Wednesday, March 12, 2014

प्रभुलाई भेटे पछी (ओलिको गोली )


1 March 2014 at 06:17
सुकेनासे लागेको भए पनि
लुते लाम्रे गए पनि
प्रभुलाई भेटे पछी
जो पनि
सके हनुमान
नभए  पनि
शक्तीमान भइ आउछ
हैन ए गाठे !
प्रभुलाई भेट्ने खै के पाउछ
खुसुक्क गएको
मरण च्यास बिल्ली पनि
सिह भइ पो आउछ !

तर मार्न नपाए पछी
मासु हड्डी नखाए पछी
कोही बिरामी भन्दै
कोही पाहुना बन्दै
सबै प्रभुको शरणमा धाउछ
हैन ओ गाठे !
प्रभुलाई भेटे पछी
खै के शक्ती  पाउछ ?
मुसो भै गएको बिरामी पनि
बाघ भैm गर्जिदै आउछ !!

सत्तामा जान नपाए पछि
भत्ता खान नपाए पछि
प्रभुलाई भेटे पछि
खै के शक्ती पाउछ ?
लुसुक्क गएको कुकुर पनि
आए पछी
सके प्रधानमन्त्री
नभए
मन्त्री त  रोजो रोजी पाउछ ।

आइ सि यु मा भए पनि
इयर एम्बुलेन्समा गए पनि
खै शक्ती रहेछ  त्यहाँ
प्रभुलाई भेटे पछी
पाउरोटी झै उक्सिाउदै
गालामा नयाँ चमक लाउछ
आउदा एयरपर्टबाटै
सरकार बदल्ने हाक दिदै आउछ
मन्त्री खान नपाए पनि
निजी देखी सरकारीसम्म
टेन्डर देखी ठेकेदारीसम्म
उसैले आधिपत्य जमाउछ
हैन ए गाठे !
प्रभुलाई भेटे पछी
एरे गैरेले पनि
खै के शक्ती पाउछ
फर्केर आए पछि
लाटो देसको गाडो तन्नेरी झै
ठुलै धाकधक्कु लाउछ
कौडी नभएको देशमा
उसैले करोडौ कमाउछ ।

अब प्रभुलाई भेटन
यो देसका
मुर्दै गए छन भने पनि
भुतै गए छन भने पनि
पक्कै उनिहरु पनि
मन्त्री प्रधानमन्त्री भइ आउलान
जे पनि हुन सक्ने यो देशमा
फेरी निर्दलीय शासन
जहाँनिया शासन चलाउलान ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive