Monday, June 1, 2020

आफ्नो लक डाउन त (कोरोना बिशेष )



जता गए नि
मन्त्रीहरुलाई पनि पास न चाहिने
संसदहरुलाई पनि पास न चाहिने
मन्त्री संसद आप्mनो मान्छे नभए पछि
हामी सर्ब साधारणलाई पास नपाइने
तर खाने मुखलाई जुगाँले कहाँ छेक्छ र ?
तपाईको त खै के छ
आफुलाई त
नसरकारको लक डाउन छ
न पुलिसको छेक डाउन छ
कहिले गाडीको डिक्की एक बोरा चामल हालेर
राहात बाट्ने भन्दै हप्तौं घुम्याछ
कहिले नक्कली पास बोकेर डेटिङमा झुम्याछ
पास भएन भने के भो र
आधी किलो काउली किन्यो
जाने बेला पनी त्यै काउली बोक्या छ
आउने बेला पनि त्यै काउली बोक्याछ
काउली देखे पछि
न पुलिस रोक्याछ न कोरोनाले रोक्याछ ।

कहिले औषधीको पुरानो पर्चा देखाउदै
साथीको घरतिर दुइचार हात तास हान्न गाकोछ
कहिले ब्यालेन्स नभाको चेक बोकेर
कसको घर तिर लोकल ठर्रा तान्न गाकोछ
सरकारले पास न दिएर के भो र
कहिलै फर्सी बोकेर मोर्निङ वाकमा भिड्या छ
कहिले लौको बोकेर लखर लखर बाटोमा हिड्या छ
मास्क पनि साधारण
त्यो पनि एउटैलाई धोइ धोइ लागाछ
सरकार भन्छ बिदेशबाट टन्न मगाछ
आफ्नो पास त
कहिले काउली भा छ कहिले फर्सी भाको छ
तपाईंको लक डाउन खै कस्तो भाको छ
आफ्नो लक डाउन त झन रमाइलो पो भाको छ ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers