Wednesday, June 12, 2013

ठोक्तकहरु -10


माईक्रोबस
खादीएका मान्छे देख्दा
सिन्की हाल्ने ताउलो हो की
ठिटी देखे सिट्टी बजाउने
ठिटो उत्ताउलो हो कि
बाटै भरी
आन्द्रै छिन्ने गरी उफार्छ
लाग्छ यही
काठमान्डुको खाउलो हो कि ।

उहिले उहिले
उहिलेका ॠषीमुनीहरु
अहिलेका सिसिमुनिहरु
उहिले ति
भगवान झै पुजिन्थे
तर अहिलेका
जनताका खिसीमुनिहरु ।
दु:ख पनि 

दु:ख पनि त एउटा जिन्दगी हो
यसले जिन्दगी सजाउन सिक
दु:ख पनि त संगित हो
यसलाई पनि बजाउन सिक

दु:खमा बाच्दा मजै आउछ
यसलाई पनि कजाउन सिक
दु:खमा पनि ईश्वर हुन्छ
यसैले
दु:खलाई पनि भजाउन सिक ।


No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers