Monday, June 1, 2020

कालो भाईरस


प्रधानमन्त्री
सरकारका त
खै क्वारनटाइनमा हो कि , कतै देखिदैनन
कोरोनाभाईरस भन्दा पनि देशमा
कालोभाईरस  पो खतरा भाकोछ
हेर्नुस्त यसले कसरी हाम्रो पैसो खाकोछ
न ग्यास पाउछ, न पेट्रोल पाउछ
सरकार भन्छ , चिन्तै मान्नु पर्दैन
सब फालाफाल आउछ
यस्तो देशमा
त्यो कोरोना पनि भुत्रो खान आउछ
आए छ भने पनि त्यसले हामीलाई खोज्न
यो धुलोर धुवाको शहरमा कयौ चक्कर लाउछ
यो पशुपतिनाथको देश हो साथी यो
भाङ धतुरोले धुवारे पछि त्यो टिक्न पाउछ ?
बरु यो कालो भाईरस पो खतरा
नपशुपतिनाथले पनि कै गर्न सक्ने
न अरु कुनै नाथले कै गर्न सक्ने
हेर्नुु त  दिन दहाडै कसरी लुट्या छ
यसको बिरोद्यमा कोई उठ्या छ ?
कहिले दश रुपैयाको तरकारी पचासमा बेच्याछ
कहिले पचास रुपैयाको माल दुईसयमा बेच्याछ
यसलाई रोकथाम गर्न
न सरकारले उपाय निकाल्या छ
न कुनै बैज्ञानिकले कुनै सुइ निकाल्याछ
आज सरकारले रोकथाम गर्छु भनी खोक्छ
भोली कालोभाईरसले बजार भाउ दुई गुणा ठोक्छ
बिचरा जनता, बजार भाउ सुनेर जिब्रो टोक्छ
कोरोनान आउँदा त आज यस्तो
आयो भने भने झन कस्तो कस्तो
धन्य छ पशुपतिनाथ
तिमी भएर  यहाँ देश चल्या छ
कोही छैन भाग्यमानी है ,  हामी जस्तो ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers