Wednesday, April 3, 2013

साँढेसङ्गको जम्काभेट ( हसाउने रस )

एक दिन
पशुपती दर्शन गर्न जादैथे
यसो चढाउने फुल पनि लादैथे
बाटोमा भेटियो
एउटा बडेमानको साँढे
रहेछ त्यो अती डाडे
उस्ले मलाई घुर्दै भन्यो -
मेरा मालिक केही खाँदैन
के को खाने कुरा लान्छौ
मलाई बेवास्ता गरेर
हेर्छु म पनि कसरी अगाडि जान्छौ ।

म त अल्लमल्ल बने
उस्लाई फकाउदै भने -
मालिकलाई के खबर छ
लौ भन म सन्देस बोकी दिन्छु
तिमी पनि लक्ष्मीका पती हौ
मलाई जान  देऊ
बरु चारै गोडामा म ढोकिदिन्छु ।

उसले भन्यो ,फाल्दै नाकबाट गन्दको  पर्रा
मानौ धुतेकोथ्यो टन्न लोकल ठर्रा -
मेरा लक्ष्मी त कती छन कती
तिमीलाई बहु विवाहको  बात लाग्ला
तर आफुलाई यसमा डर छैन रती
तिमी रातो बस्त्रमा रहेछौ
भन्द्याछु है
म त देखी सहन्न रातो बस्त्र लाउने जती ।

मैले यसको रहश्य खोजे
उसले भन्यो फुलाउदै भोजे -
जिबन भरी मालिकलाई बोक्नुबोके
एक दिन विवाह गराइ दिन कुरा पोखे
उनले हुन्छ हुन्छ भन्दै फुलाउदै लगे
भोली भोली भनी भुलाउदै लगे
पछी आँफै रातो सारी  लाएछन
चक्मा दिन प्रेमिका भइ पो आएछन
मैले पनि दङग पर्दै कयौ दिन बोके
एक दिन रहश्य खुले पछी
मालिक मन्दिरमा कुलेलम ठोके
त्यसैले आज
रातो बस्त्र देखी कि रिस उठछ
पछाडिबाट सिङले उनी दिउकी क्रोध छुट्छ
आज सम्म शिवालयमा
उनैलाई पर्खि बस्याछु
तिमीलाई के थाह
म कहाँ कहाँ कसरी फस्याछु ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers