Friday, August 9, 2013

गिरजाबाबुको चिट्ठी


मेरा प्यारा जनताहरु
मै जस्ता
सकुनी  दुर्योधन
रावण रुपी नेताहरु
भोक भोकै झोला बोकी हिंड्ने
कठैबरा कार्यकर्ताहरु
यहाँहरु सबैलाई धन्यबाद
राष्ट्रपती हुने बाहेक
अरु जे जे भन्यो जुराइ दिनुभो
यहाँसम्म कि
आज मृत्य लोकबाट मलाई
सिधै  स्वर्गलोक पुराइ दिनुभो
यहाँ मलाई
मृत्युललोक भन्दा आरम छ
यता पनि प्रजातन्त्र आए छ की
हाम्रो लोकतन्त्र भन्दा पनि
ईन्द्रतन्त्र  नरम छ
आरामको निद्रा लाग्याछ
टेन्सन र चिन्ता पनि भाग्याछ
नेपालमा जस्तो छेमिकिहरुको
यो गर भनेर न फोन आउछ
यो नगर भनी न टोन आउछ ।
फेरी मैले नेपाल छदा
ज्ञानतन्त्रलाई हटाएर हो कि
ईन्द्र पनि अलिक डराउछन
गणेशमान ,कृष्णप्रशाद,
मनमहोन भन्दा
मलाई नै धेरै सह्राउछन ।

कृष्णप्रशाद त यहाँ पनि
बनारसी पान चपाउछन
महाभारत गीता समाछान
मुड चल्यो भने इन्द्रसंगै
पलेटी कसेर
कपालिनीहरुसंग  रमाउछन ।
गणेशमान चाही खै कता तिर
प्रजातन्त्रको लागि लड्न गाकाछन
मनमोहन बिचरा भर्खरै
कुन देशमा कम्युनिस्ट सकियो भन्दै आकाछन
मदन भण्डारी यता पनि
बिरेन्द्रलाई भेटे की मैदान भिडन आक्दै
नव जनबादी भाषण ठोक्याछन
तर साझ बिहान सुटुक्क
ईन्द्रलाई चाही ढोक्याछन
जिउदा नेताको बारेमा के  लेख्याछन भनी
एकदिन सुटुक्क
चित्रगुप्तको बैखाता हेर्‍याथे
बुढाले यस्तो कुरो पो केर्‍याथे
सुशिलदा (तपैहरु भन्नु हुन्छ )
नबोलीको ढङ्गछ
न काममा उमङ्गछ
न काम बिगार्छन न काम बनाउछन
न त अरु जस्तो घुस खाइ गन्हाउछन
उनले पनि बैतरनी त तर्‍याछन
तर यता आए पछी भङ्गीको काममा पर्‍याछन
के पि ओली पनि
स्वर्गको भर्याङ्ग चाड्याछन
यता पनि उनी
उकान टुक्का भन्नेमा पर्‍याछन
प्रचन्ड पनि छेउकै डबलीमा पर्‍याछन
तर उनी यता त
मासु काट्ने काममा पो पर्‍याछन
बैध बाको अझै कुनै ठेगान छैन
सबै भन्छन उनलाई
स्वर्गै बोलायो भने पनि आउने हो कि होइन
तर एउटा कुरा सबैलाई भन्द्याछु
अब उपरान्त पनि
जनताको संबिधान बनायौ भने
तिमीहरु पनि स्वर्गमा राम्रै सम्मान पाउला
नत्र चित्र गुप्त बुढाको ठुलै ल्वाप्पा खाउला ।


