साडी र सुरुवाल कुर्तामा
समाज हिड्थ्यो सुर्तामा
तर आज
प्यान्ट हाफ प्यान्ट
कट्टु र पेन्टिमा हिड्दा
छोराको के कुरा
छोराको बालाई पनि गार्हो भो
रातको त ठिकैथ्यो
देउसको फेसनले त
हजुर बाउलाई पनि सार्हो भो ।
त्यसैले अचेल
रिटायर्ड हजुर बुवाहरू पनि
मठ मन्दिरमा भन्दा
क्याबिन तिर भेटिन्छन्
अरुसंग खिसीक्क हासे पनि
घरमÞा हजुर आमासंग
सानो कुरोमा पनि च्याठीनछन ।
काकाहरु पनि
यसैको लागी डाका भएकाछन्
यसैको पछी लागेर
घर फोरेकाछन
कति मुन्द्रे लटे भएर
घर जानै छोडेकाछन
कट्टू गन्जी लाए पनि
कसरि भन्ने यसलाई बिकृती
सबले झन् यसलाई
उत्तर आधुनिकतासंग जोड़ेका छन्
त्यसैले होला
चित्रकार पनि
नारि सौदार्यताको वकालत गर्दै
अरू भन्दा
बिनाबस्त्रकै चित्र धेरै कोरेकाछन ।
कला कर्मी पनि के कम
कथाले मागेको भन्दा
बजारले मागेको भन्दै
बस्त्र फाल्नेमÞा नयाँ रिकर्ड तोडेकाछान ।
शरम जोगाउन मात्र
दुई पिस लुगा ओढेका छन्
नयाँ जोडी पनि के कम
बिबाह भन्दा पनि
प्रेमको लागि नाता जोडेकाछन
आज एउटा संग
भोलि अकैसंग नाता
ब्रेक अप भन्दै नाता
तोडेकाछन । ।
No comments:
Post a Comment