एक दिन विधताले दिएको
जिम्मेबारी जब पुरा गरे
यमदुतहरु लिन ट्याक्क झरे
म पनि के कम
एक सेकन्ड ढिला नगरी
ठ्याक्क मरे
इस्ट मित्र भेला भई
शब यात्राको भब्य तयारी गरे
मलाई गाली गर्ने पनि
त्यही थिए
मलाई ताली मार्ने पनि
त्यही थिए
मलाई इर्सा गर्ने पनि
आएकै थिए
मलाई माया गर्ने पनि
धाएकै थिए
शोकको मुहार लाएकै थिए
जब मेरो लास उठ्यो
जीबन साथीको डाको छुट्यो
रोदन र अशुको मूल फुट्यो
मेरी प्यारी,
छाती पिटी पिटी यसरी रुदैथिइन्
मनौ सङ्गै जान खोज्दैथिइन्
अर्की महिला झन जोडले रुदैथिन्
बिहोस् जस्तै हुँदै थिइन्
त्यो भन्दा पनि अर्की
झन जोडले छाती ठोक्दैथिइन्
बिलौनाहरु पोख्दै थिइन्
मेरी अर्धाङ्गिनी चकित भइन्
उनको रोदन रोक्कियो
शङ्कै शङ्का पोखियो
उनले एउटीलाइ सुकसुक गर्दै सोधिन -
मेरा त यिनी पती परे
तिम्रा चाँही को हुन अरे ?
पहिलिले छाती ठोक्दै भनिन
मेरा त यिनी भगवान कृष्ण परे
दोस्रीले औंला टोक्दै भनिन
यिनी मेरा अन्नदाता परे
तेस्री चरण ढोक्दै भनिन
यिनी मेरा गडफादर परे
श्रीमतिले पछी फर्केर हेरिन
सबलाई एकै ठाममा खेरिन
आशु पुच्दै सबलाई भनिन
ल अब नरुनुस !
कसैका यिनी भगवान परे
कसैका यिनी माहामानब अरे
कसैका यिनी अन्नदाता परे
मेरा त यिनी श्रीमान परे
खाली अरुकै लागि गरेछ्न
मेरो लागि त खै के गरे ?
मैले मृत्यु सैयाबाट भने -
कसैका लागि भगवान परे
कसैका लागि महान परे
तर तिम्रो लागि सधैं
कमाइ ल्याउने बाहान परे
आज एक्लै जादा पनि
लागिराछ भगवान जे गरे
आज त्यो ठिकै गरे ।
"ल उठने होइन !"
जब श्रीमतीले कानमा
तीखो आवाज ठोकिन
शिरानमै तातो चिया पोखिन
आँखाका ढोका घरयाक्क खोले
सपनाको कुरा लुकाउदै बोले -
आज त क्या मिठो सपना देखे
सपनामा पनि एउटा कबिता लेखे ।
श्रीमती चिया राख्दै भनिन
थाह छ मलाई
तै मोरिको सपना देख्नु भयो होला
त्यसैलाई हेरेर त
कबिता लेख्नु भयो होला ।
No comments:
Post a Comment