हे नेता
तिमीले गर्दा यहाँ कबी जन्मिएको छ
तिमीले गर्दा यहा रबी चम्किएको छ
तिमीले गर्दा गयकले गाउन पा छ
तिमीले गर्दा कलाकार कमाएर खा छ
तिमीलाई थाहा छैन होला
तिमीले गर्दा कलाकारले करोड कमाउछन
तिमीले गर्दा नै लेखक , कार्ट्निस्टले कलम समाउछन
तिमीले जे गर्न मन लाग्छ त्यो गर्नै पर्छ
तिमीले नगरे यहाँ अरु कसले गर्छ
सके ण राम्रो गर्ने हो
न सके त यस्तै यस्तै नराम्रो गर्ने हो
पहिले आफ्नो काम तमाम पार्ने ho
बचेँछ भने मात्र हाम्रो काम गर्ने हो
तिमीले जे गरे पनि यहाँ कसले देख्छ
देखे पनि अब तिमीलाई कसले छेक्छ
पुन्यू पनि तिम्रै हो डाडू पनि तिम्रै हो
त्यो रोक्तियार पनि तिम्रै साडु हो
गाउ लुट नगर लुट
तिम्रो बिरोद्धमा लेख्ने
ढाड भाच्चिने गरी कुट
सरकारी भन्दार फोर ढुकुटी फोर
घर जग्ग गाडी कती चाहिन्छ जोर
दुई चार जना फटह पत्रकार लेख्दैमा के हुन्छ
दुई चार कबी खोक्दैमा कसले
छुन्छ
पोलिस्पनी तिम्रिहो सिडियो
पनि तिम्रै हो
सेर्न पनि तिम्रै हो अक्तियर पनितिम्रै हो
हामी चुप्प लागेर बसेकै हो
तिमीले चुनाव आयो भने भोट् हाल्न
भेडा जस्तो लाइन बुथ भित्र पसेकै हो
हामीलाई बिकास पनि चाहिया छैन
कुनै निकास पनि चाहिया छैन
हामी त भन्छौ
तिमी
अरबपती बनेर देशलाई कङगाल बनाउ
तिमी खराब भएर हामी हरिकङ्गाल बनाउ
हानी त तिम्रो लागि खाडी तिर बधुवा बन्न तयार छौ
उता जन नसक्ने भरत तिर गधुवा बन्न तयार छौ
तिमीले यस्तो नगरेको भए
तिम्रो बारे मिठा मिठा गाली सुन्न कहाँ पाइन्थ्यो
तिमीले त्यस्तो नगरेको भए
तिम्रो बिरोध गर्दा त्यत्रो ताली सुन्न पाइन्थ्यो ?
तिमीले जुकाले जस्तो टन्न खाएर मज्जा ल्याकाछौ
हामीले नखाएर पनि तिमी जत्तिकै मज्ज लिएका छौ
त्य्सले हे नेताज्यू
जनता मात्र किन बेच्छौ खाडी लगेर
सक्छौ भने देश पनि बेच पारी लगेर
No comments:
Post a Comment