बिष्णुलाई मान्थे
माहादेबलाई मान्थे
त्यो भन्दा पनि धेरै
ज्ञान भैरबलाई मान्थे
त्यसैले हरेक हप्ता
उनकै दर्शन गर्न जान्थे
एक दिन
ज्ञान भैरबलाई
लाखौ लाख धन देऊ
स्वस्थ रहिरने तन देऊ
अरु थुप्रै कुरा मागें
बरु कै चढाउन परे
टक्रयाउछु भनी भाकें
छ भनी तिमीसंग
यि सबै कुरा देऊ
छैन भने
मसंग जे छ त्यो पनि लेऊ
दिने कुरो त बुढाले के दिन्थे
बरु कहिले बत्ती बाल्ने भन्दै
कहिले पेडा खाने भन्दै
कहिले परेवालाई चारो भन्दै
दुई चारदाम लिन्थे ।
एक दिन
ज्ञान भैरबले साक्षतकार बोले
मेरो आत्म ज्ञान नै खोले –
पाँच दश रुपैया चढाएर
पाच दश लाख माग्छौ
मनोकामना पुरा भए पछि
तर्की तर्की भाग्छौ
भेटी भन्दा धेरै माग्ने
कुन ब्याजमा लगाएको हौ
मान्छेले मान्छेलाई दिने घुस
के मलाई पनि दिइ फकाएका हौ ?
मलाई तिम्रो भाकल होइन
तिम्रो भेटी पनि होइन
श्रद्वाको फुल दिए पुग्छ
सबलाई सपारे भगवानले
तर मान्छलाई सपार्न नसक्दा
साह्रै यो मन दुख्छ ।
No comments:
Post a Comment