Tuesday, June 25, 2013

मकै

एक दिन
एउटा मकैको बोट देखे
कबिताको लागि नोट लेखे
मनमा एउटा भाव जाग्यो
मकै पनि म जस्तै लाग्यो
फेरी अर्को मनले भन्यो -
मकै कै म जस्तो हुन्छ
तुरन्तै अर्को भावले भन्यो -
हुन्छ हुन्छ
यो पनि जवानी चढे पछी
ओठमा जुगा हलहलाउछ
पुरुष जस्तै कहलाउछ
कुनै मकै
मोती दात चम्काउछ
कुनै बर्षौ देखे नमाझेका
पितले दात टल्काउछ
कुनै रक्तिम दात देखाउदै
राक्षस जस्तो खिस्स हास्छ
कुनै छिर्केबिर्के
ओठ छोप्दै फिस्स हास्छ
मान्छेहरु मोतीदन्त मन पराउछन
त्यसैले सेतैमकैको भात पकाउछन । 
  

काठमाण्डूको पानी कस्तो पानी


by Prem Oli (Notes) on Tuesday, 25 June 2013 at 20:01
म सानो छदा
हजुर बाले भन्नु हुन्थ्यो
काठमाण्डुको पानी
आहा क्या राम्रो पानी
डाक्टर बनाउने पानी
मास्टर बनाउने पानी
जम्दार बनाउने पानी
हवल्दार बनाउने पानी 
तर अचेल
धारा पानी हेर्यो
गडौला आउने पानी
भ्याकुता आउने पानी
मलै आउने पानी
ढलै आउने पानी
ओ हो !कसरी खाने
काठमाण्डुको पानी
कस्तो पानी
पखला लगाउला जस्तो पानी ।

 बागमती हेर्यो
ह्वास्सै गन्हाउने पानी
टुकैचा हेर्यो
ठ्वास्सै गन्द आउने पानी
एक दिन
आमाले फोन गर्नु भो -
छोरा बागमतीको जल ल्याउनु
म मर्दा मुखमा खुवाउनु
भन्छन सिधै स्वर्गमा गइन्छ ।

मैले भने -
बागमती जल, मुखमा हाल्यो भने
स्वर्गमा होइन ,सिधै नर्कमा गइन्छ
बाचिएछ भने पनि
निरोगी होइन ,दिर्घरोगी भइन्छ
अमिलो पानी धमिलो पानी
तर पनि छैन यो सस्तो पानी
काठमान्डुको पानी कस्तो पानी ।

यसो हेर्नुस मिनरल पानी
लेदो पानी कातीको पानी
तल छ लेउ माथि पानी
यो भन्दा गाउकै जाती पानी
त्यस्तै हेर्नुस त जारको पानी
लाग्छ मनोहरको धारको पानी
काठमान्डुको पानी कस्तो पानी
नागपोखरीको जस्तो पानी ।

इनारमा हेर्यो मयल पानी
पम्पमा हेर्यो पहेँल पानी
नुहाउदा पनि चिलाउने पानी
दुधसँग यै मिलाउने पानी
रक्सिमा पनि बिलाउने पानी
होटेलमा माग्दा दिलाउने पानी
काठमान्डुको पानी ओ हो कस्तो पानी
लाग्दै नलाग्ने तुम्बा जस्तो पानी ।









Wednesday, June 12, 2013

ठोक्तकहरु -10


माईक्रोबस
खादीएका मान्छे देख्दा
सिन्की हाल्ने ताउलो हो की
ठिटी देखे सिट्टी बजाउने
ठिटो उत्ताउलो हो कि
बाटै भरी
आन्द्रै छिन्ने गरी उफार्छ
लाग्छ यही
काठमान्डुको खाउलो हो कि ।

उहिले उहिले
उहिलेका ॠषीमुनीहरु
अहिलेका सिसिमुनिहरु
उहिले ति
भगवान झै पुजिन्थे
तर अहिलेका
जनताका खिसीमुनिहरु ।
दु:ख पनि 

दु:ख पनि त एउटा जिन्दगी हो
यसले जिन्दगी सजाउन सिक
दु:ख पनि त संगित हो
यसलाई पनि बजाउन सिक

दु:खमा बाच्दा मजै आउछ
यसलाई पनि कजाउन सिक
दु:खमा पनि ईश्वर हुन्छ
यसैले
दु:खलाई पनि भजाउन सिक ।


About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers