Monday, June 1, 2020

हे नेता



हे नेता
तिमीले गर्दा यहाँ कबी जन्मिएको
तिमीले गर्दा यहा रबी चम्किएको
तिमीले गर्दा गयकले गाउन पा
तिमीले गर्दा कलाकार कमाएर खा
तिमीलाई थाहा छैन होला
तिमीले गर्दा कलाकारले करोड कमाउछन
तिमीले गर्दा नै लेखक , कार्ट्निस्टले कलम समाउछन
तिमीले जे गर्न मन लाग्छ त्यो गर्नै पर्छ
तिमीले नगरे यहाँ अरु कसले गर्छ
सके राम्रो गर्ने हो
सके यस्तै यस्तै नराम्रो गर्ने हो
पहिले आफ्नो काम तमाम पार्ने ho
बचेँछ भने मात्र हाम्रो काम गर्ने हो
तिमीले जे गरे पनि यहाँ कसले देख्छ
देखे पनि अब तिमीलाई कसले छेक्छ
पुन्यू पनि तिम्रै हो डाडू पनि तिम्रै हो
त्यो रोक्तियार पनि तिम्रै साडु हो
गाउ लुट नगर लुट
तिम्रो बिरोद्धमा लेख्ने
ढाड भाच्चिने गरी कुट
सरकारी भन्दार फोर ढुकुटी फोर
घर जग्ग गाडी कती चाहिन्छ जोर
दुई चार जना फटह पत्रकार लेख्दैमा के हुन्छ
दुई चार कबी खोक्दैमा कसले छुन्छ
पोलिस्पनी तिम्रिहो सिडियो पनि तिम्रै हो
सेर्न पनि तिम्रै हो अक्तियर पनितिम्रै हो
हामी चुप्प लागेर बसेकै हो
तिमीले चुनाव आयो भने भोट् हाल्न
भेडा जस्तो लाइन बुथ भित्र पसेकै हो
हामीलाई बिकास पनि चाहिया  छैन
कुनै निकास पनि चाहिया छैन
हामी भन्छौ
तिमी  अरबपती बनेर देशलाई कङगाल बनाउ
तिमी खराब भएर हामी हरिकङ्गाल बनाउ
हानी तिम्रो लागि खाडी तिर बधुवा बन्न तयार छौ
उता जन नसक्ने भरत तिर गधुवा बन्न तयार छौ
तिमीले यस्तो नगरेको भए
 तिम्रो बारे मिठा मिठा गाली सुन्न कहाँ पाइन्थ्यो
तिमीले त्यस्तो नगरेको भए
तिम्रो बिरोध गर्दा त्यत्रो ताली सुन्न पाइन्थ्यो ?
तिमीले जुकाले जस्तो टन्न खाएर मज्जा ल्याकाछौ
हामीले नखाएर पनि तिमी जत्तिकै मज्ज लिएका छौ
त्य्सले हे नेताज्यू 
जनता मात्र किन बेच्छौ खाडी लगेर
सक्छौ भने देश पनि बेच पारी लगेर

 
 

हामी महा बुद्धु



उहिले उहिले
राजाका चम्चाहरु हुन्थे
भरौटेहरु हुन्थे
राजालाई उनिहरुले घेर्थे
उनिहरुले राजालाई जस्तो देखाउथे
राजाले पनि त्यस्तै त्यस्तै हेर्थे
राजाको सवारी पनि तिनीहरुले नै चलाऊथे
कबिलबस्तुको काउली लगेर रातारात
प्युठानमा फलाउथे
देशको बिकास देखेर राजा दङ्ग पर्थे
चम्चाहरुले राजको जयकार गर्थे
त्यो बेला खै राजा बुद्धु थिए कि बिद्वान
कि जाने चम्चा कि जाने भगवान ।
आज पनि
किचेन क्याबिनेटकाले बालुवाटार घेर्छन रे
बालुवाटार बस्नेले पनि
उनीहरुकै आँखाले देश हेर्छन रे
उनीहरु अहिले प्रधानमन्त्रिलाई
न कपिल बस्तु काउली प्युठान लगेर देखाउछन
न छेमिकीले सिमा मिचेर बाटो खनेको देखाउछन
उनिहरुले त देशमा पानी जहाज चेलेको
काला पत्थरमा सुन फलेको सपना देखाउछन
र प्रधानमन्त्री राणाकालीन राजा जस्तो
बालुवाटार भित्र बसेर देश चम्की रहेको सपना देख्छन
तपाई हामी बुद्धु बनाउन यस्तै यस्तै भाषणमा लेख्छन

त्यसैले त प्रधानमन्त्री भन्छन
मलाई न लकडाउन खुकुलो बनाको थाह छ
न ओम्नीलाई किट किन्न दिएको कुरो थाह छ
धरो धर्म मलाई छेमिकिले सिमाना मिचेको पनि पत्तो छैन
बरु भन्नुस त, भारतले सिमाना मिची बाटो बना कहाँ छ ?
अब यिनलाई पनि
राजालाई झै बिद्धान भन्ने कि बुद्धु
तर सबका कुरा पत्याउने हामी,  महा बुद्धु ।

हे सृष्टीकर्ता


हे सृस्टि कता
बिदेश तिर चाँही त्यस्ता त्यस्ता हर्ताकर्ता
हाम्रो देशमा चाँही यस्ता यस्ता हर्ताकर्ता
हामीलाई अन्याय गर्या हौकी मजाक गर्या हौ
कि सच्च्याइे देऊ कि लैजाउ सबै फिर्ता ।
हे भगवान !  हजुर के गरेको यस्तो ?
सिङ्गापुपुरे आमाको कोखा ली क्वान दिने
मलासियन आमाको कोखा म्याथबिर दिने
अनी हाम्रो आमा कोखा छै यस्ता यस्ता वीर दिने ?
यो कस्तो भेदभाब  ?
हैन हाम्रा आमाहरु के गरेकाथे थे त्त्यस्तो महापाक ?
म त आमालाई भन्दा नि हजुरलाई दोष दिने हो
भेटे छु भने कतै यसको एक एक बदला लिने हो .

कुनै बेला नेपाल जापान अमेरिका जस्तै थ्यो रे
आज हेर्नुस  त
जापान अमेरिका कहाँ पुगे पुगे
हामी नेपाली पनि पुगे
तर थाहा होला नि हजुर कहाँ पुगे ?
उताको आमाको कोखा हाती ,चितुवा बाघ दिने
यताको आमाको कोखा चाँही कोइली, बकुल्ला काग दिने ?
यो त हदै भो नि गाठे !
 हामीलाई छिमेकी, परपरकाले  त हेपे हेपे
हजुर सृस्टि कर्ता भइेकान पनि हेप्ने
अब यस्तो घोर अन्यय कहिलेसम्म  खेप्ने ?
भर्खर मात्र चाइनिलाई सि दिने
हामीलाई चाँही हेपेर यि दिने ?
बाजे पनि कोइ त जन्मेलाई नि
देश बनाउने भन्दै आशमा बसे
बाहरु पनि त्यस्तै त्यस्तै आशमा बसे
आज आसै आशमा करौडौ मनिष फसे
हजुरले कती मजाक गरिसेको प्रभु ?
यै वारी पारी त्यस्ता पुत्र दिने
बिचमा चाँही यस्ता पुत्र दिने ?
हैन तिनका बाले के गर्या थे त्यस्ता पुत्र दिने
यिनका बाले के गर्या थे यस्ता सुपुत्र दिने ?
यो त  हदै भो  प्रभु
तिमी यता द्या पुत्र सबै गधै भो प्रभु
खै आउँला कि भनी युग बित्यो ,कोही आएन
कोइ आमाले त पाउला भन्यो कसैले पाएन
मिल्छ भने भएकालाई सच्चाइे देऊ प्रभु
मिल्दैन भने अब जन्मिने कोखमा राम्रो बिज हाल्देर
यो सारा नेपालीको खुच्च्याइे देऊ प्रभु । 

कालो भाईरस


प्रधानमन्त्री
सरकारका त
खै क्वारनटाइनमा हो कि , कतै देखिदैनन
कोरोनाभाईरस भन्दा पनि देशमा
कालोभाईरस  पो खतरा भाकोछ
हेर्नुस्त यसले कसरी हाम्रो पैसो खाकोछ
न ग्यास पाउछ, न पेट्रोल पाउछ
सरकार भन्छ , चिन्तै मान्नु पर्दैन
सब फालाफाल आउछ
यस्तो देशमा
त्यो कोरोना पनि भुत्रो खान आउछ
आए छ भने पनि त्यसले हामीलाई खोज्न
यो धुलोर धुवाको शहरमा कयौ चक्कर लाउछ
यो पशुपतिनाथको देश हो साथी यो
भाङ धतुरोले धुवारे पछि त्यो टिक्न पाउछ ?
बरु यो कालो भाईरस पो खतरा
नपशुपतिनाथले पनि कै गर्न सक्ने
न अरु कुनै नाथले कै गर्न सक्ने
हेर्नुु त  दिन दहाडै कसरी लुट्या छ
यसको बिरोद्यमा कोई उठ्या छ ?
कहिले दश रुपैयाको तरकारी पचासमा बेच्याछ
कहिले पचास रुपैयाको माल दुईसयमा बेच्याछ
यसलाई रोकथाम गर्न
न सरकारले उपाय निकाल्या छ
न कुनै बैज्ञानिकले कुनै सुइ निकाल्याछ
आज सरकारले रोकथाम गर्छु भनी खोक्छ
भोली कालोभाईरसले बजार भाउ दुई गुणा ठोक्छ
बिचरा जनता, बजार भाउ सुनेर जिब्रो टोक्छ
कोरोनान आउँदा त आज यस्तो
आयो भने भने झन कस्तो कस्तो
धन्य छ पशुपतिनाथ
तिमी भएर  यहाँ देश चल्या छ
कोही छैन भाग्यमानी है ,  हामी जस्तो ।

आफु त ठेकदार परीयो



म त कहाँ नेता हो र हजुर
ठेकदार परियो , ब्यापारी परियो
त्यसैले
जहाँ जे भेटियो
मज्जाले खाने काम गरियो
त्यसैले अब अरब होइन
खराबका खराब नै खाइन्छ
हामी ठेकदार ,ब्यापारिलाई
यो भन्दा अरु के चाहिन्छ ?
जनताले पनि बिकास भन्दा नोट नै रोज्ने हो
आफु पनि नोट दिएरै
भोटनै खोज्ने हो
हामी कहाँ
बाटो चाहियो भनेर को आउछ ?
धारा चाहियो भनेर को आउछ ?
कोही छोरोलाई बिदेश पठाउन पैसो चाहियो भनेर आउछ
कोही बिदेशबाट छोरी झिकाउन नोट चाहियो भनेर  आउछ
हामी त ब्यापारी प¥यो नि
ब्यापारीले त्यसै लगानी कहाँ लाउछ ?
बिकास  त नेताले पो गर्ने हो
हामी ठेकदार , ब्यापारीसँग बिकाशका कुरा
गरेर सुहाउछ ?
त्यसैले यो मौकामा मज्जाले
खाने हो
कुन बेला चुनाव हुन्छ के ठेगान
दुईचार अरब बोकेर जाने हो
ठेकदार आए ठेक्का गर्छ
ब्यापारी आए ब्यापार गर्छ
नेता आयो भने पो बिकास गर्ला
तर तपाइलाई लाग्छ
त्यस्तो नेता
यो देशामा फेला पर्ला ?
भ्रष्टचार गर्यो न भन्नु होला
आफु त  ठेकदार परियो,
ब्यापारी परियो
ठेकदार, ब्यापारीले त नाफाकै काम  गर्ने हो
त्यै काम गरियो ।

कोरन्टाइन (कोरोना बिशेष )


वा क्या क्वेरन्टाइन !
कोरोन्टाइन होस् त यस्तो पो कोरोनटाइन
खानाको कुरा गर्नु हुन्छ भने  हाइवेको ढावा भन्दा के कम छ
सुत्नेको कुरा गर्ने हो भने बसपार्क तिर पाइने होटेल भन्दा रमझम छ
राती सुत्यो भने तारे होटेलबाट नदेख्न नपाईने, ताराहरु देख्न पाईन्छ
पानी भन्नु हुन्छ भने ट्याङ्कर, जार ,बोतल होर ?
शुद्द प्राकृतिक नलको पानी खाइन्छ
बेन्च सुत्नु परे पनि के भो र ?
पहिले पहिले भुइमा पनि सुतेकै हो
नाक धुवार्ने चर्पी भए पनि कै छैन
चर्पी नहुदा झाडीमा गएर पनि पुतेकै हो
बा आमाले पढ्न जा भन्दा भागी भागी हिडियो
आज त्यै स्कुलमा बोडर्स बस्न आइेएको  छ
कहिले फर्केर पनि  नहेर्या स्कुल
यो कोरोनाले गर्दा पस्न पाइेकोछ
कुलर नभए पनि पङखा नभए पनि गर्मी त पचाइएकै छ
घाम पानी सहेर पनि आजसम्म आप्mनो ज्यान बचाइएकै छ
तर राती पर्याे कि हुलका हुल मच्छेर आउछन
रक्तदान महादान भन्दै गीत गाउछन
न निदाउदासम्म त के छुन  दिन्थे र यो ज्यान ?
तर भुसुक्क निदाए पछि बजियाहरुले रातभर सुइ लाउछन ।
झुल माग्यो भने बल्लतल्ल आउछ
त्यो पनि पुरानो, भ्वाङ नै भ्वाङ पाउछ
न सुर्ती चुरोट पाउछ न तीनपाने पाउछ
आफुलाई हो र, तलतल लागेर
सुत्यो कि त्यसैको मात्र सपना आउछ ।

हाम्रो कोरोन्टाइन त
स्कूल जस्तो पनि छ, स्वास्थ्य चौकी जस्तो नि छ
होटेल जस्तो नि छ ,पुलिस चौकी जस्तो नि छ
गाई गोठ जस्तो नि छ बाख्रा गोठ जस्तो नि छ
दुई चार दिन भेडा चराउन आउने भेडी गोठ जस्तो नि  छ ।

भागु भागु त ,कहाँ नला हो र ? तर भागेर कता जानु
घरमै पुगेर पुलिसले फेरी  समाएर ल्याइ हाल्छ
जङगल तिर भागम भने बाघ भालुले भ्याइ हाल्छ
यो कोरनटाइन बसम भने झन सर्ला भन्ने पिर छ
पर्खाल नाघी भागम भने पुलिसको राइफल तिर छ
भोकमरीले गरिबलाई नै सताउने
महामारीले पनि गरिबलाई अताउने
गरीबको त न भगवान छ न सरकार छ
गरिव जिन्दगी त बरो अन्धकार छ
बल्लतल्ल हप्तौ हिंडेर दैलो निर आयो
घरको छिर्न नपाउदै कोरोन्टाइन ल्यायो
न स्थानिय निकायले हाम्रो कुरा सुन्छ,
न प्रदेश र केन्द्र सरकारले हाम्रो कुरा सुन्छ
बरो चिन्ताले पो छोयो गाठे !
अब झन के के पो हुन्छ ?

आफ्नो लक डाउन त (कोरोना बिशेष )



जता गए नि
मन्त्रीहरुलाई पनि पास न चाहिने
संसदहरुलाई पनि पास न चाहिने
मन्त्री संसद आप्mनो मान्छे नभए पछि
हामी सर्ब साधारणलाई पास नपाइने
तर खाने मुखलाई जुगाँले कहाँ छेक्छ र ?
तपाईको त खै के छ
आफुलाई त
नसरकारको लक डाउन छ
न पुलिसको छेक डाउन छ
कहिले गाडीको डिक्की एक बोरा चामल हालेर
राहात बाट्ने भन्दै हप्तौं घुम्याछ
कहिले नक्कली पास बोकेर डेटिङमा झुम्याछ
पास भएन भने के भो र
आधी किलो काउली किन्यो
जाने बेला पनी त्यै काउली बोक्या छ
आउने बेला पनि त्यै काउली बोक्याछ
काउली देखे पछि
न पुलिस रोक्याछ न कोरोनाले रोक्याछ ।

कहिले औषधीको पुरानो पर्चा देखाउदै
साथीको घरतिर दुइचार हात तास हान्न गाकोछ
कहिले ब्यालेन्स नभाको चेक बोकेर
कसको घर तिर लोकल ठर्रा तान्न गाकोछ
सरकारले पास न दिएर के भो र
कहिलै फर्सी बोकेर मोर्निङ वाकमा भिड्या छ
कहिले लौको बोकेर लखर लखर बाटोमा हिड्या छ
मास्क पनि साधारण
त्यो पनि एउटैलाई धोइ धोइ लागाछ
सरकार भन्छ बिदेशबाट टन्न मगाछ
आफ्नो पास त
कहिले काउली भा छ कहिले फर्सी भाको छ
तपाईंको लक डाउन खै कस्तो भाको छ
आफ्नो लक डाउन त झन रमाइलो पो भाको छ ।

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers