Thursday, July 4, 2013

ओइ काठमान्डु !

ओइ  काठमान्डू   !
मलिलो पसिना
कानमा फुल  
फराकिलो छाती
हरिया हरिया तुल
खोइ  काठमान्डू   ?

बजार भाउ भुसुक्क छ
मान्छेको मुहार ठुसुक्क छ
लोकल ठर्राले फुसुक्क छ
फोहर पहाड झै टुसुक्क छ
ओइे  काठमान्डू   !
त्यो सुन्दर नगरी 
कान्तिपुरी
खोइ काठमन्डु ?

संस्कृति भत्काएर  मल बने
नदी बिगारेर  सब  ढल बने
हेर्नुस त अन्नपानी पनि 
स्वास्थ्य  बिगार्ने फल बने
मान्छे त  मान्छे सेक्ने खल बने
ओइे काठमन्डु !
मान्छेले मान्छेलाई माया गर्ने
सुन्दर अलकापुरी 
खोइ काठमान्डु ?

जो बोल्छ यहाँ
उसैको धेरै पिठो बिक्छ
जसले इमान बेच्छ
उही यहाँ सधैं टिक्छ
जसले चाकरी बजाउछ
उसलाई पो पुरस्कार  ठीक छ
तिम्रो नगरीमा भावी सन्तानले
अब कस्तो कुरा सिक्छ ?
ओइे काठमन्डु !
न्याय अन्याय छुट्ट्याउने
तिम्रो स्वयम्भू  आँखा
खोइे काठमन्डु ? 

तिम्रा  गल्ली गल्लीमा
कन्सल्ट्यान्सि र म्यानपावर छन
बुद्धी प्रशादहरुलाई
युरोप अमेरिका
बल बहादुरहरुलाई
खाडी मुलुक
उडाउनेछत छतमा 
बिज्ञापनका  टावर छन
बचेँखुचेकाहरु पनि लाहुरमा छन
बल  बुद्दी नभएकाहरु
देश चलाउने पावरमा छन
ओइे काठमन्डु !
देशको दक्ष जनशक्ती
खोइे काठमन्डु ? 

झिसमिसमा दुध हाली,
पानी बेच्छ
छिसमिसमा रात्री काली
जवानी बेच्छ
दिनभर मान्छे
मन्दिर मन्दिर ढुक्छ
त्यही मान्छे साँझ
मधुशाला पुग्छ
ओइे काठमन्डु !
तेरो ज्ञान भैरब  
खोइे काठमन्डु ? 

अल्कापुरी अहिले
उल्कापुरी भएको छ
ठग     ढाँट  बदमाशको
छल कपट अट्टाहासको
छलकापुरी भएकोछ
पृथ्बी नारायणले मासेका ती
भुरे टाकुरे फेरी जागेका छन
अखण्ड यो भुमिलाई
टुक्रा टुक्रा पार्न लागेकाछन
यती बेला
दुर्जनहरु छरपस्ट  छन
सज्जनहरु महाकष्टमा छन
ओइे काठमन्डु !
यो बेला तेरो काल भैरब  
खोइे काठमन्डु ? 

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers