अब आउने १४ गते पनि त्यही हुने जो पहेले भएको थियो। त्यसैले अब के होला भएर हामीले टाउको दुखाउने आबश्यकछैन। बरु अब सबै जनताले एक जुट भएर यदी सभासदको म्याद थपिने हो भने अब पछीको तलब खान दिनु हुँदैन। काम नगेर दाम पाइने भए सबै बेरोजगार युवाबर्गले पनि दाम पाउनुपर्छ।
अब युवा जाग, बिएरोजगारी भत्ता माग। नत्र सित्तैमा चलाई दिन्छौ भनी सत्ता समाल्नतिर लाग। देस र नेता यस्तै हुन भनी बिदेश तिर नभाग।
बिगत तीन बर्षमा अरबौ रुपैया झ्वाम्म पारेर यी सभासद के के गरे भन्ने सबैलाई छर्लङ्ग छ।यदी सभासदलाई राजधानी बस्न गर्हो हुन्छ भने गाउतिर बाख्रा चराउन, भैंसी दुन ,तरकारी खेती गर्न गए पनि हुन्छ। आखिर उनिहरुले यहाँ बसेर के लछारो लाउने हुन र? बरु गाउघर जनतासँग बसे पछीको चुनावलाई सजिलो पनि हुने। देशलाई पनि आर्थिक भार नहुने। संबिधान लेख्ने पनि कानुन बिदले नै हो।सहीछाप त गर्ने हो उनिहरुले।त्यो कुनै एक दिन आएर गर्दा भो। यसो गरे कसो होला।मेरो कुरो ठीक लागे जेठ १४ गते सभासदलाई तलब नखाने कुरोमा सहीछाप गराउने आन्दोलनमा नयाँ बानेश्वोर आउनु होला। आउन नसक्ने भए पत्र पठाउन होला।

· · Share · Delete
- Baburam Bhattarai ramrai hola hajur ma pani tapaiko pa6yama ubhiya diy hai hajur21 May at 13:06 · · 1 personLoading...
- Binay Basnet Euta Sarta , myad thap ko Talab bhatta napaine, bhatta ko lagi myad thap nagara ......kasso ??23 May at 06:08 · · 1 personLoading...
- Naresh Bhandari Awashaya..Prem je...aba ta ..neyate mathi naii sanka lagna lagyo..ma pane hajur ko sath ma chhu..23 May at 07:45 · · 1 personLoading...
- Ram Prasad Khanal Prem ji, i like it. see this link too http://www.nepalmother.com
/2011/05/blog-post_23.html 23 May at 14:02 · · 1 personLoading...
No comments:
Post a Comment