हे सृस्टि कता
बिदेश तिर चाँही त्यस्ता त्यस्ता हर्ताकर्ता
हाम्रो देशमा चाँही यस्ता यस्ता हर्ताकर्ता
हामीलाई अन्याय गर्या हौकी मजाक गर्या हौ
कि सच्च्याइे देऊ कि लैजाउ सबै फिर्ता ।
हे भगवान ! हजुर के गरेको यस्तो ?
सिङ्गापुपुरे आमाको कोखा ली क्वान दिने
मलासियन आमाको कोखा म्याथबिर दिने
अनी हाम्रो आमा कोखा छै यस्ता यस्ता वीर दिने ?
यो कस्तो भेदभाब ?
हैन हाम्रा आमाहरु के गरेकाथे थे त्त्यस्तो महापाक ?
म त आमालाई भन्दा नि हजुरलाई दोष दिने हो
भेटे छु भने कतै यसको एक एक बदला लिने हो .
कुनै बेला नेपाल जापान अमेरिका जस्तै थ्यो रे
आज हेर्नुस त
जापान अमेरिका कहाँ पुगे पुगे
हामी नेपाली पनि पुगे
तर थाहा होला नि हजुर कहाँ पुगे ?
उताको आमाको कोखा हाती ,चितुवा बाघ दिने
यताको आमाको कोखा चाँही कोइली, बकुल्ला काग दिने ?
यो त हदै भो नि गाठे !
हामीलाई छिमेकी, परपरकाले त हेपे हेपे
हजुर सृस्टि कर्ता भइेकान पनि हेप्ने
अब यस्तो घोर अन्यय कहिलेसम्म खेप्ने ?
भर्खर मात्र चाइनिलाई सि दिने
हामीलाई चाँही हेपेर यि दिने ?
बाजे पनि कोइ त जन्मेलाई नि
देश बनाउने भन्दै आशमा बसे
बाहरु पनि त्यस्तै त्यस्तै आशमा बसे
आज आसै आशमा करौडौ मनिष फसे
हजुरले कती मजाक गरिसेको प्रभु ?
यै वारी पारी त्यस्ता पुत्र दिने
बिचमा चाँही यस्ता पुत्र दिने ?
हैन तिनका बाले के गर्या थे त्यस्ता पुत्र दिने
यिनका बाले के गर्या थे यस्ता सुपुत्र दिने ?
यो त हदै भो प्रभु
तिमी यता द्या पुत्र सबै गधै भो प्रभु
खै आउँला कि भनी युग बित्यो ,कोही आएन
कोइ आमाले त पाउला भन्यो कसैले पाएन
मिल्छ भने भएकालाई सच्चाइे देऊ प्रभु
मिल्दैन भने अब जन्मिने कोखमा राम्रो बिज हाल्देर
यो सारा नेपालीको खुच्च्याइे देऊ प्रभु ।
No comments:
Post a Comment