Thursday, May 30, 2013

मेरो छोरा

  
मेरो छोरा
खै केमा फस्याछ
आजभोली
खाली घोरिएर
एक्लै एक्लै कोठामा बस्याछ
प्रेम रसमा खस्याछ छकी
सोमरसमा फस्याछ
न घरमा बस्याछ
न पढन  घुडा धस्याछ
रातमा पनि खाना नखाइ
सुटुक्क कोठामा पस्याछ
न जागिर खान्छ
न कलेज जान्छ
कलेज गैहालो भने पनि
खाली बङ्क हान्छ
कुरा सोध्यो मरे बोल्दैन
रह्स्य खोल्न खोज्यो
कै गरे खोल्दैन
कुरो बुझ्नै गार्हो
उस्लाई खै केले डस्याछ
पढाई लेखाइ पनि
हिजो भन्दा  आजकाल
झन तल तल खस्याछ
मुख सुघ्यो
कुनै गन्द पाइदैन
अस्पातल लग्यो
डाक्टर भन्छन-
कुनै औषधी चाँहीदैन
छोरालाई हेर्यो
दिनहु ज्यान सुक्या सुकैछ
छोराको पिरले
आमाको मन दुख्या दुखैछ
कपाल छ्त्री झै छत्रिदैछ
प्यान्ट छरिएर भुइमा लत्रिदैछ
एक दिन
ज्योतिषिमा छोरोलाई लगे
ज्योतिषिलाई मोटै दामले ढोके
त्यसपछी मन्त्रदै ज्योतिषी बके  -
आजभोली युबाहरुमा धुम्रकेतु जाग्याछ
किनभने सबैलाई  कलियुग लाग्याछ 
त्यसैले धेरैलाई शिवबुटी खाउ खाउ हुन्छ
जस्ले खाँदैन त्यसलाई यस्तै रोगले छुन्छ
कुरै बुझन गार्हो छ
छोरो कुन लतमा फस्याछ
दिनमा पनि रातमा
नुन खाएको भाले जस्तो
झोक्रिएर बस्याछ ।
Like · · ·
  • Purna Kanchha Grg bujhnai nasakine rog lagechh malai jastai ....mitho kawita !
  • Laxman Bhantana Sireesh Kabyamsako mitho vaable man atyantai chhuyo bro
  • Jeevit Khadka Magar फेरी, रचनामा गोलीसाहबबाट ओलीसाहब प्रकट हुनुभो ! यो पनि उस्तै तिख्खर छ !
  • Lila Rijal प्रेम रोग लागेछ क्यार ...जे होस् आजभोलिका युवाहरुमा आएको विकृति अनि परिवारले भोग्नु परेको समस्या सायद यहाले नजिकैबाट नियालिरहनु भएको छ कबिताको रुप दिनु भएछ साच्चै मन छुयो |
  • Bimal Gautam सहरिया वा बहिरिया बाबु आमा लाइ सताउने छोराको कबिता तर कबि ले किन चिनेन रोग ? किन छाड्यो बीच मा नो कबि नो समर्थन बोल कबि बोल रहस्यखोल ( सित्याई को कबिले भाग २ जोगाएको होला) खड्ग ओली र प्रेम ओली को मुख बाट सधै छुटछ गोलि बोल ओली बोल
  • केदार अधिकारी मीठो ब्यंग्य सँगै बास्तबिक्ताको उजागर गर्नु भयो सर धन्यबाद हजुरलाई...।।
  • Indra Narayan Chongbang हाहाहा प्रेम गुरु सारै रसिलो कविता सेवारो
  • Ching Pie सुन्दर..
  • Mina Puma Rai कुरा सोध्यो मरे बोल्दैन
    रह्स्य खोल्न खोज्यो
    कै गरे खोल्दैन,यहि हो नराम्रो पन,बुझ्नेक्रममा नजिकैबाट बुझ्न जरुर छ ग्यानरुपी कबिता अत्यान्तै चित्त भुझ्यो हजुर शुभ समय
  • Bharat Timalsina Darpan प्रेम सरका कविता हरु मलाई निकै मिठा लाग्छन समाजको यर्थात चरित्रलाई सहज शैली बर्णन गर्न खपिस यो कविताले पनि जब यौटा छोरोको व्यवहार बाट दिक्क भएका बाबु आमाले कसरी आफनो मनको पिडा पोख्छन् त्यलाई चित्रण गरिएको छ सुन्दर कविता
  • Prem Oli http://ekantipur.com/np/2070/2/14/full-story/368927.html
    ekantipur.com
    भारतीय दूतावासको मासिक कविता शृंखलाको तेस्रो संस्करण राजधानीमा सोमबार गरियो । 'पोएमान्डु' मा करिब दुई दर्जन साहित्यकारले भोजपुरी, मैथिली, नेपाली,...
  • Narnath Luitel yo aachhc chha sir, fitkauli ma chhapua, maila theli dinu na.

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers