वा क्या क्वेरन्टाइन !
कोरोन्टाइन होस् त यस्तो पो कोरोनटाइन
खानाको कुरा गर्नु हुन्छ भने हाइवेको ढावा भन्दा के कम छ
सुत्नेको कुरा गर्ने हो भने बसपार्क तिर पाइने होटेल भन्दा रमझम छ
राती सुत्यो भने तारे होटेलबाट नदेख्न नपाईने, ताराहरु देख्न पाईन्छ
पानी भन्नु हुन्छ भने ट्याङ्कर, जार ,बोतल होर ?
शुद्द प्राकृतिक नलको पानी खाइन्छ
बेन्च सुत्नु परे पनि के भो र ?
पहिले पहिले भुइमा पनि सुतेकै हो
नाक धुवार्ने चर्पी भए पनि कै छैन
चर्पी नहुदा झाडीमा गएर पनि पुतेकै हो
बा आमाले पढ्न जा भन्दा भागी भागी हिडियो
आज त्यै स्कुलमा बोडर्स बस्न आइेएको छ
कहिले फर्केर पनि नहेर्या स्कुल
यो कोरोनाले गर्दा पस्न पाइेकोछ
कुलर नभए पनि पङखा नभए पनि गर्मी त पचाइएकै छ
घाम पानी सहेर पनि आजसम्म आप्mनो ज्यान बचाइएकै छ
तर राती पर्याे कि हुलका हुल मच्छेर आउछन
रक्तदान महादान भन्दै गीत गाउछन
न निदाउदासम्म त के छुन दिन्थे र यो ज्यान ?
तर भुसुक्क निदाए पछि बजियाहरुले रातभर सुइ लाउछन ।
झुल माग्यो भने बल्लतल्ल आउछ
त्यो पनि पुरानो, भ्वाङ नै भ्वाङ पाउछ
न सुर्ती चुरोट पाउछ न तीनपाने पाउछ
आफुलाई हो र, तलतल लागेर
सुत्यो कि त्यसैको मात्र सपना आउछ ।
हाम्रो कोरोन्टाइन त
स्कूल जस्तो पनि छ, स्वास्थ्य चौकी जस्तो नि छ
होटेल जस्तो नि छ ,पुलिस चौकी जस्तो नि छ
गाई गोठ जस्तो नि छ बाख्रा गोठ जस्तो नि छ
दुई चार दिन भेडा चराउन आउने भेडी गोठ जस्तो नि छ ।
भागु भागु त ,कहाँ नला हो र ? तर भागेर कता जानु
घरमै पुगेर पुलिसले फेरी समाएर ल्याइ हाल्छ
जङगल तिर भागम भने बाघ भालुले भ्याइ हाल्छ
यो कोरनटाइन बसम भने झन सर्ला भन्ने पिर छ
पर्खाल नाघी भागम भने पुलिसको राइफल तिर छ
भोकमरीले गरिबलाई नै सताउने
महामारीले पनि गरिबलाई अताउने
गरीबको त न भगवान छ न सरकार छ
गरिव जिन्दगी त बरो अन्धकार छ
बल्लतल्ल हप्तौ हिंडेर दैलो निर आयो
घरको छिर्न नपाउदै कोरोन्टाइन ल्यायो
न स्थानिय निकायले हाम्रो कुरा सुन्छ,
न प्रदेश र केन्द्र सरकारले हाम्रो कुरा सुन्छ
बरो चिन्ताले पो छोयो गाठे !
अब झन के के पो हुन्छ ?
No comments:
Post a Comment