Saturday, January 26, 2013

सहमती अझै जारी छ ।


चार दल
पशुपतिका चार ढोका जस्ता
सबैका सकल्प पनि
पानीका फोका जस्ता
सहमतीमा पुग्न सिस्नोको घारी छ
तर पनि भन्दैछन
सहमती अझै जारी छ ।

एउटा आन्दोलन छेड्छ
अर्को जनपरिचालन खेर्छ
भत्ता पक्ष हरेक दिन कुरा फेर्छ
प्रतिपक्ष छक्क परी टुलुटुलु हेर्छ
प्रधानमन्त्री भन्छन -
सत्ताको साचो पारी छ
तर पनि
सहमती अझै जारी छ ।

राष्टपती पनि
कहिले म्याद थप्दै
सबै दललाई बोलाउछन
जे गर्दा पनि केही नहुँदा
अब के गर्ने भनी टोलाउछन
तर भन्छन -
पार्टिहरुकै कोट्मा खेल्ने चारी छ
तर पनि
सहमती अझै जारी छ । 

यहाँ न बत्ती छ न इन्धन छ
देश,जनतालाई झन बन्धन छ
न देशमा कुनै बिकास छ
न शान्ती र चयनको निकास छ
जनतालाई खाली ऋनको भारी छ
तर पनि नेता भन्दैछन-
सहमती अझै जारी छ ।  

हरेक दल यहाँ
सिसा झै फुटछ
घैटो झै जुट्छ
हरेक दलमा
गुट उपगुट छ
जस्ले जती डिङ हाके पनि
सबै नेताको नक्कली दारी छ
तर पनि सबै भन्दैछन
सहमती अझै जारी छ ।

Like · · ·

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers