एक दिन साझमा घुम्ने मुड चल्यो
सेकुवासँग व्हुस्की चुम्ने सुर चल्यो
तन तार झै तरङ्गित भए पछि
मन गीतको सङ्गित भए पछि
म मनप्रशादलाई अब कस्ले रोक्ने
तर साँझ घर फर्कदा कस्ले बोक्ने ?
मेरा मित्रलाई मोबाईल ठोके
उनले दङ्ग पर्दै भने– ओके ओके
मैले भने–
ल आज कतै होटेलतिर जाऔ
नभए यतैको मोटेलतिर खाऔं
हिडियो खोज्दै अलि सस्तो सस्तो
ओहो ! काठमाडौं शहर कस्तो कस्तो
मन्दिरै मन्दिर हेर्दा सहर मन्दिररै जस्तो
बन्दरै बन्दर हेर्दा सहर बन्दररै जस्तो
मलै मलहरु देख्दा शहर मलै जस्तो
होटेलै होटेल देख्दा सहर होटेलै जस्तो
एक एक गर्दै होटेल होटेलमा छिरियो
के के पाउँछ भन्दै बार्गेनिङ्ग गरियो
एउटा होटेलको
सानो फुच्चे भाई आउँदै भन्यो
चिसो पानी खुवाउँदै भन्यो –
यहाँ लोकल कुखुराको मासु पाईन्छ
भन्नुस् सरहरु,
यहाँहरुलाई अरु के–के चाहिन्छ ?
केटो बहुत डाइलो रै’छ
घरको त्यो माइलो रै’छ
मित्रले सोधे–
यहाँ अरु के–के पाइन्छ ?
फुच्चले दुईटा गिलासमा रक्सी हाल्यो
त्यसपछि उसले बखान्न थाल्यो–
यहाँ लोकल रक्सी देखी
गुन्द्रुक र ढेडोसम्म पाईन्छ
मन पर्छ भने च्याङ्ग्रो देखी ,
भेडोसम्म ख्वाईन्छ
बङ्गुर देखी बोइलरसम्म
बँदेल देखी कोइलरसम्म
सबथोक पाईन्छ
भन्नुस् महाशय हजुरहर्रुंलाई
यो भन्दा अरु के के चाहिन्छ ?
दुईचार पिलेट मासु हाने पछि
दुईचार क्वाटर रक्सी ताने पछि
मनमा अनेक छटपटी चल्यो
मित्रलाई एउटा हुटहुटी चल्यो
फुच्चेलाई नजिक डाक्दै भने
नाक माथी औंला राख्दै भने–
के यहाँ यो पनि पाईन्छ ?
फुच्चे त झन टाठो रहेछ
हामी भन्दा नि बाठो रहेछ
उसले थोरै मुस्काउदै भन्यो
अलीकति कुरा फुस्काउदै भन्यो–
यो कुरा त साउलाई सोध्नुपर्छ
पाईन्छ कि कतै यसो खोज्नुपर्छ ।
फुच्चेले साउलाई बोलाई ल्यायो
साउले साथमा दोलाई ल्यायो
मित्रले भने–
साउजी म त आज यतै सुत्ने बिचार छ
भन्नोस तपाईसँग कस्तो कस्तो अचार छ ?
नयाँ छ कि पुरानै छ सिरकको खोल
महङ्गो छ कि !
यसो मिलाउनु पर्छ् है मोल ।
साउजी कुरा खुलेरै खोले
संगैको सिरक देखाउँदै बोले–
रङ्गिन चाहिन्छ कि श्वेत ओढ्ने
घरै लानुहुन्छ कि यतै हो छोड्ने
भन्नुस् हजुर
कस्तो कस्तो सिरक चाहिन्छ
हड्डी बिजाउने कि भुवादार
गैंडाको छालामा कि रुवादार
पैसो खनखनी गने पछि
हजुरले चाहियो भने पछि
क्याटरिना छाप देखी
लोकल छापसम्म पाईन्छ
भन्नुस् महामहिम
सिङ्गलमा हो कि डबलै चाहिन्छ
हजुरले आदेश बक्स्योस
मुला सिरकको त लाइनै लाइन्छ ।
साउजी झन हौसिदै थिए
मित्र पनि रौसिँदै थिए
एकछिन पछि त मित्र
सिरक सँगै कता हराएछन्
म पनि रक्सिमा हराएछु
के–के भन्दै रातभरै कराएछु
भोली पल्ट आफुलाई चौकीमा पाउदा
म त सा¥है डराएँछु
घरको गास छोडि होटेल होटेलमा छिरियो
बजिया के–के खायो छानी छानी
आफुले मात्र भुसुक्कै पैसा तिरियो
पछि कुरो बुझ्दा
मित्र त सिरकसंगै लुकेएछन्
यही हो हजुर हल्लाप्रसाद भने पछि
पुलिसले भ्यानमा मलाई बोकेछन
रातभर लाठोले ठोक्नु ठोकेछन
घरकी देखी पारकीसम्म सारा रिस
बजियाहरुले मै माथि नै पोखेछन ।।
No comments:
Post a Comment