दागे
मनाउन नपाउदै खुशीयाली
बिचरा सिता रामहरु भागे ।

शान्ती सुरिक्षा जुटाउनु थियो
त्यो पनि जुटाइएन
देशलाई माथि उठाउनु थियो
त्यो पनि माथि उठाइएन
साहेत नेपाललाई
भुत लागे पछी
दुर्योधनहरु जागे
सकुनीहरु जागे
पासाहरु दागे
जुटाउदा जुटाउदै शान्ती
बिचरा पान्डबहरु हार्दै भागे ।
· · · Share · Delete

म कबिता कसरी लेख्छु

म कबिता कसरी लेख्छु
हिड्दै जादा
सडक भरी
सौदर्यमा पोखिएका
युवती र महिलाहरु
मुना र लैलाहरुमा
सृजनाका फुलहरु देख्दा
बन्छ मेरो कबिता
ति फुल कलमले टिप्दा ।
घुम्दै जादा
बाटोका वारी पारी
घरका छतहरुबाट
मक्किएका ढोकाहरुबाट
फलफुलका डोकाहरुबाट
बाटोमा लडेका भोकाहरुबाट
मनको तरेलीमा
बिभिन्न भावका ढुङ्गाहरु हान्दा
कलमले ति ढुङ्गाहरु समाउछु
र म मेरा कबिता बनाउछु ।
डुल्दै जादा
नेताले बोल्ने
भाषनका धोकाहरुबाट
जनतालाई बाट्ने
अश्वासनक पोकाहरुबाट
शान्तीलाई तर्सौदै पट्किएका
बन्दुकका खोकाहरुबाट
बली चडाइएका बोकाहरुबाट
मलाई कबिताले चियाउछ
त्यसइलाई छोपी
मेरो कलमले ल्याउछ ।
घुम्दै जादा
अनेक मान्छेका
अनेक हाउ भाउहरु
तरुनी जिस्काउने
नानीका बाउहरु
नाठो खेलाउने
चल्लाका माउहरु
मान्छेले मान्छेलाई पछार्ने
मान्छेका दाउहरु
देख्द यस्ले
मेरो मानस पटल नै छुन्छ
यसैलाई कागतमा कोर्दा
मेरो एउटा कबिता हुन्छ ।  

हेर्दै जादा
बसहरु
ट्याम्पोहरुमा
रक्सिका घ्याम्पोहरुमा
जोगीहरुमा
ढोङ्गीहरुमा
भोगिहरुमा
रोगीहरुमा
एक किसिमको भावले
यो मनको सागरमा डुङ्गा ख्याउछ
त्यही बाट मेरो कलमले
एउटा कबिता उठाइ ल्याउछ ।

Friday, July 27, 2012

टुडी खेल

टुडी खेल हो कि भुँडी खेल
तर
खेलिन्छ यहाँ अनेक खेल
मान्छेको हुन्छ  ठेलम ठेल
नेता आउछ
मात्र  भाषण ठोक्छ
जनता आउछ
ताली ठोग्दै
खाली अश्वासन बोक्छ
भक्तालु आउछ
महाकाललाई
त्यही बाटै  ढोक्छ
ब्यापारी आउछ
कराउदै फलफुल  जोख्छ
नगर प्रहरी आउछ
उठाउदै सबैको  माल बोक्छ
विद्यार्थी आउछ
पुरानो किताब घोक्छ
पागल आउछ
चिच्याउदै   रिस राग  पोख्छ
ज्योतिषी आउछ
जोखना हेर्दै
भबिष्य  खोक्छ
जादुकर आउछ
भुलाउदै
भिड भाडलाई रोक्छ
बगली मारा आउछ
खल्ती छाम्ने मौका छोप्छ
भिखारी आउछ
माग्दै सबको दिमाग टोक्छ
जून आउछ
नसामा मात्दै
निशा लाई भोक्छ
कुकुर आउछ
तुर्काउदै निशाना तोक्छ
बिचरा टुडिखेल
हेर्दै यो  सारा खेल
कहिले लाजले आँखा तोप्छ
कहिले टेन्सनले टाउकोमा  ठोक्छ ।
· · · Share · Delete

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers