Friday, August 24, 2012

kabita


बिचरा महादेव

घर बाहिर
महादेवलाई देखे पछी
कती हुरुक्क हुन्छन
कती फुरुक्क हुन्छन
तर घर भित्र
श्रीमतीहरु  रिसले बुरुक्क हुन्छन
के शक्ती  रहेछ गाठे पार्वतीमा
बिचरा महादेव थुरुक्क हुन्छन ।

घर बाहिर
महादेवलाई भने  पछी
कती खुरुक्क सुन्छन
कती तुरुक्क रुन्छन
तर घर भित्र
श्रीमतीका  पाखुरा जुरुक्क हुन्छन
के  भक्ती रहेछ गाठे पार्वतीमा
बिचरा महादेव लुरुक्क  हुन्छन ।

घर बाहिर
महादेवलाई सुने पछी
कती डराइ पुलुक्क हेर्छन
कती परै झुलक्क हुन्छन
घर भित्र
श्रीमतीहरुका  आबेग  भुलुक्क हुन्छन
के जुक्ती रहेछ   गाठे पार्वपतीमा
बिचरा महादेव छुलक्क हुन्छन ।

घर बाहिर
महादेवलाई  भेटे पछी
कती मोहित हुन्छन
कती सम्मोहित हुन्छन
कती घायल हुन्छन
तर घर भित्र
श्रीमती तातो टायल हुन्छन
के  युक्ती रहेछ गाठे  पार्वतीमा
बिचरा महादेव कायल हुन्छन ।

घर बाहिर
महादेवलाईपछी
कती मुसुक्क हास्छन
कतीले  खुसुक्क डाक्छन
तर घर भित्र
श्रीमतिहरु ठुसुक्क हुन्छन
के ओखती रहेछ  गाठे  पार्वतीमा
बिचरा महादेव पनि लुसुक्क  हुन्छन ।
Like · · · Share · Delete

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers