उहिले उहिले
राजाका चम्चाहरु हुन्थे
भरौटेहरु हुन्थे
राजालाई उनिहरुले घेर्थे
उनिहरुले राजालाई जस्तो देखाउथे
राजाले पनि त्यस्तै त्यस्तै हेर्थे
राजाको सवारी पनि तिनीहरुले नै चलाऊथे
कबिलबस्तुको काउली लगेर रातारात
प्युठानमा फलाउथे
देशको बिकास देखेर राजा दङ्ग पर्थे
चम्चाहरुले राजको जयकार गर्थे
त्यो बेला खै राजा बुद्धु थिए कि बिद्वान
कि जाने चम्चा कि जाने भगवान ।
आज पनि
किचेन क्याबिनेटकाले बालुवाटार घेर्छन रे
बालुवाटार बस्नेले पनि
उनीहरुकै आँखाले देश हेर्छन रे
उनीहरु अहिले प्रधानमन्त्रिलाई
न कपिल बस्तु काउली प्युठान लगेर देखाउछन
न छेमिकीले सिमा मिचेर बाटो खनेको देखाउछन
उनिहरुले त देशमा पानी जहाज चेलेको
काला पत्थरमा सुन फलेको सपना देखाउछन
र प्रधानमन्त्री राणाकालीन राजा जस्तो
बालुवाटार भित्र बसेर देश चम्की रहेको सपना देख्छन
तपाई हामी बुद्धु बनाउन यस्तै यस्तै भाषणमा लेख्छन
त्यसैले त प्रधानमन्त्री भन्छन
मलाई न लकडाउन खुकुलो बनाको थाह छ
न ओम्नीलाई किट किन्न दिएको कुरो थाह छ
धरो धर्म मलाई छेमिकिले सिमाना मिचेको पनि पत्तो छैन
बरु भन्नुस त, भारतले सिमाना मिची बाटो बना कहाँ छ ?
अब यिनलाई पनि
राजालाई झै बिद्धान भन्ने कि बुद्धु
तर सबका कुरा पत्याउने हामी, महा बुद्धु ।
No comments:
Post a Comment