Tuesday, August 14, 2012

फुटकर कबिताहरु भाग ४

१) स्वयम्भू
सधैं
मिरमिरेलाई चिर्दै
शान्तिको ध्वोनी फुक्छ
तर उस्को बिकुल
न सिंहदरबार पुग्छ
न बालुवाटार पुग्छ
उल्टो गिज्याउदै
सिंहदरबारले थुक्छ ।   

२) हनुमान ढोका

हनुमानलाई ढोके बनाएर
कहिले बिदेशिलाई
कुमारी देखाउदै
ड्लर झार्छ
कहिले
कुर्सिमा उङ्दै
थोत्रो बन्दुक देखाउदै
ईतिहासको झारो टार्छ
कहिले
भर्याङ भएर आकासीदै
पर्यटकलाई
चढन सार्हो पार्छ ।

३)  बिर अस्पताल

बिर तालमा
हरताल गर्दै
काल युद्द लडिरहेका
वीरहरुलाई लखेटेर
टुडीखेलदा रागो चराउँदै
बल्छी खेलिरहेको
बुढो यम राज ।   

४) बालुवाटार 

हरेक साझ
बिदेशी पाउनसङ्ग
पाचतारे होटेलमा
रक्सी मासु धुत्छ
राती अबेर आएर
क्वाटरमा सुत्छ
बिहान उठेर
सिंहदरबारमा मुत्छ ।  










No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers