नयाँ बेहुली बनी
आउने नयाँ बर्ष
तिमी कती शब्दमा मात्र आउछ्यौ
अब आउँदा गर्भ लिएर आउनु
ओ नयाँ बेहुली
तिमी पनि अब
कङ्श मात्र जन्माउने होइन
श्रीकृष्ण पनि ल्याउनु
हिटलरहरु होइन
अब फेरी
बुद्ध जन्माउनु
रावण होइन
राम मात्र जन्माउनु
तिमीलाई मेरो
लाख लाख शुभकामना ।
No comments:
Post a Comment