हामीले भने पछी
बन्दुक ठोक्नेको पनि बढुवा हुन्छ
जस्ले ठोक्दैन बन्दुक
उसैको रातारात सरुवा हुन्छ ।
पत्रकारहरु
एउटा डिकेन्द्रको कुरा गर्दैछन
अझै हेर्दै जाऊ
कती डिकेन्द्र फेरी तरुवा हुन्छ
अब त
लाल सेना पनि हाम्रै
बहाल सेना पनि हाम्रै
सत्ता पनि हामै
भत्ता पनि हामै
चुनाव नभए पनि हाम्रै राज
फेरी चुनाव भए पछी पनि
धाधली गरेर भए पनि हाम्रै ताज
बरु प्रतीपक्षले कुरो बुझी राख
को कसरी कहाँ हरुवा हुन्छ ।
तिमीले आन्दोलन गरे पछी
हामी प्रतिआन्दोलन गर्ने
तिम्रो आन्दोलन शान्तीपूर्ण भए पनि
हामी त बानी परेका
हाम्रो आन्दोलन बन्दुक भरुवा हुन्छ ।
डाडु पन्यो हातमा भए पछी
देशको धुकुटी खाने पनि हामी
शेसको सुकुटी खाने पनि हामी
गाई ब्यावोस कि गोरु
बिखुती खाने न हौ हामी
तिम्रो जती ओठ मुख सुके पनि
हाम्रै हातमा पानी खाने करुवा हुन्छ ।
बन्दुक ठोक्नेको पनि बढुवा हुन्छ
जस्ले ठोक्दैन बन्दुक
उसैको रातारात सरुवा हुन्छ ।
पत्रकारहरु
एउटा डिकेन्द्रको कुरा गर्दैछन
अझै हेर्दै जाऊ
कती डिकेन्द्र फेरी तरुवा हुन्छ
अब त
लाल सेना पनि हाम्रै
बहाल सेना पनि हाम्रै
सत्ता पनि हामै
भत्ता पनि हामै
चुनाव नभए पनि हाम्रै राज
फेरी चुनाव भए पछी पनि
धाधली गरेर भए पनि हाम्रै ताज
बरु प्रतीपक्षले कुरो बुझी राख
को कसरी कहाँ हरुवा हुन्छ ।
तिमीले आन्दोलन गरे पछी
हामी प्रतिआन्दोलन गर्ने
तिम्रो आन्दोलन शान्तीपूर्ण भए पनि
हामी त बानी परेका
हाम्रो आन्दोलन बन्दुक भरुवा हुन्छ ।
डाडु पन्यो हातमा भए पछी
देशको धुकुटी खाने पनि हामी
शेसको सुकुटी खाने पनि हामी
गाई ब्यावोस कि गोरु
बिखुती खाने न हौ हामी
तिम्रो जती ओठ मुख सुके पनि
हाम्रै हातमा पानी खाने करुवा हुन्छ ।
No comments:
Post a Comment