Tuesday, June 25, 2013

काठमाण्डूको पानी कस्तो पानी


by Prem Oli (Notes) on Tuesday, 25 June 2013 at 20:01
म सानो छदा
हजुर बाले भन्नु हुन्थ्यो
काठमाण्डुको पानी
आहा क्या राम्रो पानी
डाक्टर बनाउने पानी
मास्टर बनाउने पानी
जम्दार बनाउने पानी
हवल्दार बनाउने पानी 
तर अचेल
धारा पानी हेर्यो
गडौला आउने पानी
भ्याकुता आउने पानी
मलै आउने पानी
ढलै आउने पानी
ओ हो !कसरी खाने
काठमाण्डुको पानी
कस्तो पानी
पखला लगाउला जस्तो पानी ।

 बागमती हेर्यो
ह्वास्सै गन्हाउने पानी
टुकैचा हेर्यो
ठ्वास्सै गन्द आउने पानी
एक दिन
आमाले फोन गर्नु भो -
छोरा बागमतीको जल ल्याउनु
म मर्दा मुखमा खुवाउनु
भन्छन सिधै स्वर्गमा गइन्छ ।

मैले भने -
बागमती जल, मुखमा हाल्यो भने
स्वर्गमा होइन ,सिधै नर्कमा गइन्छ
बाचिएछ भने पनि
निरोगी होइन ,दिर्घरोगी भइन्छ
अमिलो पानी धमिलो पानी
तर पनि छैन यो सस्तो पानी
काठमान्डुको पानी कस्तो पानी ।

यसो हेर्नुस मिनरल पानी
लेदो पानी कातीको पानी
तल छ लेउ माथि पानी
यो भन्दा गाउकै जाती पानी
त्यस्तै हेर्नुस त जारको पानी
लाग्छ मनोहरको धारको पानी
काठमान्डुको पानी कस्तो पानी
नागपोखरीको जस्तो पानी ।

इनारमा हेर्यो मयल पानी
पम्पमा हेर्यो पहेँल पानी
नुहाउदा पनि चिलाउने पानी
दुधसँग यै मिलाउने पानी
रक्सिमा पनि बिलाउने पानी
होटेलमा माग्दा दिलाउने पानी
काठमान्डुको पानी ओ हो कस्तो पानी
लाग्दै नलाग्ने तुम्बा जस्तो पानी ।









No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers