म त कहाँ नेता हो र हजुर
ठेकदार परियो , ब्यापारी परियो
त्यसैले
जहाँ जे भेटियो
मज्जाले खाने काम गरियो
त्यसैले अब अरब होइन
खराबका खराब नै खाइन्छ
हामी ठेकदार ,ब्यापारिलाई
यो भन्दा अरु के चाहिन्छ ?
जनताले पनि बिकास भन्दा नोट नै रोज्ने हो
आफु पनि नोट दिएरै
भोटनै खोज्ने हो
हामी कहाँ
बाटो चाहियो भनेर को आउछ ?
धारा चाहियो भनेर को आउछ ?
कोही छोरोलाई बिदेश पठाउन पैसो चाहियो भनेर आउछ
कोही बिदेशबाट छोरी झिकाउन नोट चाहियो भनेर आउछ
हामी त ब्यापारी प¥यो नि
ब्यापारीले त्यसै लगानी कहाँ लाउछ ?
बिकास त नेताले पो गर्ने हो
हामी ठेकदार , ब्यापारीसँग बिकाशका कुरा
गरेर सुहाउछ ?
त्यसैले यो मौकामा मज्जाले
खाने हो
कुन बेला चुनाव हुन्छ के ठेगान
दुईचार अरब बोकेर जाने हो
ठेकदार आए ठेक्का गर्छ
ब्यापारी आए ब्यापार गर्छ
नेता आयो भने पो बिकास गर्ला
तर तपाइलाई लाग्छ
त्यस्तो नेता
यो देशामा फेला पर्ला ?
भ्रष्टचार गर्यो न भन्नु होला
आफु त ठेकदार परियो,
ब्यापारी परियो
ठेकदार, ब्यापारीले त नाफाकै काम गर्ने हो
त्यै काम गरियो ।
No comments:
Post a Comment