प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाऊ स्वर्गबासी भए
काका सन्यासी भए
बडा बाउ कासी नै गए
तर कसैले प्रजातन्त्र नै देखेनन
फेरी लोकतन्त्र खोज्दै
कोही बानारसी गए
कोही प्रबासी नै भए
तर कसैले लोकतन्त्र देखेनन
एक दिन मलाई पनि
गन्तन्त्र खोज्ने झोक चल्यो
जनयुद्दमा फाटेको कमिज
जन आन्दोलनमा च्यात्तिएको चप्पलसङ्ग
भाउजुले पकाएको केही रोटी
काकिले बनाएको अचार बोकी
नहर हुँदै
पहर हुँदै
पसे शहरमा
कहिले सिहदरबार कुदे
कहिले शितल निवास कुदे
कहिले बालुवाटार जुधे
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकाले हो कि
सुरक्षा बल लगाएकाले हो
कतै भेटन सकेन गणतन्त्रलाई
एक दिन
भोकले रन्थन्नीएको बेला
मान्छेहरुको भिड देखे
भिडमा भिड्दै खुट्टा टेके
नेतै नेताको भिडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जादा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसँग साटासाट गरिदै थियो
साझ यस्तै फेरी अर्को ठाउमा
गिलासमा गणतन्त्र
ह्वस्की र रोस्टसँग बाटबाट गरिदै थियो
अर्को गजबको कुरो
गिलास समाउनेहरु
नोटले भोट साट्नेहरु
हामीलाई सपना बाट्नेहरु
उही नयाँ पुराना सामन्तीहरु नै थिए ।
उसलाई नभेटी
बाऊ स्वर्गबासी भए
काका सन्यासी भए
बडा बाउ कासी नै गए
तर कसैले प्रजातन्त्र नै देखेनन
फेरी लोकतन्त्र खोज्दै
कोही बानारसी गए
कोही प्रबासी नै भए
तर कसैले लोकतन्त्र देखेनन
एक दिन मलाई पनि
गन्तन्त्र खोज्ने झोक चल्यो
जनयुद्दमा फाटेको कमिज
जन आन्दोलनमा च्यात्तिएको चप्पलसङ्ग
भाउजुले पकाएको केही रोटी
काकिले बनाएको अचार बोकी
नहर हुँदै
पहर हुँदै
पसे शहरमा
कहिले सिहदरबार कुदे
कहिले शितल निवास कुदे
कहिले बालुवाटार जुधे
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकाले हो कि
सुरक्षा बल लगाएकाले हो
कतै भेटन सकेन गणतन्त्रलाई
एक दिन
भोकले रन्थन्नीएको बेला
मान्छेहरुको भिड देखे
भिडमा भिड्दै खुट्टा टेके
नेतै नेताको भिडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जादा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसँग साटासाट गरिदै थियो
साझ यस्तै फेरी अर्को ठाउमा
गिलासमा गणतन्त्र
ह्वस्की र रोस्टसँग बाटबाट गरिदै थियो
अर्को गजबको कुरो
गिलास समाउनेहरु
नोटले भोट साट्नेहरु
हामीलाई सपना बाट्नेहरु
उही नयाँ पुराना सामन्तीहरु नै थिए ।
- Sanumaya Lama Moktan, Bharat Raj Prasai, Jeevit Khadka Magar and 21 others like this.
- Prem Oli http://ekantipur.com/np/2070/2/15/full-story/368982.html
ekantipur.comआरम्भले कविता वाचनको २८ औं शृंखला सम्पन्न गरेको छ । मैतीदेवीमा भएको कार्यक्रममा ...See more - Mina Puma Rai एक दिन
भोकले रन्थन्नीएको बेला
मान्छेहरुको भिड देखे
भिडमा भिड्दै खुट्टा टेके
नेतै नेताको भिडभाड थियो...See More - Indra Narayan Chongbang प्रेम गुरु सारै चोटिलो यथार्थ उतिनै सानदार व्यंग्य ...मिठो कविता गुरु सेवारो

















