औठयाँ बौठयाँ कुरा
खोजी खोजी झिरिप्प खायो
त्यस्तै शब्द रोजी रोजी
रौसी जस्तै चिरिप्प लायो
हल्लिदै पल्लिदै सडकमा आयो
छोरा देखी बाउसम्म
छोरी देखी माउसम्म
शिर देखी पाउसम्म सुटुक्क हेर्यो
तितो, कोक्याउने, टर्यो
पिरो ,चिलाउने, झर्यो
तिखो, खोर्याएको खर्यो
रमरम पार्ने पर्रो
शब्दहरु सडकमा
बाङ्गो कलमले लुतुक्क छेर्यो
उताबाट हुल आयो
यताबाट फूल आयो
के भएछ भन्दै फुनुक्क घेर्यो
कोही खितखित खित्किए
कोही फतफत फत्किए
कोही पेट थिचिथिची हास्न थाले
कोही आँखा मिचिमिची कास्न थाले
मन्त्री देखी कर्मचारी
सन्त्री देखी ब्रह्मचारी थुरुक्क भए
दर्सक दिर्घा जुरुक्क भए
बिचरा बाङ्गा कलमहरु फुरुक्क भए
कुरितिलाई
भानुले पनि कोर्रा हाने
बिकृतिलाई
भैरबले झन छर्रै छर्रा हाने
पिँडालीले पर्रा हाने , भिनाजुले झर्रा हाने
राँणा ढले
राँणिया ढलेन
सामन्त गले
सामन्तिया गलेन
बिक्रिती फले
सुसंस्कृती फलेन
सुसस्कार जले
कुरिती जलेन
जती ठोके पनि
अडम्बर एक डिक चलेन
वाक्क दिक्क भएर
कति कलमले ठर्रा ताने
तर पनि
बाङ्गा कलमले
अत्याचार, भ्रस्टचार बिरोद्ध
ठोक्नु ठोके
तितो पोख्नु पोखे
ठोक्न नसक्दा, टोक्नु टोके
जस्ले प्रहार खाए
उनैलाई चड्ने कार पाए
उनैका सधैं बहार आए
मासु भात कसार खाए
बिचरा बाङ्गा कलमले
खुबै भए
वावाही फुलका हार लाए ।
एक दिन मैले
मेरो कलमको ढुङ्ग्रोमा
भएको मसी फाले
त्यसमा कुकुरको पुच्छर हाले
बार्ह बर्ष पछी पनि
पुच्छर सोझिएला भनेको त
जस्ताको त्यस्तै भयो
बिचरा मेरो कलम
कुकुरकै पुच्छर जस्तै भयो
त्यसैले अचेल
मेरो कलम पनि
बाङ्गै कुरा मात्र लेख्दछ
सिधा लेखूँ भन्दा पनि
टेढै मात्र देख्दछ ।
No comments:
Post a Comment