Thursday, May 30, 2013

गिलासमा गन्णतन्त्र (गणतन्त्रको उपलक्षमा कबिता )

प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाऊ स्वर्गबासी भए
काका सन्यासी भए
बडा बाउ कासी नै गए
तर कसैले प्रजातन्त्र नै देखेनन
फेरी लोकतन्त्र खोज्दै
कोही बानारसी गए
कोही प्रबासी नै भए
तर कसैले लोकतन्त्र देखेनन
एक दिन मलाई पनि
गन्तन्त्र खोज्ने झोक चल्यो
जनयुद्दमा फाटेको कमिज
जन आन्दोलनमा च्यात्तिएको चप्पलसङ्ग
भाउजुले पकाएको केही रोटी
काकिले बनाएको अचार बोकी
नहर हुँदै
पहर हुँदै
पसे शहरमा
कहिले सिहदरबार कुदे
कहिले शितल निवास कुदे
कहिले बालुवाटार जुधे
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकाले हो कि
सुरक्षा बल लगाएकाले हो
कतै भेटन सकेन गणतन्त्रलाई
एक दिन
भोकले रन्थन्नीएको बेला
मान्छेहरुको भिड देखे
भिडमा भिड्दै खुट्टा टेके
नेतै नेताको भिडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जादा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसँग साटासाट गरिदै थियो
साझ यस्तै फेरी अर्को ठाउमा
गिलासमा गणतन्त्र
ह्वस्की र रोस्टसँग बाटबाट गरिदै थियो
अर्को गजबको कुरो
गिलास समाउनेहरु
नोटले भोट साट्नेहरु
हामीलाई सपना बाट्नेहरु
उही नयाँ पुराना सामन्तीहरु नै थिए । 
1Like · · ·

बल्ल पो देशमा लोकतन्त्र सुहाए जस्तो छ (झटारो )

सयौ बर्ष गाजिएको
कुशासनले साचिएको
जहानिया शासनका
 राणाहरु, जनताले फाले
देशमा प्रजातन्त्र ल्याउन
सरकारमा नेताहरुलाई हाले
तर प्रजातन्त्र आएन
किनभने
नेताहरु फुटे
पार्टिहरु टुटे
तिनै नेताको कुकर्मले
पञ्चायती शासन हाले
फेरी
यिनै नेताले जनता उचाले
जनताले बिरोधको राको बाले
ज्यानै जाने कदम चाले
फेरी तीस बर्षे पञ्चायत ढाले
तर पनि जनतासम्म
प्रजातन्त्र आउँदै आएन
यिनै नेताको आवहाँनमा
हजारौ युद्दमा होम्मिए
लाखौं सडकमा उम्मिए
सयौ बर्से सामन्ति बृक्षलाई
जरै देखी उखलेर फाले
तर पनि लोकतन्त्र आएन
छ सय एकको गण आयो
अजिङरले झै बजेट खायो
नेताले असिम धन पायो
तर पनि गणतन्त्र आएन
नेताले सिंहबार छोडेपछी
सरकारले पनि
सम्यन्त्रको कछेनी ओडेपछी
साच्चै देशमा लोकतन्त्र आए जस्तो छ
अझ बिरोध हुँदाहुँदै
लोकमानलाई सत्तामा जोडे पछी
बल्ल पो देशमा लोकतन्त्र सुहाए जस्तो छ ।
3Unlike · · ·

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers