न
ब्यापार गर्थे
न
जागिर खान्थे
तर
जहाँ पनि
ठाट्बाटले
जान्थे
कोही
उनलाई
उधोगपती
ठान्थे
कोही
उनलाई
उच्च
घरानिया मान्थे
कोही
कोही उनलाई
सरकारवाला
पनि ठान्थे
छोराछोरी
पनि
बाउ ठुलै हुनकी मान्थे
किनभने
घरमा
जादा सधैं
फलफुल
मासु लान्थे
जसरी
भए पनि
मिठोमसिनो
नै खान्थे
एक
दिन
पुलिसले
उनलाई पक्राउ गरे
चिन्ने
जती सब छक्क परे
कसैले
भने कालो बजार गरे
कसैले
भने भ्रष्टचारमा परे
पोलिसले
खोज तलास गर्दा
सब
छक्क परे
अक्कल
बहादुरअको
धन
कमाउने नक्कल
गजबकै
रहेछ अरे
उनि
नयाँ नयाँ पसल खोज्थे
टाइशुट
सहित लाग्थे
पसलेसँग
दशथरिका समान माग्थे
दुइचारवटा
सुटुक्क खल्तिमा राख्थे
अन्तमा
जे छैन पसलमा त्यही कुरो माग्थे
समान
त्यही राख्थे
एकछिन
आउछु भन्दै, अर्को
पसलमा लाग्थे
के
फर्केर आउथे
उतैबाट
कुलेलम ठोक्थे ।
कहिले
अक्कल बहादुर
घरमा
भोज छ भन्दै
नजिकै
कसैको घर देखाउथे
समान
लिस्ट चाहियो भनी लेखाउथे
केही
रकम एड्भान्स दिदै
टन्न
समान अडर गर्थे
आज
कमाइे हुने भो भनी
पसले
पनि मख्ख पर्थे
घर
पुरादेऊ भन्दै
भारियालाई
टन्न भारी बोकाउथे
भरियाले
बाटो बिरायो भन्दै
बाटो
तताउथे
भरियालाई
समान
अरुकै
घरको गेटमा राख्न लगाइ
अर्को
खेप लिन अह्राउते
जब
भरिया अर्को भारी लिएर जान्थ्यो
अक्कल
बहादुर, समान बोकी हराउथे
जब
साउजी कुत्दै त्यहा पुग्थे
भोज
भनेको घरमा कुकुरहरु भुक्ते ।
कहिले
अक्कल बहादुर
मिस्टान
पसलमा छिर्थे
टन्न
खाजा खान भिर्थे
थप
मिठाइ
होमप्याकलाई
अर्डर गर्दै
हातमा
सुर्ती मिर्थे
पान
खान्छु भन्दै
नजिकको
पसलमा छिर्थे
बिरालो
चलमा उतैबाट हिड्थे ।
एक
दिन यस्तै धन्दा गर्दा
पोल
खुल्यो
पुलिसको
फन्दामा पर्दा
साथीहरुले
थुके, इस्टमित्रले
थुके
आजभोलि
नन्दराम
देखिदैनन
सहरमा, खै
कहाँ लुके ।
No comments:
Post a Comment