Thursday, July 4, 2013

उधारखन्डे

टुपी कसी
घुडा धसी
सानो तिनो
सरकारी जागिर खाइयो
सन्तानको भबिश्य हेर्दै
बस्न राजाधानीमै आइेयो
अफिसमा हेर्यो
अक्तियार पख्लास भनी बस्याछ
घरमा हेर्यो
महङ्गी थपक्क चुल्होमा पस्याछ
भ्रष्टचार बढ्यो भनी
पत्रीकाले छापेको बेला
खल्ती सारा रित्तिएर
अनिकालले चापेको बेला
एक दिन गृहणीले आदेस गरिन -
"आज बजारबाट नयाँ तरकारी ल्याउने "
छोरीले त्यसमा  शंसोदन गरिन
हैन!आज त मासु नै खाने ।

मैले गाम्नागे पारामा भने -
बिहान आलु र मुला खाने
बेलुका मुला र आलु खाने
हिङ्सामा  अब  किन जाने
अरुको ज्यान लिएर
हामी मासु किन खाने ?
ठाउका ठावै मुन्टियो मेरो
त्यो आलुपाडे दाउ
गृहमन्त्रीको कडा आदेस आयो
खुरुक्क बजार, तरकारी लिन जाऊ
नयाँ र मिठो के आएको छ
सुररुक्क किनेर आऊ ।

गृहनीको मुहार ठस ठस थियो
छोरी मुख खस खस थियो
मेरो मन त झन चस चस भयो
एउटा थोत्रो झोला बोके
उधारो लिन कुलेलम ठोके
दाल चामल माग्दा साहुले
पुरानो नतिरेको गुनासो पोखे
सधैं नमस्कार गर्ने
मासु पसलेलाई
आज आँफै सलाम ठोके
नगदनारयन ठानेछन क्यारे
राम्रो राम्रो  फिला जोखे
जब मैले उधारो भनी बोले
उनले पनि
बाँकी देखाउदै
पुरानो खतापाता खोले ।

खाली हात फर्केर आउँदा दिकदार लाग्यो
खान नपुग्ने जागिर देखी धिक्कार लाग्यो
फनीफनी घुमाउने चक्कर लाग्यो
ज्यानै उछ्ट्ठ्याउने ठक्कर लाग्यो
चुडियो च्प्पल,सिलाउन खोले
आज बाँकी पनि आउछ कि हजुर
चप्पल सिलाउदै भन्दछ गोले ।

दर्शन गर्न सिधै मन्दिर हिंडे
यो जिन्दगी कस्तो जिन्दगी देयौ
चहिदैन यस्तो जिन्दगी
यो उधार जिन्दगी अब तिमी नै लेऊ
भन्दै मुर्तीरुपी भगवानसँग भिडे ।

आकाश चकमकायो
जमिन डगमगायो
गजब कुरो
एउटा आकाशबाणी आयो -
उधार हो जिन्दगी पुत्र
जिउन धेरै बाँकी छ
जिन्दगी एउटा परिक्षा हो
खास परिक्षा त
आउन अझै बाँकी छ
कर्मले यसलाई काटदछ
कर्म गरेर हेर
एक बारको जिन्दगीलाई
ब्यर्थ नफ्याक खेर ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers