आज भोली
बीमारी जस्तो भईएको छ
तर साथी भाईले बोलाए भने
मन थामिदिन
भट्टी तीर भने गइएकोछ ।
अहीले सम्म
रक्सी कुरा गर्यो भने
एक ट्याङ्कर खाइयो होला
खसी कुखराको के कुरा
दुइ चार वटा
भैंसी नै भ्याइयो होला
खादा खादा
आज भोली
बीमारी जस्तो भईएको छ
तर इस्ट मीत्रले
बोलाए भने
निम्तो मानी दिन भए पनि
कक्टेल पार्टी भए त
नछुटाइकन गैएको छ ।
छोड्छु भनेर
कती कसम
कती बाचा गरे पनि
जस्ले जती धरे पनि
सानो बहाना खोज्दै
दुई चार क्वाटर लाएर
संसारै जिते जस्तो
लड्दै पड्दै घर आइएकोछ
श्रीमतीज्यु बाट खप्की
छोराछोरीबाट कती हप्की दप्की खाइएकोछ
श्रीमती भन्दा कडा
इजत भन्दा प्यारो
छोरा छोरी भन्दा गाढा
रक्सिलाई मायाप्रिती लाईएकोछ
त्यसैले
पानी परे पनि
अशिना झरे पनि
जस्ले जे गरे पनि
यस्लाई खोज्न
भट्टी भट्टी धाइएकोछ
आज भोली
बिमारी जस्तो भइएको छ
तर ज्यान जाला
माया प्रिती नजाला
बिहान होस कि बेलुका
पाए कि यो पीइएकोछ ।
No comments:
Post a Comment