बगैचाका फुल भै
मुस्कुराउदै आउथे
कोकिलको भाका हाली
माधुर्य गित गाउथे
म
कहिले त्यो पूmल
कहिले त्यो पूmल
म नजर चोरेर लाउथें
रंगिन बस्त्रालयमा भैm
रोज्दा आखाँ तिरमिराएछन
एक दिन ती पूmलहरु
आकासका तारा जस्तै
मिरमिरेसंग हराएछन
आज शितका थोपा देख्दा
लाग्छ मेरा बालाहरु
मलाई संझी संझी
आँशु्रधारा रोइरहेकाछन
ती शितका थोपा टेक्दा
लाग्छ मेरा बालाहरु
मेरो चरण धोइरहेकाछन ।
No comments:
Post a Comment