Tuesday, July 12, 2011

धोस्त

by Prem Oli on Saturday, 11 June 2011 at 13:50

धोस्त नै हो मेरो नाम
धोस्त नै हो मेरो काम

मलाई धोस्त नै मन पर्छ
धोस्तैमा मन अड्छ ।

शान्तीलाई पड्काउदै
कान्तिलाई लड्काउदै
सहमतिलाई अडकाउदै
सहकार्यलाई भड्काउदै
गाउँ शहर धोस्त पार्नुछ
सडक सदन अस्तब्यस्त पार्नुछ
किनभने
मलाई धोस्त नै खान मनछ
मलाई धोस्त मै जान मनछ ।

कलाकारखाना  गरी बन्द
शिक्षालाई पारी मन्द
ब्यवसायमा हाली दुर्गन्द
देशको अर्थतन्त्रलाई धोस्त पार्नुछ
धनीलाई गरीब,
गरीबलाई झन गरीबको रेखामुनी झार्नु छ
किनभने
धोस्त हो मेरो बिजय
धोस्त हो मेरो आशय
भोकोलाई भोकै राखेर
नाङ्गोलाई नाङ्गै पारेर
सात साल देखी अहिले सम्म
धोस्त नै हो मेरो जित
धोस्त  हो  मेरो  प्रीत ।

कहिले क्रान्तिको आगो बालेर
कहिले शान्तिको धागो फालेर
धनीलाई झिरमा  उन्दै
गरिबको झुठो सपना बुन्दै
धोस्तैलाई समाउदै
धोस्तैमा  रमाउदै
धोस्तैमा कमाउदै
धोस्त नै  हो मेरो गीत
धोस्त नै  हो मेरो हित
धोस्त नै  हो मेरो   रित ।

मुखले बोली राम राम
बगली छुराले तमाम
भनेर अरुलाई तथानाम
मानेर आफ्नो सहीकाम
कमाउन छ धेरै दाम
देशैलाई पारेर जाम
किनकी
धोस्त नै मन पर्छ
धोस्तैमा मन अड्छ
धोस्त नै मेरो नाम
धोस्त नै मेरो काम ।
· · Share · Delete

    • Bhakti Prasad Paudyal वाह् , क्या धारदार अभिव्यक्ति ! हाम्रा ध्वंसात्मक रुचि र प्रवृत्तिको भन्डाफोर गरेको छ यो अनुप्रासमय कविताले ।
      धोस्त , यो वास्तवमा ध्वस्त हो ।
      11 June at 14:28 · · 2 peopleLoading...
    • तुल बहादुर गुरुङ वा वा वा सर साच्चै नै देश धोस्त छ , निकै मन्परो , नमस्कार प्रेम सर,
      11 June at 14:44 · · 1 personLoading...
    • Dalbir Singh Baraili 'Ghayal' वाह! प्रेम जी धेरैदिन पछी यहाँको एक उत्कृस्ट कबिता वाचन गर्न पाउँदा खुशी लाग्यो धन्यवाद वाचनको अवसर दिनु भएकोमा ! यहाँको अनुमति बिना नै मैले यहाँको कबिता मैले ब्लगमा राखें अन्यथा लिनु हुने छैन ! लिंक हेर्नु होला http://literatureofnepali.​blogspot.com/2011/06/blog-​post_11.html
      11 June at 15:20 · · 1 personLoading...
    • Bharat Kumar Bhattarai अत्यन्त मार्मिक र सान्दर्भिक व्यङ्ग्य छ सर। धन्यवाद!
      11 June at 23:40 · · 1 personLoading...
    • Aakash Gaihre जबर्दस्त !!!!!!!!!! अब येही ध्वोस्त तरिका मार्फत भ्रष्टाचारी हरु लाई पनि ध्वोस्त पर्नु पर्छ !!!!
      12 June at 01:59 · · 1 personLoading...
    • Bhim Barma Thank you so much for sharing...................​.
      12 June at 07:12 · · 1 personLoading...
    • Sangit Limbu ramro lagy0
      12 June at 10:33 · · 1 personLoading...
    • Purbeli Sathi KYA LEKHNU BHO P. SIR ! YI DHOSTAHARULAI PANI DHOSTAI PARNU PARCHHA HAI !
      12 June at 11:15 · · 1 personLoading...
    • Kaliprasad Pokhrel sharp n sweet.
      12 June at 14:05 · · 1 personLoading...
    • Bhoj Bahadur Shah keep it up premsir
      13 June at 02:06 · · 1 personLoading...
    • Laxman Gamnage prem sir phone garnus hai.
      13 June at 03:33 · · 1 personLoading...
    • Sama Raut नाम अनुसारको काम .....!धोस्त !
      13 June at 03:37 · · 1 personLoading...
    • Thapa Pralhad sir yahinai ho hamro party ko SIDHANTA Napatya Comret Pushpa kamal Dahal sodhnush ta...........
      13 June at 03:52 · · 1 personLoading...
    • James Grg
      नमस्कार माफ़ पाऊ सर जी ढिलो भए,,,,
      सुभा दिन को मंगला माया सुभकामना सहित यहाँ को दिन चार्य सुखा, शान्ती, सु-स्वास्थ्य, दीर्गा यु होस, साथै जिवनमा धन सम्पति सुन चादी हिरा मोती प्लान्तिनिम ले भरी भराव होस,""और'''' उन्नति र प्रगति ले हिम सिखर चु...मोस, कर्मा को दियो सूर्याको ज्योती जस्तै आजीवन चम्की रहोस, र प्रतेक योजना हरुमा सफलता हासिल होस्, जीवन सधै हाँसो खुशी र उमङग ले सयौ सयौ साल पार होस, भगमान सग एहि प्राथना गर्दछु,
      """"""''''''"जय जन्मा भूमि माता"""'''''''""'"'''
      See more
      13 June at 04:59 · · 1 personLoading...
    • Naresh Bhandari Chotelo lagyo ..Prem je ..herni le aankha chemle pachi..k garni..!!!
      13 June at 07:33 · · 1 personLoading...

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive