हेरौला
तिमीलाई पनि हेरौलानराम्रो गरे ठिकै छ
राम्रो गर्न खोज्यौ भने
तिमीलाई पनि घेरौला ।
सत्तामा जाने मौका
सबले गर्नु पाउनु पर्छ
मह काट्ने हात चाट्ने
सबको दिन आउनु पर्छ
हेरौला
तिमीलाई पनि हेरौला
बरु गर्दै नगरे ठिकै छ
तर जनताको लागि
कै गर्न खोज्यौ भने
जुलुस नारा गर्दै
कार्यलयमा नै घेरौला ।
तिमीले पनि हामीले जस्तै
भ्रष्टाचार गर्नु
अत्याचार गर्नु
बजार भाउ बढाउनु
ग्यासको भाउ चढाउनु
दुई चार महिनामै
काठमाडौंमा अग्लो घर ठडाउनु
हेरौला
के के गर्छौ हेरौला
भ्रष्टाचार गरे त ठिकै छ
तर सदाचार गर्यौ भने
चक्काजाम गर्दै
बाटोघाटो नै घेरौला ।
तस्करीलाई सघाउनु
गुण्डागर्दिलाई जगाउनु
हत्यारालाई भगाउनु
हामी जस्तै तिमी पनि
टुन्न खाएर अघाउनु
हेरौला
कस्तो कस्तो गर्छौ हेरौला
देशलाई सधैं रनभुल्लमा नै पार्नु
तर निकास गर्न खोज्यौ भने
नेपाल बन्द गर्दै
सिंहदरबार नै घेरौला ।
छिमेकीले भनेको सधैं मान्नु
बरु घरकालाई सके गोली हान्नु
नसके पनि ठुलै शत्रु ठान्नु
सरकारका हरेक निकाएहरुमा
आफ्नै नतापाता नै छान्नु
हेरौला
कस्तो कस्तो गर्छौ हेरौला
हामीले जस्तो जस्तो गर्यौ
त्यस्तै त्यस्तै गर्यौ भने ठीक छ
तर बिकास गर्न खोज्यौ भने
सारा देस ठप्प पार्दै
सिंहदरबार नै घेरौला ।
- You, Kaliprasad Pokhrel, Sandhya Rajbhandari, Purbeli Sathi and 36 others like this.
- Suresh Katwal Wah, क्या गज्जबको चेतावनी, Thanks for tag.... Have a good time ahead....!See Translation
- Laxman Bhantana Sireesh tito yathartha ani gajab banechha jhataaro aakhir chalekai chha yastai nepali rajnitik aakasmaa.....
- Bhakti Prasad Paudyal तस्करीलाई सघाउनु
गुण्डागर्दिलाई जगाउनु
हत्यारालाई भगाउनु
हामी जस्तै तिमी पनि
टुन्न खाएर अघाउनु प्रेमजीको व्यङ्ग्यवाणको तिखोपन असाध्यै बढेको छ, कति सुन्दर लेख्नुहुन्छ।See Translation - Narayan Gaunle ठ्याक्कै प्रतिपक्षको चित्र रहेछ ! तपाईंको कवितालाई तिनले साकार पार्नेछन् !See Translation
- Manoj Lamichhane .
..................................................
ठोकौं कविज्यु
टेबुलैमाथि ठोकौं !
घोचौं कविज्यु ...See More - Krishna Basnet Bhagya यस्ता सृजनाले एकछिन भए नि मनमा लागेको आगोलाई शान्त पर्दो रहेछ | निक्कै तेजिलो व्यग्यबाण ! यो कटु सत्य अनि वास्तविकतामा तलमाथि पारेर यसको उलंघन कुनै प्रतिपक्षले पनि गर्ने छैनन्, यो भने पक्का हो |
No comments:
Post a Comment