Thursday, July 4, 2013

केटीको खोजिमा


के घोराले खान्छ
के छोराले खान्छ भन्थे
अफु त झन
एक्लो छोरो भए पछी
खानेको के पिर
कहिले खाएको छ म:म
कहिले खाएकोछ खिर
कहिले काँचो चना भिजा खायो
कहिले नुडल्स र पिजा खायो
आमाले पनि खा खा
बुवाले पनि खा खा
तर गजबको कुरो
जती खाए पनि
शरीर सुकेनास लाग्या जस्तो
बालुवामा पानी हाल्या जस्तो
थाहै भएन
कहिले जवानी आएछ
कहिले जवानी गएछ
ठ्याक्कै तिसा नाघे पछी
साथीहरु भन्न थाले
बिहेको साइत गन्न थाले
आफ्नो कुरो
स्कुल देखी कालेजसम्म
न कसैले साइड हाने
न कसैलाई साइड हानियो
जसले नजर जुधाए पनि
त्यसैलाई लव परेको ठानियो
एक दिन कालेजमा
सबसे सुन्दरिलाई
प्रेमको प्रस्तव राखे
भोलीपल्ट उसका बाले
खतरानाक गुण्डाहरु डाके
करङ नै भाच्ने गरी झाके
एक समय पछी
एउटी ठिकैकीको पछी लागे
उसलाई दाईहरुले
चिरपटले लखेट्दा
ज्यान जोगाउदै भागे
फेरी एक दिन
एउटी मै जस्तै सुकेनासिलाई
एकान्तमा डाके र
डाइरेक्ट विवाहको कुरो राखे
उसले भनी
म सुकेको माछा जस्तो
तिमी परालको बाछा जस्तो
हाम्रो जन्मने बच्चाहरु
होलान कस्तो कस्तो
कोही पतङ्ग झै उडलान
कोही पात भै उडलान
तिमीसङ्ग गर्नु छैन बिहे
बरु सल्लाह दिन्छु
दुइचार वटा केरासङ्ग
दिनहु दुई गिलास दुद पिए ।
फेरी हिंडे केटीको खोजाइमा
एउटी धम्मर्धुस आइे रोजाइमा
हेर्दा ठ्याक्कै अर्नाको पाडी जस्ती
फेसन अथीङ्ग्रेको झाडी जस्ती
जब बात भयो
स्वर साँढेको हुक्का जस्तो
मेरो काधमा धाप हानी
टाइसनको मुक्का जस्तो
जब मैले बिहेको कुरो गरे
उसको कुरोले म छक्क परे
उसले हल्का हाँस्दै भनी -
हात्तीले कसरी
फट्याङ्ग्रासङ्ग बिहे गार्छ
यि तिघ्राले लाग्यो भने
फट्याङ्गो त ठहरै पर्छ ।
मैले भने -
यो पनि गोरस खाएको जियु हो
देख्दा सुकेनासे भाए पनि
उन्नत जातको बिउ हो ।
उसले एक धक्का हानी
एक कोस टाढा गाई झरेछु
अरुले नजोगाएको भए
झन्नै म त मरेछु
अझै मेरो लागि
बाबु आमा इस्टमित्र
केटीको खोजाइमा छन
न दुबली न मोटी
न अग्ली न छोटी
न काली न गोरी
मै जस्तै सुकेनासेकी छोरी
मेरो रोजाइमा छन ।



No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers