मेरो घर नजिक
एउटी अधबैसे महिला थिइन
मलाई नै हेरे जस्तो लाग्थ्यो
तर एक दिन चकमा देइन ।
उनले सधैं
म तिर हेर्दा मस्किए झै लाग्यो
मसङ्ग बोल्दा जिस्किए झै लाग्यो
एक दिन मन दरो पारेर
उनलाई जिस्काउदै भने-
तिम्रो मुस्कान
झरनाको पानी जस्तै मिठो लाग्छ
तिम्रो नजर
एक गिलास रक्सी भन्दा छिटो लाग्छ
अझ तिमीलाई देखे पछी
यो उमेरमा पनि आज
मलाई सोर्ह बर्षे ठिटो लाग्छ
उसले मेरो गालामा झ्याम्म पारी
पापीनिले मेरा नक्कली दात नै झारी
सातो लिउला झै गर्जी -
उमेरले डाडा काटे पछी
के को सोर्ह बर्षे ठिटो लाग्छ
मेरो मुस्कान त
तिमीलाई भन्दा
तिमीलाई कुर्ने
तिम्रो कान्छालाई झन मिठो लाग्छ
तिमी जस्ता बुढा त
मेरा घर त्यसै पर्याछन
आप खान नसकेर
चौकीदारी मात्र गर्याछन
उस्ले कुरा खोल्दै भनी -
म त तिमीलाई देखी कहाँ मस्केकी हुँ ?
तिम्रो भुसतिघ्रे कान्छोसँग पो जिस्किएकी हुँ ।
एक दिन कान्छो घरबाट हरायो
उसैले उडाएछ बजियानिलाई पनि
उसको श्रीमान उजरी हाली
मलाई पो बदनामी गरायो ।
एउटी अधबैसे महिला थिइन
मलाई नै हेरे जस्तो लाग्थ्यो
तर एक दिन चकमा देइन ।
उनले सधैं
म तिर हेर्दा मस्किए झै लाग्यो
मसङ्ग बोल्दा जिस्किए झै लाग्यो
एक दिन मन दरो पारेर
उनलाई जिस्काउदै भने-
तिम्रो मुस्कान
झरनाको पानी जस्तै मिठो लाग्छ
तिम्रो नजर
एक गिलास रक्सी भन्दा छिटो लाग्छ
अझ तिमीलाई देखे पछी
यो उमेरमा पनि आज
मलाई सोर्ह बर्षे ठिटो लाग्छ
उसले मेरो गालामा झ्याम्म पारी
पापीनिले मेरा नक्कली दात नै झारी
सातो लिउला झै गर्जी -
उमेरले डाडा काटे पछी
के को सोर्ह बर्षे ठिटो लाग्छ
मेरो मुस्कान त
तिमीलाई भन्दा
तिमीलाई कुर्ने
तिम्रो कान्छालाई झन मिठो लाग्छ
तिमी जस्ता बुढा त
मेरा घर त्यसै पर्याछन
आप खान नसकेर
चौकीदारी मात्र गर्याछन
उस्ले कुरा खोल्दै भनी -
म त तिमीलाई देखी कहाँ मस्केकी हुँ ?
तिम्रो भुसतिघ्रे कान्छोसँग पो जिस्किएकी हुँ ।
एक दिन कान्छो घरबाट हरायो
उसैले उडाएछ बजियानिलाई पनि
उसको श्रीमान उजरी हाली
मलाई पो बदनामी गरायो ।
No comments:
Post a Comment