Thursday, July 4, 2013

पुत्रे पुराण

  
मेरो छोरा
खै केमा फस्याछ
आजभोली
खाली घोरिएर
एक्लै एक्लै कोठामा बस्याछ
प्रेम रसमा खस्याछ छकी
सोमरसमा फस्याछ
न घरमा बस्याछ
न पढन  घुडा धस्याछ
रातमा पनि खाना नखाइ
सुटुक्क कोठामा पस्याछ
न जागिर खान्छ
न कलेज जान्छ
कलेज गैहालो भने पनि
खाली बङ्क हान्छ
कुरा सोध्यो मरे बोल्दैन
रह्स्य खोल्न खोज्यो
कै गरे खोल्दैन
कुरो बुझ्नै गार्हो
उस्लाई खै केले डस्याछ
पढाई लेखाइ पनि
हिजो भन्दा  आजकाल
झन तल तल खस्याछ
मुख सुघ्यो
कुनै गन्द पाइदैन
अस्पातल लग्यो
डाक्टर भन्छन-
कुनै औषधी चाँहीदैन
छोरालाई हेर्यो
दिनहु ज्यान सुक्या सुकैछ
छोराको पिरले
आमाको मन दुख्या दुखैछ
कपाल छ्त्री झै छत्रिदैछ
प्यान्ट छरिएर भुइमा लत्रिदैछ
एक दिन
ज्योतिषिमा छोरोलाई लगे
ज्योतिषिलाई मोटै दामले ढोके
त्यसपछी मन्त्रदै ज्योतिषी बके  -
आजभोली युबाहरुमा धुम्रकेतु जाग्याछ 
किनभने सबैलाई  कलियुग लाग्याछ  
त्यसैले धेरैलाई शिवबुटी खाउ खाउ हुन्छ
जस्ले खाँदैन त्यसलाई यस्तै रोगले छुन्छ
कुरै बुझन गार्हो छ
छोरो कुन लतमा फस्याछ
दिनमा पनि रातमा
नुन खाएको भाले जस्तो
झोक्रिएर बस्याछ ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers