Monday, July 25, 2011

मनै मर्यो

रातारात नै हिडियो
घरमै मित लुके पछी
पाहुनलाई नै लेखेट्नु हो त्यो
मात्र कुकुर भुके पछी
पिउनु न पिउनु सबै पिइयो
हिड्दा मुख सुके पछी
दोस्रो पहरको भाले बास्यो
घरमा ठीक्क पुगे पछी
तेलले मालिस गर्नु पर्‍यो
शरीर सारा दुखे पछी
पाउनु सास्ती पाइएछ
ठाउँ कुठाउ रुके पछी
खानु सम्म खाए थिए
जसरी भोको गोरु फुके पछी
लाख बिन्ती गरे मितले
घरमा आइ धुके पछी
चाट्ने पनि कसरी सक्ने
आँफैले त्यो थुके पछी
माफिको मोबाइलमा खबर लेखे
एकपल्ट चुके पछी
मनै मर्यो तनै मर्यो
त्यो धोकले ठुगे पछी ।



नयाँ ढाचा

सरकारमा लानु पर्छ
जम्बोजेटमा बोकी
मन्त्री पद खानु पर्छ
मुस्ले तिघ्रा ठोकी
जनक्रान्ती भन्ने पनि
भ्रम मात्र  हो कि
जनबाद नै बिर्सिएछ
पढेको त्यो घोकी
त्यागी बाबा भन्नेहरु
निस्के अब ढोगी
शाकाहारी बन्नेहारु
खान थाले  घोगी
जस्लाई ल्याए पनि यहाँ
कान चिर्या जोगी
नेता सबै स्वस्थ हुने
जनता मात्र रोगी
कस्लाई गर्ने विश्वाश अब
सबै गर्छन् ठगी
पश्चताप पर्छौ हामी
घर दैलोमा हगी
कस्ले पार लाउला यहा
कुपुत्रलाई लगी
देशै खाली हुन  थाल्यो
सुपुत्रहरु बगी
चमत्कारी छडी ल्याउने
नयाँ धामी छ कि
नयाँ ढाचा नयाँ धार
ल्याउने कामी छ कि ।

धुवा

उही धुवा
उस्तै धुवा
नाकै टट्टाउने धुवा
कानै रट्टाउने धुवा
न यस्को कतै निकास छ
न यस्को कुनै बिकास छ

घुम्दै फिर्दै
घर घरमा छिर्दै
आँखाहरु पिर्दै
बाहिर पानी छ्यापे पनि
भित्र आगो दन्काउदै
बाहिर शान्ती जपे पनि
भित्र बोको मन्साउदै
आउँदा आउँदै बाटोमा  
धुवाले शान्ती तुहिन सक्छ
फुल्न लागेको खुशी पनि
धुवाले नै कुहिन सक्छ
गाई भैंसी के कुरा
धुवाले छोपेको बेला
यहाँ गोरु पनि दुहिन सक्छ  

आफ्नै घर आगो लगाएर
छेमिकिलाई तताउने
बिदेशिलाई बोलाएर
आफ्नै छोराछोरिलाई दबाउने
भुमरी  खेल्ने धुवाको  के भर ।

जता हावा
उतै बतासइने
कहिले पातालिने
कहिले आकासिने
श्वासलिदा निसासिने
उही छन्द
उही गन्द
बहिर हेर्दा सेफद
भित्र राको दन्काएको
बाहिर हेर्दा सफा
भित्र माखो भन्काएको
उही टोली
उही बोली  
बोल्दै धुवा
लेख्दै गरेको संबिधान
फेरी पनि तुहाउन सक्छ
धारा उपधाराहरुलाई
ढलमलमा चुहाउनसक्छ

उही धुवा
उस्तै धुवा
उही छन्द
उही गन्द
उही टोली
उही बोली
जता हावा
उतै बतासइने
श्वासलिदा निसासिने
धुवामा बिष हुनसक्छ
धुवामा रिस हुनसक्छ
भुमरी खेल्ने धुवाको विश्वाश।  

Thursday, July 21, 2011

प्रक्रिती र प्रब्रिती

नदी
दिन रात सधैं निरन्तर बगिरहन्छ। न कुनै थकावट छ। न कुनै रोकावट छ। सुगन्द फाले पनि दुर्गन्द हाले पनि  बिपक्ष दलको जस्तो  न कुनै आपत्ति छ। न कुनै असतुष्ट सभासद्को जस्तो नियापत्तीछ। जे फाले पनि यसलाई शहर्ष सुकारेर लैजान्छ। यसमा पनि सजिबको जस्तो गती र शक्ती छ। तर मान्छे प्रती कुनै गुनासोछैन।


