तारेमाम
बाजे तारेमाम
ल
आउनुस यतै
सँगै
बसेर
भुटन
छोइलासँग
अलिकती
ओइला खाम ।
बाजेले
भनेको
पहिले
पनि तिमी
हाम्रै
घरमा आएकाथ्यौ रे
त्यो
बेला
चिउरा
र अचार मात्रा खाएकाथ्यौ रे
अब
त तिमी पनि
अरु
बाजे जस्तै
ठुलो
खसी खान्छौ होला
कचिला
र सेकुवासङ्ग
लोकल
वासा तान्छौ होला
अबका
बाजेहरु त
मजाले
ठुलो खसी छिराउछन
आउँदा
दशैहरुमा लाग्छ
सानो
खसिको ठाउमा
घरैमा
ठुलो खसी गिराउछन ।
लसकुस
बाजे लसकुस
ल
आउ आज यतै बस
के
छ तिम्रो हालखबर
बरु
बताऊ रसरस
यहाँ
त जमना धेरै बदली सक्यो
मान्छे
झन धेरै फेरीइ सक्यो
रामहरु
सबै भागीसके
रावणहरु
मात्रा बाँकी छन
पान्डपहरु
पनि कतै लागिसके
अब
कौरबहरु नै बागीछन
सत्त
जस्ले पनि छोड्न सक्छन
तर
सत्ता कसैले छोड्दैनन
लत्त
जस्ले पनि छोड्छन यहाँ
तर
भात्ता कसैले छोड्दैनन
अब
फेरी तिमी
राबायण
लेख बाज्या राबायण
कस्ले
पढला तिम्रो रमायाण
बाजेले
भनेको
तिमी
त्यो बेला
कानमा
जनै राखी
पाइखाना
जान्थ्यौ रे
कछनी
फेरी मन्त्र जपी
अनी
मात्र भात खान्थौ रे
अहिले
त बाज्या
बहुन
हुन कि छेत्री
टुपी
सबैले फालिसके
जनै
खोलामा हालिसके
त्यसैले
अब
त
सुटबुट
लाऊ बाज्या शुटबुट
अनी
मात्र हुन सक्छ तिम्रो
सभ्य
नागरिकसङ्ग बसउठ
टाइ
लाऊ बज्या टाइ
नेपाली
होइन अङ्ग्रेजी बोल
बल्ला
होला तिम्रो हाइ हाइ
तारेमाम
बज्या तारेमाम
बाटोघाटो
यहाँ सधैं जाम
सडकहरु
साघुरा भए
गाडीहरुको
छ लामो लाम
आउ
बाज्या यतै बस
जे
परे पर्ला आज
ह्वस्की
र बियरसँग
चटामरी
मम शितल खाम ।
No comments:
Post a Comment