Friday, July 12, 2013

अब त मलाई चिन्नु भो


एक दिन अक्कल बहादुरलाई
एउटा साहित्य गोस्ठिमा
प्रमुख अतिथी हुने मौका मिल्यो
पाठकसम्म पुग्ने नौका मिल्यो
तर बिडम्बना
नकसैले श्रदाले उनलाई ढोके
नकसैले चिनेर सलाम ठोके
आयोजकले चर्चित किताब भन्दै
दुइचार वटा किताबले उनलाई जोखे
तर कसैले उनलाई पढे जस्तो लागेन
उनको चिनारी अघी बढे जस्तो लागेन
कार्यक्रमको अन्तमा उनले भाषन ठोके
अरुको भन्दा आफ्नै po कुरो धेरै पोखे -
मैले भन्नु हुन्छ भने
अहिलेसम्म तीन दर्जन पुस्तक लेखे
लेखनाथका भन्दा  धेरै लेखे
देबकोटाका भन्दा धेरै निबन्द लेखे
शङ्करको भन्दा धेरै प्रबन्ध लेखे
सिद्दीको भन्दा धेरै कबिता लेखे
भैरबको भन्दा धेरै ब्यङ्गिता लेखे
फलानो किताब मेरै हो
फलानो उपन्यास मेरै हो
तर त्यहा
कसैले उनलाई पढे जस्तो लागेन
उनको कुरोमा गढे जस्तो लागेन
उनले फेरी भने-
मेरो कलम बहुढङ्गी छ
मेरो मसी बहुरङ्गी छ
बुढाबुढी देखी केटाकेटीसम्म लेख्छ
ठिटाठिटी देखी जेठाजेठीसम्म लेख्छ
अब त मलाई ,तपाइहरु चिन्नु भो
यहा कसैले मेरो किताब किन्नु भो ?
नजिकैको एउटा ठिटोलाई सोधे
उसले कुनै पुस्तक नपढेको उत्तर दियो
फेरी एउटी अधबैसे महिलालाई सोधे
उनको पनि त्यस्तै त्यस्तै प्रतिउत्तर थियो
अन्त एउटा बयोब्रिद्दलाई सोधे
उसले लामो सास लिए
चकमा दिने उत्तर दिए -
तपाईं कबी भनू कि के भनू
निबन्धकार भनू या जे भनू
सन्ख्यात्मक लेख्ने चक्करमा नलाग्नुस
गुनात्मक लेख्ने टक्करमा लाग्नुस
सयौ लेखे पनि
तपाईंलाई कस्ले चिन्ने
तपाईंले जती मपाइ गरे पनि
अरु कस्ले तपाईंलाई तपाईं भन्ने
गन्नै नसक्ने साहित्यकारमा
तपाईंलाई खै कसरी गन्ने
थोरै तर राम्रो लेख्न थाल्नुहोस
धेरै लेखी ठुलो भईन्छ
भन्ने त्यो भ्रम फाल्नुहोस
बेकारी किताब निकाल्नु भन्दा
त्यो पैसो छपक्क खल्तिमा हल्नुहोस
आफ्नै लागि लेख्ने हो भने
आफ्नै घर सजाउनुहोस
अरुको बुककेस भर्ने भए
आफ्नै डम्फु नबजाउनुहोस
थाङ्ने थोत्रा कुरा लेखी
ब्यर्थमा दिमाग नतताउनुहोस
बुढाले दर्सकदिर्घमा हेर्दै भने
उहाले जे जती भने पनि
तर  कुरो कसैले नपताउनुहोस ।
बुढाको कुरो नन्दलाई रनक्क लाग्यो
आजको आतिथ्य झन दनक्क लाग्यो
कहिलै नउठने रिस झनक्क जाग्यो
घरमा गए पछी
सारा किताब डोकोमा हालिदे
कहिलै नखोल्ने पोकोमा फालिदे
आजभोली नन्दराम कुल भएर
नयाँ कुरो सोच्दैछन
आफ्नो कुरो होइन अब
अरुकै नयाँ कुरा लेख्न खोज्दैछन ।





अक्कल बहादुर

     
न ब्यापार गर्थे
न जागिर खान्थे
तर जहाँ पनि
ठाट्बाटले जान्थे
कोही उनलाई
उधोगपती ठान्थे
कोही उनलाई
उच्च घरानिया मान्थे
कोही कोही उनलाई
सरकारवाला पनि ठान्थे
छोराछोरी पनि
बाउ  ठुलै हुनकी मान्थे
किनभने 
घरमा जादा सधैं
फलफुल मासु लान्थे
जसरी भए पनि
मिठोमसिनो नै खान्थे
एक दिन 
पुलिसले उनलाई पक्राउ गरे
चिन्ने जती सब छक्क परे
कसैले भने कालो बजार गरे
कसैले भने भ्रष्टचारमा परे 
पोलिसले खोज तलास गर्दा
सब छक्क परे
अक्कल बहादुरअको 
धन कमाउने नक्कल 
गजबकै रहेछ अरे
उनि नयाँ नयाँ पसल खोज्थे
टाइशुट सहित लाग्थे
पसलेसँग दशथरिका समान माग्थे
दुइचारवटा सुटुक्क खल्तिमा राख्थे
अन्तमा जे छैन पसलमा त्यही कुरो माग्थे
समान त्यही राख्थे
एकछिन आउछु भन्दै, अर्को पसलमा लाग्थे
के फर्केर आउथे 
उतैबाट कुलेलम ठोक्थे ।




कहिले अक्कल बहादुर  
घरमा भोज छ भन्दै
नजिकै कसैको घर देखाउथे
समान लिस्ट चाहियो भनी लेखाउथे
केही रकम एड्भान्स दिदै
टन्न समान अडर गर्थे
आज कमाइे हुने भो भनी
पसले पनि मख्ख पर्थे
घर पुरादेऊ भन्दै
भारियालाई टन्न भारी बोकाउथे
भरियाले बाटो बिरायो भन्दै
बाटो तताउथे
भरियालाई समान
अरुकै घरको गेटमा  राख्न लगाइ
अर्को खेप लिन अह्राउते
जब भरिया अर्को भारी लिएर जान्थ्यो
अक्कल बहादुर, समान बोकी हराउथे
जब साउजी कुत्दै त्यहा पुग्थे
भोज भनेको घरमा कुकुरहरु भुक्ते । 
कहिले अक्कल बहादुर 
मिस्टान पसलमा छिर्थे 
टन्न खाजा खान भिर्थे
थप मिठाइ
होमप्याकलाई अर्डर गर्दै 
हातमा सुर्ती मिर्थे
पान खान्छु भन्दै  
नजिकको पसलमा छिर्थे    
बिरालो चलमा उतैबाट हिड्थे  ।

एक दिन यस्तै धन्दा गर्दा
पोल खुल्यो
पुलिसको फन्दामा पर्दा
साथीहरुले थुके, इस्टमित्रले थुके
आजभोलि नन्दराम 
देखिदैनन सहरमा, खै कहाँ लुके ।








Friday, July 5, 2013

तारेमाम बाजे तारेमाम

तारेमाम बाजे तारेमाम
ल आउनुस यतै
सँगै बसेर
भुटन छोइलासँग
अलिकती ओइला खाम ।
बाजेले भनेको
पहिले पनि तिमी
हाम्रै घरमा आएकाथ्यौ रे
त्यो बेला
चिउरा र अचार मात्रा खाएकाथ्यौ रे
अब त तिमी पनि
अरु बाजे जस्तै
ठुलो खसी खान्छौ होला
कचिला र सेकुवासङ्ग
लोकल वासा तान्छौ होला
अबका बाजेहरु त
मजाले ठुलो खसी छिराउछन
आउँदा दशैहरुमा लाग्छ
सानो खसिको ठाउमा
घरैमा ठुलो खसी गिराउछन ।
लसकुस बाजे लसकुस
ल आउ आज यतै बस
के छ तिम्रो हालखबर
बरु बताऊ रसरस
यहाँ त जमना धेरै बदली सक्यो
मान्छे झन धेरै फेरीइ सक्यो
रामहरु सबै भागीसके
रावणहरु मात्रा बाँकी छन
पान्डपहरु पनि कतै लागिसके
अब कौरबहरु नै बागीछन
सत्त जस्ले पनि छोड्न सक्छन
तर सत्ता कसैले छोड्दैनन
लत्त जस्ले पनि छोड्छन यहाँ
तर भात्ता कसैले छोड्दैनन
अब फेरी तिमी
राबायण लेख बाज्या राबायण
कस्ले पढला तिम्रो रमायाण
बाजेले भनेको
तिमी त्यो बेला
कानमा जनै राखी
पाइखाना जान्थ्यौ रे
कछनी फेरी मन्त्र जपी
अनी मात्र भात खान्थौ रे
अहिले त बाज्या
बहुन हुन कि छेत्री
टुपी सबैले फालिसके
जनै खोलामा हालिसके
त्यसैले
अब त
सुटबुट लाऊ बाज्या शुटबुट
अनी मात्र हुन सक्छ तिम्रो
सभ्य नागरिकसङ्ग बसउठ
टाइ लाऊ बज्या टाइ
नेपाली होइन अङ्ग्रेजी बोल
बल्ला होला तिम्रो हाइ हाइ
तारेमाम बज्या तारेमाम
बाटोघाटो यहाँ सधैं जाम
सडकहरु साघुरा भए 
गाडीहरुको छ लामो लाम
आउ बाज्या यतै बस
जे परे पर्ला आज
ह्वस्की र बियरसँग
चटामरी मम शितल खाम ।


Thursday, July 4, 2013

ज्ञान भैरब


बिष्णुलाई मान्थे
माहादेबलाई मान्थे
त्यो भन्दा पनि धेरै
ज्ञान भैरबलाई मान्थे
त्यसैले हरेक हप्ता
उनकै दर्शन गर्न जान्थे
एक दिन
ज्ञान भैरबलाई
लाखौ लाख धन देऊ
स्वस्थ रहिरने तन देऊ
अरु थुप्रै कुरा मागें
बरु कै चढाउन परे
टक्रयाउछु भनी भाकें
छ भनी तिमीसंग
यि  सबै कुरा देऊ
छैन भने
मसंग जे छ त्यो पनि लेऊ
दिने कुरो त बुढाले के दिन्थे
बरु कहिले बत्ती बाल्ने भन्दै
कहिले पेडा खाने भन्दै
कहिले परेवालाई चारो भन्दै
दुई चारदाम लिन्थे ।
एक दिन
ज्ञान भैरबले साक्षतकार बोले
मेरो आत्म ज्ञान नै खोले –
पाँच दश रुपैया चढाएर
पाच दश लाख माग्छौ
मनोकामना पुरा भए पछि
तर्की तर्की भाग्छौ
भेटी भन्दा धेरै माग्ने
कुन ब्याजमा लगाएको हौ
मान्छेले मान्छेलाई दिने घुस
के मलाई पनि दिइ फकाएका हौ ?
मलाई तिम्रो भाकल होइन
तिम्रो भेटी पनि होइन
श्रद्वाको फुल दिए पुग्छ
सबलाई सपारे  भगवानले
तर मान्छलाई सपार्न नसक्दा
साह्रै यो मन दुख्छ ।







ठोक्तकहरु-10


माइक्रोबस
खाँदिएका मान्छे देख्दा
सिन्की हाल्ने ताउलो हो की
ठिटी देख्दा सिटी बजाउने
अल्लारे यो उत्ताउलो हो कि
बाटो भरी आन्द्रा भुँडी
चुडिएला भैm हल्लाउछ
लाग्छ यो
काठमाण्डुको खाउलो हो कि ।


उहिलेका ऋषिमुनि
पहिलेका ऋषिमुनिहरु
अहिलेका सिसीमुनिहरु
उहिले ती
भगवान भैm पुजिन्थे
तर अहिलेका छन्
जनमानसमा खिसीमुनीहरु ।

     दुःख
दुख संगीत पनि त हो
यसलाई बजाउन सिक
दुख पनि एउटा जिन्दगी हो
यसलाई सजाउन सिक
दुखमा बाच्दा पनि मजै हुन्छ
यसलाई कजाउन सिक
दुखैमा हुन्छ इश्वर हुन्छ
त्यसैले
यसलाई रिझाउन सिक ।













मेरो गाउँ

मेरो गाउँ
सदियौ देखी मेरो गाउँ
बबै किनारमा उभिएर
बल्छी खेल्दै
चरिङ्गा माछा मार्दै
सेतला माछा पार्दै
हामीसित रमाउँथ्यो
कहिले पेटको जोह गर्न
घामपानी पनि नभनीकन
सोना बादी, भुर्के बादीसंग
माछा मार्ने जाल समाउँथ्यो ।
मेरो गाउँ
हात मुख जोर्न
पसिना बगाउदै
बारीका डल्ला फोर्न
बीरबहादुरहरुलाई
शेरबहादुरहरुलाई
हलो र कोदालो थमाउथ्यो
र त
खेतका फाँटहरुमा धान झुल्दथ्यो
बारीका पाटाहरुमा तोरी फुल्दथ्यो
हामीसंग पनि
कहिले केटाकेटी भएर
चरा मार्न , आँप चोर्न
गांछी गांछीमा डुन्दथ्यो
तर आज
खेतमा धान झुल्दैन
बारीमा तोरी फुल्दैन
गांछीमा गाँउँ डुल्दैन
खेतबारी सबै बाँझा छन्
शेरु र बिरु पनि बुढा छन्
तन्नेरीहरु पनि
कोही मास्टर छन
कोही डाक्टर छन
कोही बिदेस छन
कोही दुर स्वदेस छन्
आजभोली
बिरबहादुर खादैन आप्mनो खेतको भात
छोराले पठाएको रेमीटयान्स खान्छ
शेरबहादुरहरु पनि ्सक्दैन चलाउन हात
जनयुद्वमा मरेको छोराको


पेन्सन लिन सहर जान्छ
खेल्दैनन जाल भुर्केहरु
माछाहरु कल्प पसेकाछन्
डुल्दैन गाँऊ गाछीहरुमा
केटाकेटीहरु पनि सहर बसेका छन
घन्कीदैन वनपाखाहरु
साइली माइलीहरु पनि
मेलापात छोडी
दिनार र रियाल गन्दै
सहरमै पलेटी कसेका छन
चर्दैनन गाईहरु  बगरमा
गोठालाहरु पनि
सिमला जान गठेरी बोकेका छन
उडदैनन चराहरु सगरमा
खोलानाला तालमा पनि
मान्छेले बिष पोखेका छन
त्यसैले नदी पनि अचेल
अल्छी मानी मानी बगेकोछ
लाग्छ टाढा टाढाँ
झनै टाढाँ
साथमा मेरो अतितलाई लगेकोछ ।



एक दिन पार्वती र महादेब


एक दिन
पर्वतीले महादेबलाई भनिन–
स्वामिजी
यो बुढो गोरु कति चढ्नु
तपाईं पनि
पल्सर न्यानो हाक्नु पर्यो
यो प्रेयसिलाई
नेपाल भारत
घुमाउन आक्नु पर्यो
पर्वतीको कुरो सुने पछी
महादेवले फकाउदै भने –
मेरी डार्लिङ्ग
गाडी चलाऊनलाई लाइसेन्स चाहिन्छ
हामी देबतालाई त्यो कसरी पाईन्छ
लाइसेन्स पाउन कतिलाई मनाउन पर्छ
तिमीलाई के थाह
जाबो कागत टुक्रोलाई
कतिको लुतो कनाउनुपर्छ
पल्सरमा घुमाउदा तिमीलाई
मुन्दे्र मुन्डलेले ताक्न सक्छ
तिमीलाई थाहै छ मेरो रिस
मुन्छेलाई हान्दा,त्यो बाटो छेक्ने
मेरै बाहान साँढेलाई
लाग्न सक्छ
अझै गार्हो कुरो
यो सोझो महादेवसँग
जालन्धरले जस्तै
त्यो धुर्त मान्छेले पनि
तिमीलाई माग्न सक्छ ।
तर पर्वतीले जिद्दी गरी छाडिन
पल्सरको पछाडी चढी छाडिन
पल्सर हावामा हुइकिन थाल्यो
सडक थर्काउदै सुइकिन थाल्यो
पहिलो पहिलो चढाइ बाइकको
ब्रेक लगाउदा बाँस भैm
कुइकिन थाल्यो
पुलिसले रोक्न घारो नै टाग्यो
बुढासँग तु लाइसेन्स माग्यो
महादेवले भने –
म मान्छेलाईलाई लाइसेन्स दिने देव हुँ
के को लाइसेन्स ! म देवका पनि
महादेव हुँ
यि पछी बसेकी मेरी पार्वती हुन
तिमीलाई थाहै छ
यि मेरी आप्mनै श्रीमती हुन ।
आप्mनो नाकलाई
महादेवको मुखमा सुघाउदै भन्यो –
बुढो त देउसै मातेर आकोछ
टुन्न भाङ धतुरो सबै लाको छ
पुलिसले लाठी घुमाउदै भन्यो–
तिमीलाई थाह छैन
काठमाण्डुमा मापासे छाको छ रु
छ भने खुरुक्क लाइसेन्स देखाउ
नत्र जरिमाना तिर्न आप्mनो नाम लेखाऊ
महादेव भने–
बालक म महादेब नै हुँ
पार्वतीलाई घुमाउन ल्याएको
पशुपतिमा भक्तले दिए पछी
यसो बुटी लिन भ्याएको
पुलिसले भन्यो –
अस्ती एउटा लल्लुले
आफुलाई राम, तरुनिलाई सिता भन्दैथ्यो
हिजो अर्काे कल्लुले
अफुलाई कृष्ण र तरुनिलाई गीता ठान्दैथ्यो
आज अर्काे झल्लुले
आफुलाई महादेव तरुनीलाई पार्वती भन्दैछ
भाङ र धतुराकोे सुरमा
आफुलाई देवता ठान्दैछ
महादेब भने –
हेर बालक
तिमीलाई जाबो देश चलाउन
टेन्सन भएर
बोतलका बोतल रक्सी तान्छौ
दिन भर असुली गरेर
त्यही पैसोले रातभर जाँड खान्छौ
बिहान उठी आँखा मिच्दै
फेरी अशुलीमा जान्छौ
मलाई त झन संसार चलाऊदा
के के हुन्छ
दुई चार चिमिल तान्दैमा
यसले के छुन्छ ?
पुलिसलाई झोक चलेपछी
भन्यो –
तिमी बुढालाई दुई चार लात हानेपछि थाह हुन्छ
अब के के हुन्छ
उसले अन्तिम उपाए सुल्झाउदै
बुढालाई कुना लाग्दै भन्यो –
छ भने दाम
यसो खल्तीमा हालिदिए हुन्छ
छैन भने
तिम्री तरुनी
हाम्रो काखमा फालिदिए हुन्छ
नत्र भने
दुबैलाई कडा सजाए हुन्छ
त्यस पछी त
महादेब पार्वती अन्तर ध्यान भए
सकैदैन यो मान्छेसंग भन्दै
कैलाश तिर गए
मोटर बाइको धुवाले
पोलिस कास्दै थियो
बुढो त खल्ली जादुकर रहेछ
भन्दै उ हाँस्दै थियो ।

यष्।िउचझ२नmबष्।िअयm

पुरानो गल्ली






तिम्रै महल अगाडि
एउटा पुरानो गल्ली छ
कहिले जलको 
हल्लिखल्ली छ
कहिले ढलको 
चिल्लिबिल्ली छ
मान्छेको  झन त्याहा
ठुलै   उल्लिबिल्ली छ ।
नेताहरु आउछन
नोटमा भोट साटन
किनकी त्यहाँ
भोको तसल्ली छ
युबाहरु आउछन
ओठमा ओठ साट्न
किनकी त्यहाँ
भोका बच्चाकी आमा
एउटी डल्ली छ
अरु केही  नबहे पनि
उसङ्ग अहिले जवानी छ

त्यसैले सबको मनभुल्ली छ।

सुनेको छु त्याहा
मान्छे दिउसै लुटिन्छ
मान्छे दिउसै कुटिन्छ
किनकी त्यहा माहा छल्ली छ
दिनमा सुतेर
साझमा टुन्न परेर हिंड्ने
बत्ती नभएको गल्ली छ 
भन्छन यो
गाजा चरेसको  अंमल्ली छ ।

न ससकृती न दिक्षा
न ईलम न  शिक्षा
न शान्ती न सुरिक्षा
Je chhea सबको त्यहा
सधैं  बिचल्ली छ।

गरीब देशको  धनी तिमी
तिम्रै घरको नजिक
एउटा पुरानो गल्ली छ
जे छ त्यहा
सबैको बिचल्ली छ ।


 http://sphotos-h.ak.fbcdn.net/hphotos-ak-prn1/35823_1383122010722_1436104_n.jpghttp://sphotos-e.ak.fbcdn.net/hphotos-ak-prn1/28255_1383122730740_6788804_n.jpg


About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers