Thursday, July 4, 2013

hajur baa ko email

एक दिन इन्टरनेटमा
मित्रसङ्ग च्याट गरिरहेको बेला
एउटा ईमेल आयो
बिलकुल बिमेल आयो
किनभने त्यो
स्वर्गबासी हजुरबाको ईमेल थियो
अझ त्यो जिमेल थियो
जिमेल यस्तो थियो
प्रतिपक्ष नेताको गाली जस्तो थियो
मुलासाग होस कि भाजी
जती खोजे पनि नभितिने पाजी
ल्यान्ड फोन गरे
एस् एम एस् गरे
मोबाईल ठोके
कहिले उत्तर नआए पछी
आज ईमेलमा तितो पोखे
मैले खोले खाएर
लगुटी लगाएर
नखाइ नलाई
दुइचार टुक्रा जमिन जोडे
तेरो बाउले पनि
कछनी लाउदै घरघडेरी जोडे
आज करौडौ भए पछी
हजुरबालाई चटक भुल्ने ?
पुर्खौली सम्पतिले
भाङ खाएर
ड्रग्स खाएर
सुकेको त्यो भगेरे छाती
हाती जत्रो फुल्ने ?
क्यासिनोमा भुल्ने
सदाचारलाई बिर्सेंर
सम्पती बेची बेची
 देस बिदेस डुल्ने ?
बुढाले हकार्नु हकारेछन
आगढी पढन गर्यो  लाग्यो
त्यसै छोडन पनि सर्हो लायो
थोरै फेरी अघी बढे
के लेखेकारहेछन पढे
थुक्क पाजीहरु
बेकामे काजिहरु
घरको जग्गा बाझो राखी
घरको खेत बाझो राखी
परको भुमिमा पसिना पोख्ने
स्वाभिमानलाई बन्दकी  राखी
अरुको चरण ढोक्ने ?
हाम्रो पालामा
अरु नभए पनि
कम्सेकम शान्ती त थियो
तराइ हिमालमामा कान्ती थियो
ठुक्क गजडी
च्यातेको पाइन्ट लाकोछ
सकिया ,रोदी ,देउडा छोडि
रयाप र झ्याप गाको छ
खाली झोला बोकेर कालेज आकोछ
टवाके ट्यापे भाकोछ
नातिनी पनि
फेसनको नामामा
खाली टालो मात्री लाएकी छ
आधी पेट खाएकी छ
सौदर्यको नाममा
 भुतनी बनी आएकिछ
आज एउटासँग
भोली आर्कैसङ्ग
माया प्रिती लाएकीछ
झुटो कसम खाएकिछ
तर गजबको कुरो
टिभी पत्रीकामा उही छाएकीछ
अन्तिम अनुक्षेद पढे
थुइक्क धुन्दकारी
कहिले यो पार्टी छिरेकोछ
कहिले त्यो पार्टिको बिल्ला भिरेकोछ
नैतीकता टुकैचामा फालेर
देश बिगार्न हिंडेकोछ
माटोको माया छोडेकोछ
भित्र छुरा राखी
शान्तिको कम्बल ओडेको छ
आज सहमती गरेर
भोली त्यसैलाई तोडेकोछ
आमालाई लात हान्दै
अन्तै नाता जोडेकोको छ
पढ्दा पढ्दा बुढाका गाली
दिक्क लाग्यो
डिलेट गर्दे ,ब्लकै गर्दे
अब बुढालाई ठीक्क लाग्यो ।




  

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers