प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाउ स्वर्गबासी भए
बडा बाउ कासी गए
काका सन्यासी भए
तर कसैले
कहिलै देखेनन् प्रजातन्त्र ।
बाउ स्वर्गबासी भए
बडा बाउ कासी गए
काका सन्यासी भए
तर कसैले
कहिलै देखेनन् प्रजातन्त्र ।
फेरी लोकतन्त्र खोज्दै
तल्ना घरे कान्छा लापत्ता भए
माथिल्ला घरे माइला बेपत्ता भए
तर उलीहरुले पनि
कतै भेटेनन् त्यो लोकतन्त्र ।
तल्ना घरे कान्छा लापत्ता भए
माथिल्ला घरे माइला बेपत्ता भए
तर उलीहरुले पनि
कतै भेटेनन् त्यो लोकतन्त्र ।
एक दिन
मेरो मस्तिस्कमा
एउटा बत्ती बल्यो
गणतन्त्रै खोज्ने झोक चल्यो
जन युद्वमा फाटेको कमिज
जन आन्दोलनमा काटेको प्यान्ट
भाउजूले पकाएको केही रोटी
काकीले बनाएको अचार बोकी
नहर हँुदै
पहर हँुदै
सहर पसें खोज्दै गनतन्त्र
धर्मशाला हुदै
पेटी पेटीसम्म बसें
कहिले बालुवाटार कुदें
कहिले शितल निवास कुदें
भित्र छिर्न सिंहदरबारसंग जुदें
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकोले हो कि
सुरक्षा बल लगाएकोले हो
कतै भेटन सकिएन गणतन्त्रलाई ।
मेरो मस्तिस्कमा
एउटा बत्ती बल्यो
गणतन्त्रै खोज्ने झोक चल्यो
जन युद्वमा फाटेको कमिज
जन आन्दोलनमा काटेको प्यान्ट
भाउजूले पकाएको केही रोटी
काकीले बनाएको अचार बोकी
नहर हँुदै
पहर हँुदै
सहर पसें खोज्दै गनतन्त्र
धर्मशाला हुदै
पेटी पेटीसम्म बसें
कहिले बालुवाटार कुदें
कहिले शितल निवास कुदें
भित्र छिर्न सिंहदरबारसंग जुदें
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकोले हो कि
सुरक्षा बल लगाएकोले हो
कतै भेटन सकिएन गणतन्त्रलाई ।
एक दिन
भोकले रन्थालिएको बेला
मान्छेहरुको ठुलै भिड देखे
धकेल्दै भीडमा खुट्टा टेके
नेतै नेताको भीडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जादा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसंग साटासाट हुदैथियो
यस्तै अर्को पार्टीमा
गिलासमा गणतन्त्र
हवस्की र बियरसंग बाटाबाट हुदैथियो
र, गजबको कुरो
गिलास समाएर चियर्स गर्नेहरु
तिनै जनतालाई सपना बाट्नेहरु
तिनै नोटले भोट साट्नेहरु
उही उच्च उही घराना
उही नयाँ, उही पुराना
तिनै सामन्तीहरु थिए
यिनै सामन्तीहरु थिए
तर थिएन त्यहाँ जनताको गनतण्त्र ।
भोकले रन्थालिएको बेला
मान्छेहरुको ठुलै भिड देखे
धकेल्दै भीडमा खुट्टा टेके
नेतै नेताको भीडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जादा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसंग साटासाट हुदैथियो
यस्तै अर्को पार्टीमा
गिलासमा गणतन्त्र
हवस्की र बियरसंग बाटाबाट हुदैथियो
र, गजबको कुरो
गिलास समाएर चियर्स गर्नेहरु
तिनै जनतालाई सपना बाट्नेहरु
तिनै नोटले भोट साट्नेहरु
उही उच्च उही घराना
उही नयाँ, उही पुराना
तिनै सामन्तीहरु थिए
यिनै सामन्तीहरु थिए
तर थिएन त्यहाँ जनताको गनतण्त्र ।
No comments:
Post a Comment