ब्रिक्ष
यो पनि बकुल्ला भक्तमा  एक खुट्टाले उभिरहन्छ। बकुल्ला केही पाउनलाई भक्ती गर्छ। तर ब्रिक्षले  केही लिनालाई भन्दा पनि ,दिनलाई उभिराखेकोहुन्छ।यस्ले चराचुरुङ्गी,किट्पतङ ,जिबजन्तु देखी मान्छे  समेत,सबैलाई गासबास ,छहारी,काठपात दिन खुल्ला रुपमा निम्तो गरिराखेको हुन्छ। जसले जती भोगे पनि ,जस्ले जती लगे पनि यस्को कतै उजुरी हुँदैन।

पहाड
हिउ झरे पनि।पानी परे पनि। घाम लागे पनि।जून जागे पनि। दिन ढले  पनि। हुरी चले। आगोमा  जले पनि, एउटा चिर ध्यान बसेको ऋशी जस्तो चुपचाप बसी राखेकोछ। यसमा कुनै पिडा, हतास, क्रोधछैन। हामीले यसको छातीमा बम पड्काएर तालु ताच्दै ,शिर फोर्दै चिप्लेन बाटो बनाउदा पनि। गाडी घोडा कुदाउदा पनि धैर्यता र शहनशिलता देखाउदै ध्यान मग्नछ।मनुश्यका लागी एउटा जदुकर बाबाले जस्तै अमुल्य धातुहरु आफ्नो कोखाहरुमा लुकाउदै बेलाबेला दिने गरेकोछ।
मान्छे
सृस्‍टिको उत्कृष्ट प्राणी मान्छे।हरेक कुरो सिक्नेमा निपुन मान्छे। यस सृस्‍टिका सबै प्राणिका गुरु प्रक्रिती(जस्तै पहाड, नदी ,बोटब्रिक्ष)। यसले हामीलाई हरेक पल हरेक कुरो सिकाइ राखेकोहुन्छ। ब्रिक्ष सहयोग,नदीले अटुट परिश्रम,पहाडले धैर्यता र शहणशिलता सिकाइ राखेको भए पनि हामीले लेखनाथ पोउड्याल लेखेको जस्तो मै खाउ मै लाउ मै बाचू, अरु सबै मरी जऊन प्रब्रीती देखाइराखेकाछौ। हामीमा धैर्यता, शहनशिलता र उदारता पनि पाउन मुस्किलछ। ढाट्ने, छल्ने , ठग्ने ,लुट्ने ,चुट्ने र कुट्ने प्रब्रिती बढ्दै गएकोकोछ। हाम्रो प्रकृतिलाई हामीले बुज्यौ भने अबश्य सुख शान्ती र चैन आउन सक्छ भन्ने कुरोलाई मनन गर्दै आज आफ्न बेग्लै  भावनाह्जरु  यहाँहरुलाई बाट्ने जमर्को गरे। धन्यवाद। 
   

Tuesday, July 19, 2011

गजल

आगो त निभेकै थियो
भुग्रोमा अझै ताप रहेछ
अशिक देयौ भनेको थिए
त्यो त ठुलो सराप रहेछ
हाँस्दा बत्तीसै दन्त टल्के पनि
तर कुटिलताको भाव रहेछ
बोक्राको सुन्दर्ताले छोपिए पनि
गूदी भित्रको खराब रहेछ
दानी र ज्ञानी लाग्थ्यो बोल्दा
भित्र तिमीमा पाप रहेछ
झुक्काउनु, झुलाउनु,छक्काउनु
त्यो त खानदानी स्वभाव रहेछ।
· · Share · Delete

    • Aakash Gaihre bujhnai gahro bho !!!!!!!
      08 June at 22:50 · · 1 personLoading...
    • Bhakti Prasad Paudyal मतलाको उलामा काफिया र रदिफ राखेर पुनर्लेखन गर्नै पर्ने भो गजल बनाउन ।
      तपाईँको कलममा शक्ति देखेको छु तर पातलो लेख्नुहुन्छ ।
      तपाई धेरै लापरबाही गर्नुहुन्छ जस्तो छ जीवनमा । मेरो अनुमान हो ।
      09 June at 02:22 ·
    • Bhakti Prasad Paudyal मतलाको उलामा काफिया र रदिफ राखेर पुनर्लेखन गर्नै पर्ने भो गजल बनाउन ।
      तपाईँको कलममा शक्ति देखेको छु तर पातलो लेख्नुहुन्छ ।
      तपाई धेरै लापरबाही गर्नुहुन्छ जस्तो छ जीवनमा । मेरो अनुमान हो ।
      09 June at 02:22 · · 2 peopleLoading...
    • Anup Joshi ramro ghazal.
      09 June at 04:01 · · 1 personLoading...
    • Purbeli Sathi KEEP ROCKING P.sir !
      11 June at 06:20 · · 1 personLoading...

सभासद् हुदा म (व्यंग्य )

पुरानो खोर भत्काएर
नया  गोठ जमाए
रातो पासपोर्ट बेचेर
क्या नोट कमाए
रक्सि चुरोट सेकुवामा
यी ओठ रमाए
जुवा तास सुन्दरीमा
सभासद्को कोट गुमाए
आश्वासनको पोको बाटी
जनताको भोट समाए
संबिधान दिन्छु भनि
बिस्वासघाती चोट थमाए
कामको सिन्को नभाचिकन
भत्ताको बोट समाए
संबिधान दिन्छु भनि
बिस्वासघाती चोट थमाए ।
· · Share · Delete

सभासद्का कुरा

       पढेलेखेका जोसिला युवा जगत बिरोजगार भएर भौतारिरहेको बेला सडेगलेका चोर चन्डाल देखी औठा छापसम्म ब्यक्तिलाई लोकतन्त्रले जनतालाई लोप्पा खुवाउदै संबिधान स नजान्नेलाई सभासद बनायो। खान नपाउनेलेबोक्रासम्म के बाकिराख्थे र? ढल देखी मलसम्ममा कमिसन खाने  । रातो पासपोर्ट देखी सभासद्को कोर्टसम्म बेची नोट खाने सभासदले मासिक पचास हजार आउने जागिर कसरी छोड्थे।

अब आउने १४ गते पनि त्यही हुने जो पहेले भएको थियो। त्यसैले अब के होला भएर हामीले टाउको दुखाउने आबश्यकछैन। बरु अब  सबै जनताले एक जुट भएर यदी सभासदको म्याद थपिने हो भने अब पछीको तलब खान दिनु हुँदैन। काम नगेर दाम पाइने भए सबै बेरोजगार युवाबर्गले पनि दाम पाउनुपर्छ।
अब युवा जाग, बिएरोजगारी भत्ता माग। नत्र सित्तैमा चलाई दिन्छौ भनी सत्ता समाल्नतिर लाग। देस र नेता यस्तै हुन भनी बिदेश तिर नभाग।

बिगत तीन बर्षमा अरबौ रुपैया झ्वाम्म पारेर यी सभासद के के गरे भन्ने सबैलाई छर्लङ्ग छ।यदी सभासदलाई राजधानी बस्न गर्हो हुन्छ भने गाउतिर बाख्रा चराउन, भैंसी दुन ,तरकारी खेती गर्न गए पनि हुन्छ। आखिर उनिहरुले यहाँ बसेर के लछारो लाउने हुन र? बरु गाउघर जनतासँग बसे पछीको चुनावलाई सजिलो पनि हुने। देशलाई पनि आर्थिक भार नहुने। संबिधान लेख्ने पनि कानुन बिदले नै हो।सहीछाप त गर्ने हो उनिहरुले।त्यो कुनै एक दिन आएर गर्दा भो। यसो गरे कसो होला।मेरो कुरो ठीक लागे जेठ १४ गते सभासदलाई तलब नखाने कुरोमा  सहीछाप गराउने आन्दोलनमा नयाँ बानेश्वोर आउनु  होला। आउन नसक्ने भए पत्र पठाउन होला।

· · Share · Delete

सम्झना आमाको (अनुभुती)

सम्झना आमाको (अनुभुती)

by Prem Oli on Friday, 20 May 2011 at 11:47
भर्खर नै गएको आमाको मुख हेर्ने औसिमा आमालाई भेट्न नसके पनि फोन दाजुसँग आमाको सबै हालखबर लिएको थिए। आमासँग बात मार्ने इक्षा अधुरो नै रह्यो। फोनमा दाजुले आमालाई राम्रो छ। अहिले दम झन सुधार उनमुख छ भनेकै राती रोगले झन च्यापेछ।भोली पल्ट बिहान् आमा निकै बिमार भएको।बोल्न र मान्छे चिन्न पनि गार्ह्यो भएको खबर मर्माहट नै तुल्ल्यायो। बसको मात्र बिकल्प भएको अवस्थामा जती छिटो गरे पनि उहाको पार्थिक शरीर मात्र दर्शन गर्न पाइयो। हेर्दा हेर्दै त्यो शरीर पनि आग्यो,पानी, माटो,धुवा हुँदै आँखाबाट बिलिन भयो। अब यो छातीमा सम्झना मात्रा रहन गयो। त्यो बेला आमाको अनेक सम्झनाले रोएको मनलाई बाध्दा भक्कानिएर बाध झै फुट्थ्यो। मैले बुवा बित्दा पनि यस्तो पिडाको महसुस गरेको थिएन ,जती  मामाताकी खानि आमा बित्दा गरे। य भुमिमा ल्याउन पिताको पनि कम भूमिका त हुँदैन तर आफ्नो रगत चुसाने माता छोडेर जादा ठुलो पिडा भएको महसुस साथीहरुलाई बाड्दा मन हलुङ्ग्यो हुने विश्वाश मैले गरेको छु.
धन्न्यबाद ।

· · Share · Delete

    • Binod Neupane Ramro , Thanks
      20 May at 12:09 · · 1 personLoading...
    • Mala Rajbanshi thanks for sharing
      20 May at 12:13 · · 1 personLoading...
    • Sandhya Parajuli May her Soul rest in Peace....Sorry to hear sad story.... but i like the way you express your feelings.
      20 May at 12:14 · · 2 peopleLoading...
    • Naresh Bhandari Marti beyog ko pida maa mero Sahanuvuti 6 haii Prem je..Yo dharti ma amar ko chara..aama ko mamata samjhera geunu hola..!!!!!
      20 May at 12:46 · · 1 personLoading...
    • Jagadish Thapaliya thanks sir betha badnu parcha taba halka bhaincha k garnu sir niyati ko khel na ho kasai le tarna sakdaina j bhaya pani aama ko aatma le santi pawos ra bhagaban le tapai haru lai daire dharan garne sakti diun
      20 May at 13:08 · · 1 personLoading...
    • Bhakti Prasad Paudyal
      ओलीजी ! तपाईँलाई यो पीडाबाट गुज्रिनु परेकोमा समवेदना ! म पनि यो अनभव लिएर बसेको छु । यो साझा पीडा हो तर नभोगेका हरुले यसको कल्पना पनि गर्न चाहँदैनन् । मातृवियोगको कल्पना पनि कष्टकर हुन्छ । जीवनमा लगभग सबैलाई पर्छ । पश्चिमी समाजमा जहाँ विवाह... केवल वैयक्तिक सम्बन्धका रुपमा स्थापित छ त्यहाँ आमाले पति बदल्दै जाँदा बच्चाहरुको आफ्नो पिता छुट्दै टाढा हुँदै जान्छ त्यहाँ पनि आमाकै वियोग कष्टकर हुँदो हो । साथी , शिक्षिका , सुसारे , नर्स , रक्षक के हुन्नन् आमा ! तर क्रुर शासक पनि हुन्छन् बाबु त ! आमा त्यो चैँ हुनै सक्दैनन् । त्यो माया अभावमा नै महसुस हुन्छ ।See more
      20 May at 13:16 · · 2 peopleLoading...
    • Sagar Basnet we hope that ur mother soul leave in peace in heven n we r sorry to hear that........
      20 May at 14:56 · · 1 personLoading...
    • Jeeten Khadka I'm sorry to hear this sad incident. May her eternal soul rest in peace.
      20 May at 20:38 · · 1 personLoading...
    • Madan Dc its so sad moments bt thx fo sharing
      21 May at 01:52 · · 1 personLoading...
    • Sama Raut ओलि सर ,
      यस दुखद पलमा हजुर् लगायत सम्पुर्ण परिवार लाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्नेछ ।मृत आत्माको चिर शन्तिको कामना हार्दिक समबेदना ..........
      21 May at 02:27 · · 1 personLoading...
    • Vishow Khadka HERTLY CONDOLENCE. Im so sad to hear this sad incident jaoi sab.
      21 May at 03:00 · · 1 personLoading...
    • Purbeli Sathi I am so sorry to hear it P. Sir !
      21 May at 10:04 · · 1 personLoading...
    • Prabha Wagle O my God? when ? i am so sorry sir, hearing such news. i want to meet you soon sir.
      23 May at 01:54 · · 1 person

मारी नदि घुम्दा (यात्रा)

by Prem Oli on Saturday, 05 March 2011 at 10:40
आज शनिबार ह्यूसङ्ग साउथ अस्ट्रेलियाको सभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दैथिए।एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो। ठीक अग्रेजी समयमा नै साथी आए पछी हामी कारमा घुम्न निस्कियौ।ह्यू रमाइलो साथी रहेछ।पहिले बिद्युतिय पत्रचार मात्र भएकाले भेटदा झन रमाइलो लागेको थियो।उसको छोरी मेरो स्कुल गैसकेकाले पनि उ नेपाल प्रती जान्न चाहन्थ्यो। बाटो भरी  नेपालको र मैले घुमेका ठाउहरु बारेमा गफिदै प्रतिघन्टा १०० किमी हुइकिदै थियौ।
एउटा डाडामा पुगे पछी ह्यूले गाडी रोक्दै भन्यो।" म तिमीलाई हामी जाने ठाउँ देखाउछु।"उसले औंलाले सन्केत गर्दै भन्यो।"ऊ.....त्यो पारी ठाउँ हो। अब हामी अघी बढे पछी साना साना रुखहरु आउछन। यो ठाउँ अस्ट्रेलियाको सभान्दा सुख्खा र कमसल उर्भरा भुमी हो।"
 निकै किलोमिटर पार गर्दा पनि न गाउ भेटियो न पानी मुहान भेटियो।लाग्यो अस्ट्रेलियाका मान्छे भेट्न शहर नै जानु पर्ने जस्तो । ठुला ठुला सुनसान मैदान मात्रा भेटिने।केही कुदाइ पछी,बाटोमा भेडा पालन देखे पछी ह्यूलाई सोधे।"यि भेडाको लागि पानी कहाबाट  ल्याउछन ह्यू ?" उस्ले पानीको ट्याङ्की देखाउदै भन्यो। "यहा अन्य ठाउँ भन्दा काम बर्षा भए पनि किसानले आकाशको पानी उू....त्यो ट्याङ्किमा जम्मा गर्छन् बर्ष भरिलाई।त्यसैबाट आफु पनि पिउछन।" कती उत्तम उपाए।मैले उसलाई भने।
केही  घण्टा यात्रा पछी गन्तब्यमा पुगीयो । मारी नदिको किनार चिटिक्क सजिएको सानो बजार रमनिय नै रहेछ। नारायणी जत्रो नदिमा फेरिमा घुम्न आउने मनिस निकै नै थिए। कोही बोट ईन्जिनमा रमाउदै थिए। कोही पिकनिक मनाउदै थिए। एक हुल युबाहरु जाडमा रमाउदै वीकइन्ड मनाउन फेरिमा हिंडेका पनि भेटिए।नेपालका नदिमा यस्ता जल बिहार बनाउन सके रोजगार पनि बढाउन सकिने र छुट्टी मनाउनेहरुले भर्पुर आनन्द पनि लिने पाउने।कती राम्रो हुन्थ्यो होला।
ह्यूले मारी नदीबाट पानी ८० किलोमिटर उभो ठाउँ ठाउमा पम्पले तानेर एडलाइड शहर लगेको देखाउदा,हाम्रो मेलम्चिलाई दुङ्ग्रोमा खसालेर उधो ल्याउन आजसम्म नसक्दा कुरा गर्न पनि लाज लाग्यो। उसले तिम्रो सिटिमा पानीको कस्तो ब्यबस्ता छ भनेर सोध्दा' के भनु भनु जस्तो भयो।  ढाट्दा पनि उसकी छोरीले पोल खोलिदिने ,न ढाट्दा पनि , सिकर्मिको घरको ढोका छैन  भने जस्तो हुने।कुरो गरी कुरोकै दु:ख।मनमा लागिराखेको थियो"पाजी नेताहरु थुक्क!"
· · Share · Delete

    • Bhakti Prasad Paudyal मनमोहक नियात्रा बन्दै छ । मलाई लाग्छ , म भाग्यमानी पाठक हुँ । गल्ती चैँ अचाक्ली नै छन् है प्रेम जी !
      05 March at 10:56 · · 2 peopleLoading...
    • Prem Oli rachaer feri publsih gareko chhu.commentko lagi thank you.
      05 March at 10:58 · · 1 personLoading...
    • Bharat Kumar Bhattarai samsmaran ramro chha.
      05 March at 12:00 · · 1 personLoading...
    • Aakash Gaihre मलाई त आँफै गएर घुमे झैं लाग्यो .....
      धेरै--धेरै धन्यवाद हजुर लाई आफ्नो अनुभव बाँड्नु भएको मा ,,,
      05 March at 13:44 ·
    • Rekha Kumar Karki lau sir aru pani dherai padhana paune aasaama
      05 March at 14:24 · · 1 personLoading...
    • Bhim Barma Nice place, nice people and a beautiful experience, hope you are enjoying these all.
      06 March at 04:23 · · 2 peopleLoading...
    • Parshu Mishra lau sir aru pani dherai padhana paune aasaama thanks
      11 March at 13:47 ·

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive