तिम्रै महल अगाडि
एउटा पुरानो गल्ली छ
कहिले जलको
हल्लिखल्ली छ
कहिले ढलको
चिल्लिबिल्ली छ
मान्छेको
झन त्याहा
ठुलै
उल्लिबिल्ली छ ।
नेताहरु आउछन
नोटमा भोट साटन
किनकी त्यहाँ
भोको तसल्ली छ
युबाहरु आउछन
ओठमा ओठ साट्न
किनकी त्यहाँ
भोका बच्चाकी आमा
एउटी डल्ली छ
अरु केही नबहे पनि
उसङ्ग अहिले जवानी छ
त्यसैले सबको उ
मनभुल्ली छ।
सुनेको छु त्याहा
मान्छे दिउसै लुटिन्छ
मान्छे दिउसै कुटिन्छ
किनकी त्यहा माहा छल्ली छ
दिनमा सुतेर
साझमा टुन्न परेर हिंड्ने
बत्ती नभएको गल्ली छ
भन्छन यो
गाजा चरेसको अंमल्ली छ ।
न ससकृती न दिक्षा
न ईलम न
शिक्षा
न शान्ती न सुरिक्षा
Je chhea सबको त्यहा
सधैं
बिचल्ली छ।
गरीब देशको धनी तिमी
तिम्रै घरको नजिक
एउटा पुरानो गल्ली छ
जे छ त्यहा
सबैको बिचल्ली छ ।


No comments:
Post a Comment